Home » » पोखिएको माया भत्कीयको सपना

पोखिएको माया भत्कीयको सपना


 माईलो गाँउ मनोरमछटाहरुले सृºगारिएको सजीएकोमेरो जन्मभुमि  बाग्मति   तराईबासीको  माहान  चाड छठर्पबको आगमन संगै मेरो   जिबनमा एउटानौलो मिठास बोकेर आउछ  त्योसाँझ कुरो यस्तै बेलुकि पखको होबेलुकिको चीसो हावा संगबाग्मतिको किनारमा स्रदालुभक्तजनको भिड अनि त्यही भीडमारमाउन खोज्दै थिए   अनि मेरासाथीहरु त्यो स्थानको झीलीमिली वातावरण अनी खोलाको सुमधुर सुस्केरा 
संगैमनैरमाई रहेको थियो  यस्तै रमाईलो क्षणको अनुभब बटुल्दै जादा मेरो परिचयएउटा युवति संग हुन्छ  अपरिचीत थीईन उनि तर  भने उनीबाट परिचित थीए रेपछि थाहा भयो  सामान्य बोलचाल संग संम्पुर्ण परिचयको आदानप्रदान संगैसुर्यलाई पारि पाखाले आफ्नो पोल्टामा लुकाउन तर्खर गरिसकेको थीयो  कल्पनागरेको स्पनको सुन्दरी जस्तै मनमा मैले बीगतमा कोरेको मिठो सुन्दरतालेभरीयको सौन्दर्यको प्रतिमुर्ति थिईन  भक्तजनहरुका पुजा संगै सुर्य पुर्णतयारुपले अस्ताएछ 

 सबै  आफ्ना स्थान तिर लाग्छन  तर मेरो मनमा खै कताकता मायाको मुनापलाएको अनुभब भयो  सायद मायाबाट अनबिग्न यो मेरो पहिलो प्रेम थियो थाहा थिएन मायाका फूलहरु कसरी फूल्छन   सोचमग्न थिए  कसरि चालौ यीकोमल पाईला त्यो माया समक्ष्य पुग्ने बाटोमा  घर पुग्य खाना खाएर  आफ्नोओछ्यान सामु पुगि डग्रº पल्टीन्छु  आज कीनकीन निद्रादेबीले मलाई आफ्नोन्यानो काखमा भुल्न दीएको छैन  यता  उताको कोल्टे फेराई संगै रातको १२बजिसकेछ   सोची सोची रात छर्लºगै बित्छ बिहानिपख आली आँखा लागेछआमा कराउदै भीत्र पस्नु हुन्छ बिहान भै सक्यो कती अबेर सम्म सुतेको पसलजानेबेला भैसक्यो.... झसंग भएर उठछु  आँखा मिच्दै वाथरुम तिर लाग्छृु 
आज मंगलबार तराई भेग जाहाँ हप्तै पिच्छे हाटबजार लाग्ने गर्दछ आज मैलेपनिसाँझपख तरकारि किन्ने बाहानाले हाट तिर र्झने बिचार बनाए  साँझको पाँचबजिसकेछ   हातमा झोला लिएर हाटबजार र्झछु हाटको रमाईलोमा भुल्दै आफुलाई चाहिने सामान छान्दै थिए  मानिस अनि ति हुलहरुको एकोहोरो गुन्जीयकोआवाजले हाटको सौन्र्दता लाई कायम राखेको थियो  हाटबजारमा सजियका रंगिचंगिसामानको रोजाईको क्रममा मेरो आँखा अगाडी हीजोको युवति देखापरिन मनमनैसोचे सोचेको जस्तै भयो सानो भेटघाट अब मीत्रतामा बदलिन्छ  अनी मिठोकुराकानि ठट्यौलि गर्दै हामि दुबै संगससगै सामान कीन्छौ  साँझ पनि अलीगाढियछ साँढे सात भैसकेछ  हामी बजार बाट घरतर्फ लाग्छौ  उनको घर बाटैबाटछुटिनु पर्न भएकोले आर्काे हप्ता भेटने बाँचाका साथ हामि  आफ्नो बाटो लाग्छौ घरजान्छु तरकारि आमाको हातमा थमायर  एकै छिन कोठामा जान्छु भनि चोटातिर लाग्छु  साँझको नौ बजेछ यो के भयो मलाई भित्रभित्र यो कस्तो उकुसमुकुता मेरो हात क्यासेट प्लेयर पट्टी हुत्तीन्छ मिठो सुमधुर संगितको झन्कार संगै यसोओछ्यानमा पल्टियको के थिए आँखा लागेछ आमा कराउदै आउनु हुन्छ कस्तो मान्छेरैछ एकैछिन कोठामा जान्छु भन्या् केटा नीदाईपो सकेछ ....... . . उठ ...