Yem Baral's Hit Songs

Sunday, December 29, 2013

Yem Baral's Hit Songs 
Continue Reading | comments

Share Your Laptop Internet Over WiFi Easily Without Installation


तपाईंको ल्यापटपमा connect भएको ईन्टरनेट बिना कुनै software Installation गरी ल्यापटपबाट ल्यापटपकै WiFi प्रयोग गरी share कसरी गर्न सकिन्छ त ???

मानी लिनुहोस् तपाईंले आफ्नो ल्यापटपमा LAN connection जोडेर ईन्टरनेट चलाईरहनु भएको छ र तपाईं यही connection बाट WiFi प्रयोग गरी अरु ल्यापटप, Tablet अथवा मोबाईलमा पनि नेट चलाऊन चाहनु हुन्छ भने भने तपाईं के गर्नु हुन्छ ? धेरैको सोचाइ यही हुन्छ कि यो काम गर्न त wifi मोडेम नभई सम्भब छैन तर यसो हैन .. तपाईंले आफ्नो ल्यापटपकै wifi प्रयोग गरी LAN connection लाई पनि WiFi connection बनाउन सक्नु हुन्छ । एउटा तरिका त तपाईंले आफ्नो ईन्टरनेट connection ल्यापटपको ad-hoc function प्रयोग गरी WiFi सिग्नलमा परिणत गरी अरु डिभाइसहरुमा share गर्ने । यसको लागि तपाईंले आफ्नो ल्यापटपको connection option मा अरु केही setting हरु मिलाउनु पर्ने हुन्छ । 

तर यो भन्दा कुनै अरु सजिलो तरिका छ त ? अबस्य पनि छ ...






ल्यापटपको कुनै पनि setting आँफैले नचलाई एउटा simple software को प्रयोग गरी तपाईंले यो काम सजिलै गर्न सक्नु हुन्छ । फ्री मा उपलब्ध mHotSpot v5.0 नामक software को माध्यम बाट तपाईंले यो काम सजिलै गर्न सक्नु हुनेछ तर यो software Windows7 ओपेरटिङ सिस्टममा मात्र काम गर्छ । त्यसैले तपाईंको OS Windows7 नै हो भने लौ बन्यो तपाईंको काम ... आफ्नो ल्यापटपमा कुनै पनि ईन्टरनेट connection जोड्नुहोस् र त्यस्लाई Wifi सिग्नलमा परिवर्तन गरी मोबाईलहरुमा , Tablet हरुमा अथवा अरु ल्यापटपहरुमा सजिलै ईन्टरनेट चलाऊन तयार हुनुहोस् ......................

Features in mHotSpot v5.0 for Windows:

@ Create a Wifi-Hotspot in you laptop (Currently Windows 7 only)@ No Installation required@ Fully customizable Hotspot Name@ Share any type of Internet Connection(LAN, Ethernet,3G/4G,Wifi etc)@ Extends your Wifi range(Acts as a repeater)@ In-app internet selection
@ Works for Android and other smartphone with Wi-Fi to access the created wifi network.
Instructions to Use:
@ Download zip file from direct link given below and extract "mhotspot.exe".
@ Double click the mhotspot.exe file (may be you need to run as administrator).
@ Enter any name of your choice as Hotspot name.@ Choose a password of minimum 8 chars.@ Select your active internet connection from the drop-down list of connections.@ Click start Hotspot to start your own personal wifi hotspot.
Supported OSs: Windows 7 (Compatibilty for Windwos 8,Vista, XP will be come in mHotSpot v6.0)

Download Free mHotSpot v5.0 for Windows:  
( Software डाउनलोड गर्न तलको लिन्कमा क्लिक गर्नुहोला   )
Continue Reading | comments

Apple को iTunes Store, App Store, iBookstore र Mac App Store account क्रेडिट कार्डको इन्फर्मेसन बिना फ्रीमा बनाउने तरिका

