साहित्यकार
झमक घिमिरेको नाम
नेपाली साहित्यको क्षेत्रमा निक्कै
आदरका साथ लिइन्छ
। उहाँको आत्मपरक
निबन्ध संग्रह ‘जीवन काँडा
कि फूल’ नामक
कृतिले यस वर्षको
मदन पुरस्कार प्राप्त
गरेपछि त झमकको
चर्चा झन चुलिएको
छ । गत
विहिवार मदन पुरस्कार
गुठीले उहाँलाई दुई लाख
राशीको मदन पुरस्कार
प्रदान ग-यो
।
प्रतिमस्तिष्कको
रोगका कारण बोल्न
नसक्ने साहित्यकार झमक देब्रे
खुट्टाका दुई औलाले
लेखेर नै साहित्य
सिर्जना गर्नुहुन्छ । १५
वर्षको उमेरदेखि साहित्य सिर्जनामा
लागेकी ३१ बर्षिय
साहित्यकार झमक घिमिरेका
यसअघि नै आधा
दर्जनभन्दा धेरै साहित्यिक
कृति प्रकाशित छन्
।
पारिजात
पछि मदन पुरस्कार
पाउने दोश्रो महिला
श्रष्टा झमक घिमिरेसँग
उज्यालो अनलाइनका लागि रविराज
बरालले गरेको कुराकानी ।
मदन पुस्कार ग्रहण गरेपछिको
अनुभूति ?
दबिएको आवाजको एउटा सारपूर्ण
मुल्याकंन भएजस्तो लागेको छ
। आमाले ‘तिमीले
त नोबेल पुरस्कार
पायौ’ भन्नुभयो ।
निक्कै खुसी छु
।
मदन पुरस्कार पाएपछि र
त्यस अघिको फरक
?
त्यस्तो
खासै त केही
छैन । सयौँ
फोन आउँछन् ।
शुभकामना दिने पनि
उत्तिकै । चारैतिर
पहिले भन्दा धेरै
चर्चा भएको छ
। जिम्मेवारी बढेको
महसुस भएको छ
।
यो पुरस्कार पाउँछु भन्ने
लाग्थ्यो ?
त्यस्तो
खास मैले नै
पाउनुपर्छ भन्ने दावा मैले
कहिल्यै गरिन ।
तर मलाई म
पनि योग्य छु
र मेरो लेखन
पनि योग्य छ
भन्ने चाहिं लाग्थ्यो
। के कारणले
यो पुरस्कार मलाई
दिने निर्णय गरियो
त्यो त मलाई
थाहा छैन तर
जीवनको वास्तविक साहित्य पनि
पुरस्कृत हुँदो रहेछ भन्ने
पुष्टी भएको छ
।
‘जीवन काँडा कि फूल’
लेख्न तपाईंलाई के
ले प्रेरित गर्यो
?
मैले भन्दा पनि बढी
अपमान त मेरी
आमाले खप्नुभयो ।
म जन्मिएपछि कतिपयले
त आमाको
पापको कारणले यस्तो
सन्तान जन्मेको भने रे
। आमा पछिसम्म
पनि रुनुहुन्थ्यो ति
दिन सम्झेर ।
आमालाई केही गरेर
देखाउँछु भन्ने लाग्थ्यो ।
सायद आँफैभित्रको पीडाले
पो प्रेरित गरेछ
की ?
मदन पुरस्कारले मोफसललाई भेदभाव
गर्छ भनिन्छ नी
?
मलाई त त्यस्तो
लाग्दैन । यसअघि
नै कृष्ण धरावासीले
यो पुरस्कार पाउनुभएको
थियो । उहाँ
पनि त मोफसलमा
बसेर लेखेर नै
चर्चा कमाएको श्रष्टा
हो नि ।
काम गर्नेलाई भौगोलिक
सीमाले छेक्छ जस्तो मलाई
त लाग्दैन ।
‘जीवन काँडा कि फूल’
छोटकारीमा के हो
?
मैले भोगेको जीवन अनुभूति
। अपांग भएर
समाजमा पाएको पीडाको कथा
। कष्ट र
पीडालाई हाँसीहाँसी रमाएर सहनेहरुको
कथा । काँडालाई
फूलमा बदल्ने सबैको
अनुभूति हो यो
।
कस्तो परिस्थिति र समयमा
साहित्य सिर्जना गर्न रुचाउनुहुन्छ
?
समय र परिस्थिति
त्यस्तो कुरा रहेछ
जुन मान्छेले जीवन
बाँच्दै जान्छ, स्वत निर्माण
हुँदै जाँदो रहेछ
। मलाई यही
समय भन्ने छैन
। निकै दुखेको
बेला अनि सञ्चो
भएको बेला बढी
लेख्छु ।
तपाईको प्रेरणाको श्रोत ?
झमकको जीवनका वरिपरि रहने
पात्रहरु । अनि
मेरा प्रिय पाठकहरु
।
मदन पुरस्कार पाएपछिका कुनै
नयाँ योजना ?
म लेख्ने मान्छे, लेखि
नै रहन्छु ।
एक चोटी पाउने
यो फूल जस्तो
जीवन पाठकहरुका लागि
समर्पित गर्ने छु ।
1 comments:
Great text sir
Post a Comment