खाना खान हिड खाना खाने मन नहुदा नहुदै थाल आगाडी बस्छु जबरजस्ती चार पाँच गाँस खायरओछ्यानमा पुगि पल्टीएर केहि सोचिरहे   उसलाई प्रेम प्रस्ताब कसरि राखुयतिकैमा मेरो भाई सुत्ने तरखरमा कोठामा आउछ आजमलाई यसरि छट्पटाएकोदेखेर प्रश्न गर्छ के भयो दाई सुत्नुस भोलि देखि क्यामपस पनि खुल्छ तपाई लाईक्यामपस पनि जानु पर्छ यसो भन्दै  आफ्नो पलंगमा लम्कनछ एकैछिनकोकुराकानिमै  फुस्रुक्क निदाउछ   पनि बलगरेर निदाउने प्रयास गर्छु ।बीहानकोसात बजेछ आज क्यामपस जाने तयारिमा पुस्तक लिई ड्रेस लगाएर बाहिरनिस्कीन्छु  क्यामपस तीर लाग्छु धेरै दिन पछि क्यामपस खुलेकोले साथीसंगिनीका हालखबर  बिदाका क्षणहरु संस्मरण गर्दै एक अर्कालाई बाँड्न थाल्छौ रमाईलो भयो आज क्यामपसमा पनि एकैदिनको खुसीले पनि मान्छेमा कति जिउनेआशा जगाउछ भन्ने अनुभब आज मैले बुझे  क्यामपसका सबै साथीहरु सबैसाथीहरु मध्य मेरो एउटै प्रतिद्धन्दी थियो प्रेम  सधै मेरो रहर अनि चाहाना असफलबनाउन तल्लीन हुन्थ्यो। नामले प्रेम भए पनि मनमा दया सम्म थिएन  सधैअरुकोईश्या गथ्र्यो मेरो सफलतामा जल्दथ्यो क्यामपस छुट्टी भयो सबै  आफ्नो घर तर्फलाग्छन   क्यामपसका मेरा मित्रहरु जो सधै क्यामपस कालमा अबीश्मरणीय पात्रहरुहुन  रितारमा,कल्पना,नबराज,शालिक,सुबन हामी आसाधैमिलथ्यौ हामिहरुकोमीत्रतामा मान्छेहरु अनेकौ नराम्रा अड्कल लगाउथे तर साचोमा हामि सच्चा मित्रथियौ। घर पुगेर खाना खाई एधार बजे तिर पसलमा जान्छु।भाईको दश बजे देखीस्कुल लाग्छ  पसल बन्द गरेर बिद्यालय गय्छ।  पसल खोलेर आफ्नो नित्यकाम शुरु गर्छु समय ढल्दैछ मेरो सोचाईभने त्यहिनै छ। धेरैदिनको सोचाई पछि अबएउटा पत्र मायाले भरियको निकै प्यारले लेख्छु अबको हाटबजारमा पक्कै यो पत्र उसलाई दिन्छु भन्दै मन द्रो बनाउछु  समयको प्रतिक्षामा बस्छु हो समयकोप्रतिक्षमा आज सधैझै हाटलाग्ने दिन  आज मलाई निकै कठोरताले प्रतिक्षा मलाई। आज  सधै भन्दा अली अगाडी बजार तीर लाग्छु  उनको र्पखाईमा समयमुश्कीलले अगाडी पाईला चाल्दैछ मुटु काँपिरहेछ कसरि दिनु यो एक पन्ना कागजकोटुक्रा कि यो मेरो मुटु भनेर तर जसरि पनि  दिनै पर्छ। समय पर्खई संगै उनिआउछिन मिठामिठा कुराकानि संगै मलाई लाग्छ उनिमा पनि मेरो जस्तौ भाबनाछनमात्र प्रश्फुटीत गर्न सकेकी छैन्न।    बीचको दुरि अब यो पत्रको साँधुलेछोट्टयाउने आशामा मन बाँधेर तिमिलाई यो सानो भेट पढेर उत्तर देउ  भन्दै आगाडी बढ्छु। अब शुरु भयो मेरो मायाको परिक्षा प्रतिक्षा अब जिन्दगीमा एउटा बाँकीप्रतिक्षा रह्यो  यो मनलाई मनले सम्झाउदै एक हप्ता पर्खाईमा बित्यो सधैजसो त्योदिन पनि  हाट गय् उत्तर हात पारिन उनले मात्र सोधिन मैले  सोचेकै थिईनअनि सधैझै कुराकानि गर्दै घर फर्कियौ  सधै त्यस्तै ब्यबहार केहिनबुझेझै  अन्जान आफै अच्मबित थिए  माया गरे जस्तो अनि नगरेको जस्तो खै के भन्ने हामीफीलीम र्हेन सीनेमा घर देखी लिएर पिकनिकको मैदान सम्म नपुगेको हैन तर पनिखुला रुपले मेरो प्रेम स्बीकार गरिन्न उनले यसरि नै मलाई टड्पाई रहिन  समयकोछाल संगै ऋतु हरुको परिर्वतन संगै  सात महिना बित्छ  एक दिन उसलेउसकोसाथी मार्फत एउटा पत्र पठाउछिन मलाई यस्तो नसोच्नु  तिम्रो प्रेमीका हैनमीत्र मात्र बन्न चहान्छु मलाई एउटा असल मित्रको नजर ले हेर्नु र मैले पनि तीमिलाई त्यहि नजरले हेरेको छु