जब तपाईं Apple को सर्भिसहरु जस्तै: Apple Online Store अथवा registering your product online प्रयोग गर्न खोज्दै हुनुहुन्छ भने तपाईंलाई Apple ID को जरुरत पर्दछ । यसको लागि तपाईंले Apple मा आफ्नो account रजिस्टर गर्नु पर्ने हुन्छ । तपाईंले रजिस्टर गर्नु भएको ID बाट apple को सबै सेवाहरु जस्तै: iTunes, the Mac App Store, iCloud, iMessage, FaceTime, Game Center र यो बाहेक पनि धेरै प्रयोग गर्न सक्नु हुन्छ ।   
यदि तपाईंले सिधै Apple ID बनाउन खोज्नु भयो भने त्यहा आफ्नो क्रेडिट कार्डको इन्फर्मेसन पनि राख्नु पर्ने हुन्छ जुन तपाईंले कुनै Apps खरिद गर्न चाहनु हुँदा प्रयोगमा आउछ । क्रेडिट कार्डको डिटेल इन्फर्मेसन नराखी तपाईंको ID तयार हुँदैन ।

तर तपाईंलाई कुनै Apps खरिद गर्नु छैन र फ्रीमा उपलब्ध Apps हरु मात्र download गरेर चलाऊन चाहनु हुन्छ भने तलको तरिका अनुसार ID register गर्न सक्नु हुन्छ । 
१। सर्वप्रथम iTunes सफ्टवएर डाउनलोड गरेर install गर्नुहोस् । 
Download गर्न यहाँ क्लिक गर्नुहोस् ) 
२। नयाँ iTunes उपलब्ध छ भने update गर्नुहोस् । 
३।  Install भईसकेपछि iTunes खोल्नुहोस् र दाँयातिर कुनामा भएको iTunes Store बक्समा क्लिक गर्नुहोस् ।
४। अब दाँयातिरको list लाई Scroll गर्दै जानुहोस् त्यहा तल Top Free Apps Catagory मध्य कुनै एउटामा क्लिक गर्नुहोस् ।


५। अब Free बक्समा क्लिक गर्नुहोस् नयाँ popup विन्डो खुल्नेछ त्यहा Create Apple ID मा क्लिक गर्नुहोस् ।
६। Welcome to the iTunes Store विन्डो खुल्नेछ , Continue बक्समा क्लिक गर्नुहोस् ।



७। terms and conditions मा tick लगाउनुहोस् र Agree बक्समा क्लिक गर्नुहोस् ।
८। अब आफ्नो personal information भर्नुहोस् र Continue गर्नुहोस् । 
९। अब जरुरी कुरा select a payment method मा None छन्नुहोस् र आफ्नो नाम र Address भरी Create Apple ID बक्स मा क्लिक गर्नुहोस् । 
यसरी तपाईंको Apple ID अब तयार भयो अब तपाईंले यो ID प्रयोग गरेर फ्रीमा उपलब्ध कुनै पनि Apps, Games आदि download गरेर चलाऊन सक्नु हुनेछ ।
Continue Reading | comments

Make bootble PenDrive


यदि तपाईं विन्डोज ईन्टरनेट बाट डाउनलोड गर्नु हुन्छ भने प्राय तपाईंलाई त्यो .iso फरम्याटमा उपलब्ध हुन्छ । जसलाई तपाईंले सि.डि वा डि.भि.डि मा बर्न गरेर त्यस बाट आफ्नो कम्प्युटरमा अपरेटिङग सिस्टम Install गर्नु हुन्छ । सि.डि वा डि.भि.डि बनाएर कम्प्युटरमा अपरेटिङग सिस्टम Install गर्दा कहिले काही सि.डि स्क्र्याच भएर install गर्नमा समस्या आउन सक्छ अथवा install हुन धेरै ढिलो पनि हुन सक्छ । सि.डि वा डि.भि.डि को तुलनामा PenDrive बाट अपरेटिङग सिस्टम install गर्दा धेरै छिटो पनि हुन्छ ।

