Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts

गौरब श्रेष्ठ "मनकुरा"का मनका कुरा

Saturday, August 10, 2013

कार्यक्रम : हृदय स्पन्दन  
प्रस्तोता :अनु अर्पन   
रेडियो: सामुदायिक  रेडियो सर्लाही १०५.६ मेगाहर्ज 
अनलाइन :http://www.radiosarlahi.org/
समय : प्रत्येक बिहिबार राति ९।१५ बजे
मिती :(2070-04-17/01-08-2013) 

प्रत्येक बिहिबार सामुदायिक रेडियो सर्लाहीबाट बि बि सि नेपाली सेवा पछि  ९.१५ बजे सदा झै आज् पनि कार्यक्रम प्रस्तोता अनु अर्पन उपस्थित भै सक्नु भएको छ आउनुस हामि पनि सुनौ। आज र अर्को हप्ता गौरब श्रेष्ठ मनकुराका मनका कुरा प्रसारण हुनेछ ।  कार्यक्रम उपलब्ध गराई  दिनुहुने रेडियो सर्लाहीका प्राबिधिक मित्र श्रवन थापालाइ धन्यबाद।
Continue Reading | comments

पोखिएको माया भत्कीयको सपना

Monday, December 31, 2012


 माईलो गाँउ मनोरमछटाहरुले सृºगारिएको सजीएकोमेरो जन्मभुमि  बाग्मति   तराईबासीको  माहान  चाड छठर्पबको आगमन संगै मेरो   जिबनमा एउटानौलो मिठास बोकेर आउछ  त्योसाँझ कुरो यस्तै बेलुकि पखको होबेलुकिको चीसो हावा संगबाग्मतिको किनारमा स्रदालुभक्तजनको भिड अनि त्यही भीडमारमाउन खोज्दै थिए   अनि मेरासाथीहरु त्यो स्थानको झीलीमिली वातावरण अनी खोलाको सुमधुर सुस्केरा 
Continue Reading | comments

श्रीफूल र ढुग्री फूलहरु

Sunday, July 22, 2012


वरिपरि फर्सीको लहरामा श्रीफूल ढुग्री फूलहरु ति फूलहरु देखेर हलुवाबेदलाई लोभ लाग्यो उस्ले फर्सीको लहरालाई निम्त्यायो हलुवाबेदको सुन्दर साहारा पाएर फर्सी पनी मख्ख परि फर्सी बिस्तारै हलुवाबेदसंग टाँसिदै टुप्पामा पुगी उसले हलुवाबेदको बोटलाई पातै नदेखिने गरि छपक्कै छोपी श्रीफूल ढुग्रीजस्ता पहेंला फूलहरुले सींगारि । केहि दिन पछि फूलहरु झरे फर्सीका साना साना फल लाग्न थाले हलुवाबेद फर्सी दुबै प्रसन्न थिए ती चिचिला फर्सी हलुवाबेद जत्रा नभएसम्म दुबै खुसि नै थिए तर ती साना साना फर्सी ठुला हुन थालेपछि भने तिनलाई धान्न हलुवाबेदको बोटलाई गाह्रो भयो उसले फर्सीलाई भन्योप्रिय, तिम्रा सन्तानको बोझले कुप्रो परिसके, अब भाँचिन मात्र बाँकी , बिहानको घाम जस्तै रातो गरि पाक्ने मेरा प्यारा सन्तानहरु फल्नै नपाई झरे तिमी सतम्रा सन्तानहरुलाई लिएर भुईमा झर्न सक्दैनौ ।फर्सीले आफ्नो बिबशता प्रकट गर्दै भनीप्रिय यी मेरा मात्र सन्तान होईन्न यी हाम्रा सन्तान हुन मैले तिम्रो जिउभरि जुन लहराले बेरेको छु ती हाम्रो ममताको बन्धनका पबीत्र औठिंहरु हुन मानबको जस्तो स्वार्थको छिनोले छिनीने नेलहरु हैनन ति तिमीले वा मैले चाहादैमा ती संम्बन्धहरु तोड्न सकीदैनन् हामी प्रकृतीको नियमका बन्दी हो आसन्न नियती भाग्न बाध्य छौं हलुवाबेद ले लामो निश्बाश छोड्यो मौन भयो एकदिन साँझ ठुलो हुरि चल्यो हलुवाबेदले फर्सीलाई सकेसम्म जोडले अँठ्याएर आफु संगै राख्न खोज्यो तर सकेन
भालिपल्ट मालिले हलुवाबेदको बोट भाँचिएको देख्यो भाँचिएको बोटलाई फर्सीको लहराले ढाकेको थियो पहेला फर्सीहरु यताउता छरिएका थिए हलुवाबेदको बोट नजीकै रोपेकोमा मालीलाई एकातीर पछुतो लाग्यो भने अर्काेतिर फर्सीको थुप्रो देखेर खुशी पनी लाग्यो
Continue Reading | comments