र हेर्नेछु सोचे खुब प्रेमगर्ने भयको यहि हो तेरो चोखो प्रेमको प्रतिफल मैले उनको मन रहर पुरा गर्दिने दृढनिर्णय राखेर उनको सामु सधै असल मित्र बन्ने प्रयास गरे सधै हरपल हरक्षण मैले पनि त्यस दिन देखि उनलाई एउ६ा असल मित्रको रुपमा हेर्न थाले । त्यस पछिका दिन हरुमा हाम्रो दुरि बिस्तारै बिस्तारै बढ्दै जान थाल्यो । भेट हुदा राम्ररि बोल्थ्यौ र जस्तो सम्बन्ध पहिला थियो त्यतिकै मिठो मित्रता हाम्रो थीयो समय बढिरहेको थियो समय सधै एकै नासको हुदो रैनछ पछि सुने प्रेमले पनि उसलाई मन पराउदो रहेछ र प्रेम प्रस्ताब पनि राखेको रहेछ तर मैले यो बिषयमा त्यति चाख लिईन म त त्यसै पनि अलि पर भैसकेको थिए । कहिलेकाहि त्योबाटो भएर जादा उनि मलाई घरमा जान आग्रह गर्थिन म बाध्य भएर कहिलेकाँहि उनको मन राख्न जाने गर्थे । यसै बिचको अन्तरालमा एकपल्ट म बिदेश जाने मनसायले काठमाण्डौ आए ईन्टरभ्युको लागि तर कारणबस केहि महिनाको लागि त्यो स्तगित भयो म पुन बाग्मति आए त्यसपछिका दिनहरु पहिलेको झै सुचारु रुपले चल्न थाल्य तरपनि मनमा तितो अनुभब खड्किरहयो सम्झाउदै मनलाई आफ्नै पहिलाको दुनियाँ फर्किय । पहिलो प्रेम बाट अस्बीकृत म आफ्नो आलो घाउ छातिमा लिएर मेरा दिन हरु बीतिरहेका थिए । बिहानिको र्मिमिरे थियो सुर्यले आफ्नो लाली छर्दै थियो।  म क्याम्पसकोलागि बसको प्रतिक्षामा बसस्टपमा बसिरहेको थिए मान्छेका हुलले बसमा अतिभिड थियो मान्छेहरु बस चढ्न हतार गरिरहेका थिए बस गुड्ने तरखरमा थियो म संगै बस चढ्न हतार पाईला हरु बसको ढोका आगाडी पुगेर राकिन्छ बस गतिशिल हुनु अगाबै म उनलाई पहिला चडाएर म बसमा झुन्डीनछु मिठो मुस्कानको धन्यबाद संगै हाम्रो परिचय हुन्छ सानो भेटको मिठो चिनाजानिले आज भोली गर्दै म बसको पखाई संगै मेरा आँखाहरु उनलाई खोज्न थाल्छन प्रत्यकदिन प्रत्यकरात आधिरात सम्म निन्द्रालाग्दैन बिहान सबेरै उठेर क्यामपस जाने तयारिमा लाग्छु म सधैझै बसस्टपमा बस पर्खाईमा बसिरहेको छु । तर पनि मेरा आँखाहरु आज उनिलाईनै खोजिरहेका छन थाहै भएन कति बेला मुटु साटीएछ धेरैदिनको प्रयास पछि निकैसाहास बटुलेर उनलाई मनको कुरा भने यो पल्ट मेरो मायाको मुनाले बसन्त भेटेझै आभाष भयो उनले मेरो प्रेम प्रस्ताब सहर्ष स्बीकार गरिन । अब यो मोडले मेरा जिन्दगीमा बसन्तका रंगिचंगि फूलहरु फूल्न थाल्य निरन्तरताको भेट एवं मायाको अबिरल झरिले म चारैतिरबाट निथु्रक्क रुझीसकेको थिए । मायाको याममा रमाएर ऋतुहरु फेरिदै थिए । यो जिन्दगिले छोटो समयमा लामो यात्रा पारगरेको थाहै भएन कहिलेकाही कारणबस र त कहिले समाजका पर्खालले हामीलाई मिल्न असफल बनाउथ्यो त्यसकारण हामि पत्र मार्फत आफ्ना मनका कुराहरु एकअर्का समक्ष आदानप्रदान गथ्र्याै उनि भन्थीन एक दिनको बिछोडमा आत्तीने मन कतै तीमि म बाट टाठा भयौ भने सायदम बाँच्न सक्दिन होला संसारनै बैरि भएपनि तिमि र मलाई एकमुठी श्वाशरहे सम्म कसैले छुटाउन सक्दैन यस्तै यस्तै मायाका पंतिहरु हुन्थे पत्रमा कैलेकाहि समय सापेक्ष भएको बेलामा भेटेर मन भरिका माया पोख्थ्यौ कहिले क्यामपस जादा कहिले घाँस जादा हाम्रो भेट भईरहन्थ्यो तर भेट सधै अबिस्मरणीय हुन्थ्यो