तपाईंले पनि कहिले काही यस्तो समस्या अबस्य पनि भोग्नु भएकै होला यस्तोमा PenDrive लाई Bootable बनाएर आफुले चाहेको अपरेटिङग सिस्टम हालेर कम्प्युटरमा install गर्न पाए त स्क्र्याचको समस्या नै आउने थिएन भन्ने त तपाईंले पनि सोच्नु नै भएको होला र धेरै साथीहरुले यस्तो Bootable Pendrive बनाएर यो काम गर्नु पनि भएको होला । तर जसलाई यस्तो Drive बनाउन आउँदैन उनिहरुको लागि तरिका तल दिन गईरहेको छु ।

यो काम गर्न तपाईंलाई चाहिने सामाग्री तथा Software हरु 
१) विन्डोज अपरेटिङग सिस्टमको फाइलहरु .iso फरम्याटमा (यदि तपाईं सँग सि.डि वा डि.भि.डि मा अपरेटिङग सिस्टम छ भने त्यसलाई .iso फरम्याटमा कन्भर्ट गर्नुहोस् )
२) .iso फरम्याटमा कन्भर्ट गर्नको लागि बिभिन्न Software हरु छन जस्तै: Nero, Format Factory (Format Factory डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला)
३) तपाईंको कम्प्युटरमा Microsoft .NET Framework 4 इन्स्टल भएको हुनु पर्छ (डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला)
४) PenDrive लाई Bootable बनाउने Software "WinToBootic v1.2" (डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला)
५) कमसेकम ४ GB भन्दा माथिको PenDrive

अब कसरी आफ्नो PenDrive मा Bootable सहितको अपरेटिङग सिस्टम राख्ने भन्ने तरिका बारे जानौ ।

१) सर्वप्रथम अपरेटिङग सिस्टमको फाइलहरुलाई .iso फरम्याटमा कन्भर्ट गर्नुहोस्
२) Microsoft .NET Framework 4 डाउनलोड गरेर install गर्नुहोस् ।
३) WinToBootic v1.2 सफ्टवयर डाउनलोड गरेर चलाऊनुहोस् ।
४) PenDrive लाई USB port मा घुसाउनुहोस् ।
५) अब WinToBootic v1.2 प्रोग्राममा .iso फाइललाई Drag/Drop गर्नुहोस् ।
६) Quick Format बक्समा tick लगाउनुहोस् र Doit बटनमा क्लिक गरिदिनुहोस् ।
केही क्षणमा नै तपाईंको PenDrive Bootable सहितको अपरेटिङग सिस्टम को रुपमा तयार हुनेछ ।
Enjoy !!!
Continue Reading | comments

लक्ष्मी प्र. देवकोटा

Sunday, August 25, 2013


मानि ठुलो दिल ले हुन्छ जात ले हुदै न
-लक्ष्मी प्र. देवकोटा
Man become grate of his heart not of his cast..
 Grate poet- Laxmi Prasad Devkota
Continue Reading | comments
Recent Posts

पुराना पोस्टहरु

Nepali Date Convertor

संगीतीक गजल

तिमी कुन जमानामा छौ नीशा देसार
तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देउ
data="http://aakarpost.googlecode.com/svn/trunk/aakarpost/player.swf" height="24" id="audioplayer1" type="application/x-shockwave-flash" width="250" style="font-size: 16px; font-family: Georgia, serif; ">
भन्न त भन्दछन यहाँ जमाना खराब छ
data="http://aakarpost.googlecode.com/svn/trunk/aakarpost/player.swf" height="24" id="audioplayer1" type="application/x-shockwave-flash" width="250" style="font-size: 16px; font-family: Georgia, serif; ">

गजल

More Here»»

DOCUMENTARY

More on this category »

कबिता,गीत

चलचित्र समाचार,स्वास्थ्य,सामान्य ज्ञान

रेडियो कार्यक्रम

Blog Tips

NEPALI MOVIE

More on this category »
More on this category »
© Gaurab Shrestha. Powered by Blogger.
 
Support : FOOT1 | FOOT2 | FOOT3 | FOOT4 | FOOT5 | FOOT6 | FOOT7
Copyright © 2011. Gaurab Shrestha | गौरब श्रेष्ठ - All Rights Reserved
Blog Design by Gaurab Shrestha Helped by Ram Sharan Shrestha
Proudly powered by BLOGGER