समयको बहाब काँहा रोकिन्छ र आज अस्तायको सुर्य अबस्य भोलि त यो संसारलाई उज्यालो र्छन फर्केर आउछ यसरिनै सुर्यको बिदाई र आगमनले  पनि समयले पनि छ महिनामा फड्को मारेछ । म कामैकामको शिलशिलामा काठमाण्डौ जानु पर्ने भयो दश पन्ध्र दिनको लागि । मैले उनलाई एकदिन अगाडि भेट्न बोलाए मैले कारण बताएर केहि दिनको लागि काठमाण्डौ जाने कुरा बताएको मात्रके थिए उनको मुहारमा कालो बादलले ढाकि ति दुई नयन बर्षन थाल्य र उनि भन्न थाल्छीन म तपाई टाठा रहेको कल्पनाले पनि झस्कीन्छु यहि गाँउमा हुदा कमसेकम  नजिकै छौ भनि मन बुझाउन हुन्थ्यो तर तिमि त गाँउनै छोडेर जाने कुरा गर्दैछौ किन नगए हुन्न म उन लाई सान्तोना दिदै भन्न थाल्छु लाटि किन रोयकि म सधैका लागि पनि त जान लागेको हैन कुरो मात्र पन्ध्र बिस दिन को हो मुश्किलले सम्झायर म त्यहाँ बाट हिडेर त्यसको पर्सि पल्ट काठमाण्डौ लाग्य् । पन्ध्र दिन मेरो पनि मुश्किलले बित्य पुर्नमिलनको आशामा म फेरि आफ्नो गाँउ बाग्मति फर्किय त्यसको केहि दिन पछी मेरो हातमा एउटा चिठ्ठी हात पर्यो म पनि छक्क परे त्यो मेरो पहिलाको प्रेम अस्वीकार गर्ने मित्रको रैछ यो कुरा मैले पहिले नै मेरि प्रियसि लाई बताई सकेको थिए । यस्तो यस्तो कारणले गर्दा त्यतिखेर मेरो प्रेम स्वीकार गरिन्न के तिमि यस्लाई प्रेम मान्छौ उनले मलाई राम्रो तर्कले सम्झायकी थिईन त्यतिपंति मैले आफ्नो घाउ र्भन मलाई माया गर्ने मायालुको रुपमा मेरो र प्रीयसिको प्रेमयात्रा शुरुभएको थियो । तर फेरि आज यो नाटक के हो म त अलमल्लमा परे म सोच्न बाध्य भय किनकि मैले अर्कै बाटो रोजि सकेको थिए । म पनि त मान्छे हु मान्छे मायाको भोको हुन्छ  म पनि त माया बिना बाँच्न सक्दीन त्यसैले उसलेनै दिएको यो नमिठो चोट भर्न जिन्दगिको लामो यात्रामा एउटा सहयात्री खोजिसको थिए तर अहिले आएर मेरो जिबनमा यो अफ्ट्यारो मोड कसरि आयो मैले अब एकपल्ट पहिलेको भु . पु मायालु मीत्रलाई भेटने जमर्काे गरे यसैशिलशिलामा म उनको घरमा गए मेरो यो आगमनमा  उनको मन रमायो होला तर यस कुरामा प्रेमलाई भने निकै जलन भै रहेको रहेछ मलाई थाहा थिएन प्रेमले उसलाई मनपराउदो रहेछ यसै कुरामा उस्को र मेरो झगडा पनि भयो मैले प्रेमलाई निकै सम्झाउने कोशिस गरे तर उ आबेगमा आएर म संग झगडा गर्न खोज्दथ्यो मैले पनि अब उनिले कस्लाई मनपराउछीन भन्ने फैसला गर्न उनिलाई नै अगाडि राखेर दुध र पानी छुट्टाईदिने निधो गरे र उनलाई बोलाएर तिम्रो चाहाको प्रति छ भन्दा उनले मलाई औल्याईन र प्रेमको मुहारमा हारको प्रत्याभुति भयो तर यो मेरोलागि खुसिको कुरा थिएन यो फैसलाले उनिले आफुलाई एक्लै बनाईन मैले म अब तिम्रो बन्न नस्कने आफुले अरु कसैलाई चाहेको कुरा बतायर म त्यहाँ बाट हिडे । उनि रुदै थिईन यस्मा गल्ती मेरो थिएन उनि आफैले आँशु रोजेकि थिईन उनि आफैले एकान्त खोजेकी थिईन संसार रमाईलो मायालु साथ हुदा समयको बहाब पत्तै नहुने अंगालोमा न्यानो साथ छदा समय अगाडी बढ्दै थियो । मैले उनको जन्म दिनको अबसर पारेर उनलाई एउटा मायाको मुर्ति पनि पठाएको थिए सायद त्यो आज पनि उनि संगै छ कि या मेरो भनेर माटोमा मिलाई दिई सकिन । एक दिनको कुरा हो उनले मलाई घरको आगनमा रहेको लिच्चीको बोटमा आसाधै लिच्ची पाकेको छ भनेर लिच्ची खानको लागि घरमा आमन्त्रण गरिन म पनि उनको घरमा गए घरमा उनिहरुको आमा बुबा सबै थिए तर हजुरबुबा भने थिएनन त्यस कारण म पनि मन ठुक्क भएर माथि चोटामा गए र उनिले यहि पलंगमा बस्नु म लिच्ची लिएर आउछु भनिन म पनि ल त तिमिले नै भने पछि नाई को कुरै भएन भनेर चुप लागेर आराम संग पलंगमा पसी रहे एक छिन पछि उनको बहिनि आएर उ त्यो पलंगमा बस्नु न भनिन मैले भने किन यता उता गरिरहनु यहि बसे भैहाल्छनि किन आखिरमा यता उता गरि रहनु उनि मान्दै मानिन्न पछि पो थाहा पाए मलाई त्यहा राखरे उनि पनि त्यहा बस्ने भनेर ठाउ बनाएकि रहीछिन यसरिनै दिन हरु बितिरहेका थिए ।   म त्यो पहिलाको प्रेमलाई खै के प्रेम भन्नु मात्रको उल्झन लाई दिमाख बाट पुर्णरुपले मेटाएर आफ्नै यो मायाको स्वर्गमा रमाएको थिए । समय बितेर आज एक साल भैसकेछ समय सधै एकैनासको नहुदो रैछ मैले बिर्सेछु गुलाफ बिच काँडा पनि हुन्छन भनेर रमाईला पल थोरै हुन्छरे आज मेरी मायाको घरमा उनको बिहेको कुरा चलेको छ रे उनले मलाई पत्रमा अवगत गराउदै निश्चीत स्थानमा भेट्ने आग्रह गरेकी रहिछिन म उनलाई भेट्न उनले भनेको स्थानमा गए उनि आफ्नो शिर मेरो छातिमा राखेर खुब रोईन म पनि आँशुलाई बाँध्न सक्दिन र आँशुका भेल आँखाको डील भत्कायर बाहीर निस्कन पुग्छन । म उनलाई सम्झाउन थाल्छु चाडै बिबहा गरेर के गर्नु हाम्रो पढाई पनि त सकियको छैन आफ्नो खुट्टामा पनित उभिनु पर्यो त्यस कारण तिन चार बर्ष पर्खन लगाउन उनिझन आँशुझार्दै यो अस्मभब छ हाम्रो घरमा अभिभाबक अति कडा छन म उनिहरुको सामुकेही बोल्न सक्दीन भनन अब के हुन्छ मलाई डर लागि रहेछ तिमिबाट छुटीनु पर्यो भने मेरो जिउनुको केहि अर्थ रहदैन त्यसकारण यथाशिघ्र मलाई तिमिले अपनाईहाल म बिबश भय एकातिर आफ्नो भबिस्य आर्काे तिर माया म अर्ध पागल झै भय के गरौ के नगरौ म दोधारमा पर्य म यो कुरा घरमा सुनाउन खोज्छु कस्लाई भनु त यो कुरा मैले ममिलाई यो कुरा बताउने जमर्काे  गरे र मुश्किलले आफ्नो कुरा ममि समक्ष राखे तर यस बिषयमा ममिको धारणा बेग्लै थियो ममि भन्नु हुन्थ्यो तेरो उमेर बीबहा योग्य छैन त्यस माथि तेरो पढाई पनि पुरा भएको छैन यदि उसले तलाई सच्चीनै चाहान्छे भने र अति माया गर्छे भने तलाई दुई तिन बर्ष पर्खेमा अवस्य तेरो प्रेम बिबहामा परिणत हुन्छ चिन्ता नगर पहिला पढाई पुरा गर र यहि कुरा उस्लाई पनि सुनाईदे यहि कुरा भन्न म उसलाई भेटने प्रयास गर्दै थिए प्रयासमै सात दिन बित्य पछि थाहा भयो उनका अभिवाकले उन्लाई घरबाट बाहिर निस्कन दिएका रहेनछन त्यसको एक हप्ता पछि मलाई एउटा पत्र र निमन्त्रणा कार्ड मेरो हात पर्यो पत्र पढे पत्रमा लेखिएको थियो ‘‘संम्बोधन के गरौ अब कुनै सम्बोधनको अर्थ छैन जिबन तिम्रो उज्जवल बनाउनु हरेक दु:ख हरु मेरो भाग्यमा तिम्रो भागमा सुखै सुखले भरियोस अन्तमा मलाई अझै माया गर्छौ भने यो निमन्त्रणा पठाएको छु आईदिनु यो जिउदो लाशलाई फल चढाउन ल त अब सधै सधैका लागि बिदा.....बिदा..... बिदा......। पत्रको अन्त संधै मेरा सपना रहर अनि प्रेम को अन्त भयो धेरै तिरस्कार पछि पाएको पुरस्कार पनि दैबले सुटुक्क यसरि खोस्दा जस्तो सुकै मन पनि भाचिन्छ म पनि यस्तै भुमरिमा परे । मलाई समयले गलहत्तयाएर कहालिलाग्दो भिरबाट हुत्तयाई दियो जिन्दगानि कस्तो हुदो रैछ पाएको खुसि पाए पनि हातबाट खोसेर लग्दा पनि बिबस भई हेर्नु पर्ने सोचि सोचि रुन मन लाग्यो कसरि भुलिन ति पलहरु ति कहिलै नछुटिने बाचाहरु अनि संगै मर्ने संगै जिउने अटुट प्रणहरु सम्झे दैबले दिने मलाई खुसि चारपलको मात्र रैछ । मात्र चारपलको खुसि अलिकता हाँसो दिएर आँशुदिनु दैबकोलेखा यस्तै रैछ आफ्नै हत्केलामा लेखिएको भाग्य पनि पढ्न काँहा सकिदो रैछ र रोज्नत सबैले खुसि रोज्छन तर सबैको निधारमा दैबले काँहा सुख लेख्दीदा रैछन र अब मेरो जिबनमा मात्र मृत्यू सिबाय अरु केहि लक्ष्य रहेन किन यो छल मै माथि बारंम्बार मेरै खुट्टा हरु किन बारंम्बार कहिलेयता कहिले उता समयका ढ“ºगा हरुमा ठेस लागि रहन्छन् मेरै सपना किन बिनाकुसुर जलिरहन्छन आजको पाँच दिन पछि उनको कुनै धनि केटा संग बिबहा हुदै छ रे यस्तै हल्ला मेरा कानमा गुन्जीरहन्छन् दिल दुखेको छ यो दु:खको बेला साथ दिन्छु भन्नेले यसरि चटक्क छोडेर गए पछि मलाई दुनियाँ स्वार्थि छ भन्नमा केहि आपत्ती लागेन साच्चै संसार स्वार्थी छ । यो स्वार्थि संसारमा कमलो मन हुनेले बाँच्न त साच्चै कठीन रहेछ । आज २०५८ साल मंसिर २२ गते आईतबार बिहान मेरो रहरमा अनि सपनामा डडेलो लागेको दिन बिहानै देखि रक्त प्रबाहा मन्द थियो । चारैतिर कालो बादल मेरो बिबसतामा मलाई गिज्जाई रहेको थियो म बिबश भएर पाईलाहरु बढाउदै थिए । म आफ्नो सोचाई बाट बाहिरि सकेको थिए म मा सोच्ने शक्ती बिलिन भैसकेको थियो पिरहरुको पहिरोमा पुरिएको यो जिबनमा अब कुनै आशाको दियो बल्ने आशै थिएन ।आशा होस पनि कसरि जब यसरि आफ्नौबाट घात हुन्छ भने बिस्वासको बिस्वास कस्ले गर्ने कित बिस्वासको नाम बदलिए पैसा राख्न पर्ने हुन्छ धनको र रुप हुनेको संसारमा गरिबको कुनै ठाँउ हुदो रैनछ् माया संगालेर लक्ष्य भेट्नेको कुनै गाँउ हुदो रैनछ् बिहानको दश बजिसको छ । आजको दिन सायद राम्रो लगन भयर होला त्यो रोडमा गुड्ने धेरै बस एबं ट्याक्सीमा शुभबिबहाको ब्यानर झुन्डीयको छ सोचे यीनै ब्यानर हरुमा आँखा अड्याउदै आज यो दिनमा कति म जस्ता धेरैको सपना खरानि भयो होला अनि कतिले आफ्ना सपना साकार पारे होला हेर्दा हेर्दै एक हुल मानिसहरु मेरो सपना एबं सुखमय संसार लाई तिलान्जलि दिन पापि हात हरु बढाई रहेका होलान । सोचै सोचमा मेरो साथि मेरो कोठामा आउछ ए......... . . . म झस्कीन पुग्छु उ पनि निरास छ यो मेरो दुर्गतिमा जाउहिड तिमिले उस्को त्यो खुसिमा सामेल हुनै पर्छ म प्रश्न गर्दै सोध्छु म किन जानु त्यहाँ मेरो के काम रह्यो र उ मलाई अतित सम्झाउदै भन्छ बिस्र्याै ति दिन जब तिमिले उस्का हरेक सुख दु:खमा साथ दिने बाचा गरेका थियौ उ बिगतका पत्र स्मरण गराउदै भन्न थाल्छ मलाई अझै माया गर्छौ भने मेरो बिबहामा आईदिनु के तिमि अहिले उस्लाई प्रेम गर्दैनौ म मौन हुन्छु साथिका हरेक बचन बाणहरुले ममा एउटा नयाँ उर्जा दिन्छ पाउनु मात्र माया हैन मायामा दिने बलिदान पनि माया हो मेरा हरेक बाचा अनि तिम्रो रहर हरु पुरा गर्नेछु चाहे म दुनियाँ बाटै किन तिरस्कृत हुन नपरोस । म अनि मेरो मित्र गह्रौ पाईला चालेर उन्को घर तिर लम्कन्छौ त्यो रमाईलो परिबेशमा मनै एउटा दु:खी म नै थिए होला सबैको मुहारमा मुस्कानका सयपत्रि फलेका थिए यस्तो देख्दा मैले पनि झुठै भएपनि मुस्कुराउन वाँध्य भए । मन रोयको बेलामा हाँस्नत निकै गाह्रो हुदो रैछ् । मान्छेहरुको त्यो हुल अनि मै तिर गाडीन हुत्तीयका ति बिसाक्त नजरहरु सबै सामु खुसिको अबिनय गर्दै अन्तीम पटक त्यो घरको भर्याºग् चड्छु मेरो मीत्रको आँखा रसाउन थालेछ मलाई सम्हालनु पर्ने मान्छेले आफ्नो मन थाम्न सकेन्न समयनै यस्तो थियो । कोमल मन भावनामा पग्लन पुगेछ यसै शिलशिलामा बधाईको अबिरल बर्षा संगै एउटा तस्बीर लियौ मायाको चिनो स्वरुप दुलहिको मुद्रामा उनि दायाँ म बायाँ बिचमा मेरो उनको मित्र ताकि मायामा हार खाने कुनै प्रेमिले जिन्दगि देखि हारखाएर मृत्य अंगाल्न नपरोस अनि म बिदाईको अन्तीम बिदाई हात हल्लाउदै मन मन संग कुरा गर्दछु अब तिमि भोलि देखि अरु कसैकि हुनेछौ तिम्रो त्यो सिउदो अरुकसैको नाममा रंगिनेछ आखिर यस्तै रैछ जिन्दगिको यात्रा कस्को भाग्यमा खुसि कस्को भाग्यमा रोदन कस्लाई थाहा हुन्छर त्यसैले त मान्छेहरु भन्छन सकिदैन पढ्नलाई आफ्नै हत्केलाको भाग्यरेखा । उनि सम्म पुग्ने हरेक डगरहरु अब सदासदाको लागि बन्द भयो आजको दिन आफ्नै चितामा आफैले दागबत्ती दिदै बिबसता र बाध्यतामा बाधिएर क्षितिजको लालि संगै बिलाएर गयो ।
            यसरि नै जिन्दगिको हरेक निमेश निरासतामै तिन चार महिना बितिगय । घर हामि दुबैको वरपर भएको हुदा उनि माईत आउदा देखिन्थ्यो त्यो प्रकृयाले मेरो घाउ बारंम्बार बल्झीरह्यो त्यो अतितको घाउमा खाटो लाग्न सकेन उ मलाई देखे पनि मुन्टो बटारेर हिड्थिन आफै देखि हाँस्न मन लाग्यो यो त्यहि ठाँउ अनि त्यो त्यहि मान्छे कुनै बेला यै छातिमा टाउको अड्याएर घन्टौ सम्म बात मार्दाै दुबै एक ज्यान भई हराउथ्यौ आज ठाँउ त्यौ मान्छे त्यौ । अलिकता आफ्नो मुहारमा खुसि रंगायर कस्तो छ भन्दीएको भएपनि मन शान्त हुने थियो तिमि सुखि र खुसि छौ भनेर त्यो मुहारमा छायको अध्याँरोपन म सामुन्य आएर हो कि जस्तो भान भयो यस्तौ समयको परिर्वन संगै मेरो पहिलो बिदेशको लागि रोकिएको अन्तरवार्ता पुन: हुने खबर आयो लाग्यो अब यहाँ केनै बाँकि रह्यो र सबै त खरानि भयो बाँकि त्यहि झुठो प्रेम पत्र अनि तिम्रो बिबहाको निमन्त्रणा पत्र अनि यो जिउदो लाश । म काठमाण्डौ तिर लाग्य अन्तर्वाताको सफलता पछि म पुन: एकपल्ट घर गए र सबै संग बिदा मागि पन्ध्रदिन पछि मेरो रहर अनि मायाको खरानि साथमा लिएर २०६० साल जेठ २६ गते त्रिभुबन बिमानस्थलमा बिदेशको लागि प्रस्तान गरे यात्रा भरि सम्झनाले सताईरहे र अतितले मुटु जलाई रह्यो खोजे सबै कुरा बिर्सन तर सकिन निकै कठीन भयो......निकै कठीन...आज २०६२ साल दुई बर्ष भैसकेछ गाँउ छोडेर परदेश हिडेको पनि फर्केर बिगतलाई सम्झदा कहिलेकाहि मन अमिलो भएर आउथ्यो फर्कने दिन पनि नजिक आईसकेछ । बितेका यि दिनहरुमा पत्र मार्फत सबैको समाचार भने नसुनेको हैन कहिले राम्रा त कहिले नराम्रा जिबनको यो उतार चडाबमा निकै संघर्ष गर्नु पर्यो मैले गाउ घर तिरको खबरमा पाएको बेलामा आफुलाई खुसिको अनुभब भएको महशुस हुन्थ्यो आज यस्तै बिहानिको बेला थियो मलाई कसैले मेरो पत्र आएको कुरा जानकारि दियो म त्यो पत्र लिनको लागि ब्याकुल भए र कहिले आफ्नो डियुटि सकिएलार पत्र लिन जाउला भनेर समयको पर्खाइमा थिए । जब म काम बाट बाहिर निकलिए म सरासर पत्र आएको ठाउ तिर गए पत्र हातमा पाए पछि रमाईलो त पक्कै भयो र खाम पनि  अलि माटो थियो साएद खाममा सबैको पत्र भएर होला म झन खुसि भए र कोठामा पुगेर पत्र खोलेर पढन थाले सबैको पत्र एकै साथ पाउदा म निकै रमाए पत्र एक एक गर्दै पढन थाले भाई,अनि साथिहरुको पत्र एकै साथ पढन पाउदा हामि बिदेशमा बस्नेहरु को लागि के चाहियोर रमाएर पत्र पढदै थिए एउटा पत्रमा लेखिएको थियो उनेको पनि बिबहा भयो मतलब मेरो पहिलो मायालु मित्रको पनि यो सालमा उनले आफ्नो सिउदो रंगाईछिन । आज आफुलाई नितान्त एक्लो भएको महशुस भयो । कुनै बगरको एक्लो बालुवाको बिचमा अलिकता ठाउ जमाएर बसेको एउटा एक्लो जिबन झै न कसैको साहारा न कसैको आगमनको आशा । समयले कोल्टो फेरेछ त्यति मात्र हैन गाउघरमा सबै जसो साथिहरुले आफ्नो जिबनको यात्रामा एउटा यात्रा सजिलो पार्ने आफ्नो सहयात्रि खोजिकेका रहेछन म टाठा बसेर सबैको खुसि मात्र अनुभब गरे मात्र खुसिको । रहर र बिबषता अनि बाध्यता तिनै चिजले घेरिएको म उम्कने कुनै बाटो थिएन । हेर्दा हेर्दै समयको यो लामो छलाङ्गले म अब मेरो पर्खाईको अन्त तिर आईपुगिसकेको क्यालिन्डरको पल्टाईले देखाई रहेको थियो । समय त नजिकिदै थियो तर समयले नै यसरि नमिठो घात गरेकोमा आफै प्रति घृणाको ज्वाला दन्कीरहेको थियो । बिगतका कुरा बतमार्नमा मन भुलाउने दन्तेकथा झै भयो मात्र एउटा कथा झै जो कहिले काहि समय कटाउने माध्याम  बनिदिन्छ अबको लागि भन्नु पर्दा यो मेरो प्रेमकथा सिर्फ बर्तमानमा मन बहलाउने साथि बनेको छ ।  बिरानो भुमिमा पिरलिएर दुई बर्षको अन्तरालमा यो जिबनले पुनरजन्म पाएको थियो । मैले याद लाई भुलाउने लाखौ प्रयास गरेतापनि पुर्णरुपमा यो मेटिएन तर पनि आज आएर अलिकता हास्न जानेको छु । समय साझको थियो  समुन्द्रको त्यो किनारा पर पर सम्म पानी नै पानी शान्त लहरहरु एक्लो म पर सम्म आँखा दगुराय् केहि देख्न सकिन सिवाए पानी बाहेक मनमा एउटा खिन्नता भने खडकिरहेको थियो जिबनले मलाई साच्चै ठगेछ निकै नराम्ररि ठगेछ । दिनको अन्तीम प्रहर सोचैसोचमा सुर्य क्षीतिजमा पुगेछ सुर्यको लालिमा संगै सागरको न्यानो काखमा निदाउन पुग्छ । दिनभरिको थकान संगै म भने चिसो हावा संग त्यो गोधुलि साँझमा आफैमा आफैलाई हराउछु आफैमा आफैलाई भुलेर हो........ . . . . कता....... . . . . कता आफै भित्र खै कता. . . . ....कता...... . . ................. . . . . . .
Share this article :

0 comments:

Post a Comment

Recent Posts

पुराना पोस्टहरु

Nepali Date Convertor

 
Support : FOOT1 | FOOT2 | FOOT3 | FOOT4 | FOOT5 | FOOT6 | FOOT7
Copyright © 2011. Gaurab Shrestha | गौरब श्रेष्ठ - All Rights Reserved
Blog Design by Gaurab Shrestha Helped by Ram Sharan Shrestha
Proudly powered by BLOGGER