नून भएको कफीको


तिनीहरुको पहिलो भेट एउटा पार्टीमा भएको थियो उनी अरुभन्दा अलग थिइन् सबै केटाहरु उनको पछी लागिरहेका थिए तर भने एउटा सामान्य खाले केटा थियो., कसैले उसको वास्ता गर्दैन थियो पार्टी सकिए पछि उसले तिनलाई सँगै बसेर कफी पिउन आग्रह गर्छ उनि
Continue Reading | comments

जस्को नीम्ती बाँचेको उसैले...भाग एक

Monday, May 28, 2012


PART 1

     हरीयालि पाखा पर्बत अनी हिमालको काख अनी यिनै हरीयालि संगै रमाउदै हिमालको स्नीप्त छबिलाई आँखामा सजाउदै समय संगै अगाडि बढिरहेको म । बालापनले बिस्तारै मलाई अलग्यायर यौबनले बोलाई रहेको थियो । जब म कक्षा आठ मा पढ्थे भर्खरै यौबनले छोएको युवा मन स्वभाबिकै हो यो बैशालु मनले कसैको सपना देख्नु यो मनले पनि मै संग अध्यानरत एउटा युबती लाई रोजेको थियो.......मन मनै सिबाय मन मनैमा .....
मन मनै मनपराई सकेछु थाहा छैन मनैमा लुकाई सकेछु.......... 
अचम्म यो ढोकामा कोहि आईसकेछ लुकिलुकि नानिहरुले चिहाई सकेछ...........
जब साथि भाई आ–आफ्ना प्रेम प्रसंग एक आर्कालाई बताउथे त्यति बेला म पनि आफ्नै कल्पनाको सागरमा पौडन पुग्थे । म सानै देखि चंचनले स्वभाबको मानब चरित्र साथै रमाईला गफ यस्तै यस्तै उमंगमै दिनहरु बितिरहेका थिए । आज एक्कासि यो मलाई के भयो प्रत्यक दिनको स्कुल अबधिमा मेरा आँखाहरु किन मात्र उनकै खोजिमा घुमिरहेका छन् । म अनेक नजिकिने बहाना खोजिरहेको थिए मेरा मिल्ने साथिहरु पनि मेरो ब्यवहार देखेर उनीलाई प्रेम प्रस्ताब राख्न हौसला दिन्थे तर मेरो यो जिबनमा नौलो नितान्त नौलो भएकोले त्यति सम्म गर्ने आँट म मा थिएन । कसैलाई प्रस्ताब राख्ने कुरोमा मेरा कान त्यतिकै राता भएर आउथे । यिनै आँखाको लुकामारि मै महिना बित्य म मात्र कल्पनामा डुबिरहे मात्र कल्पनामा........

एक दिनको कुरा हो जब स्कुलमा शिक्षकले केटा र केटि मिलाएर राख्ने नियम बनाउनु भयो तर म भने केटिको छेउमा पर्न सम्म डराउने मान्छे झन संगै बस्नु पर्यो भने त मलाई जरो नै आउछ । यहि कारणले म एक दिन त स्कुल नै गईन भोलि पल्टको कुरा म मनमा कुरा खेलाउदै बिद्यालयको हाता भित्र पसे । बिद्यालयको प्ररम्भ प्रथाना बेलामा होस या कक्षा कोठामा मेरो काम भने उनका क्रियाकलापमा ध्यान दिनु थियो । सोचिरहे को पर्ला मेरो बेन्चमा म कक्षा कोठामा पसे सबै साथिहरु आ–आफ्ना साथि संग बसेका थिए म पनी आफ्नो स्थाना गएर बसे तर मेरो साथि भने मैले सोचे झै मनको चाहा अनुरुपै उनीनै मेरो बेन्चको मित्र बन्न पुगिन । पहिले त मलाई निकै अफ्ट्यारो लाग्यो तर लागेर के गर्नु यो गुरुको नियम थियो । मनमा भने अलिकता खुसि अनि अलिकता डर पैदा भैरहेको थियो । एवंरितले अब हामि सधैनै एकै स्थानमा पस्नु पर्ने भयो । आफुले मनै मनमा चाहेको चिज यतिका नजिक पाउदा कस्को मुहारमा खुसि नछाउला । यसरि नै दिनहु हामि एकै ठाउमा बस्दथ्यौ संगै सुते पछि गोडा लागिहाल्छनी भने झै कहिले काहि जिस्कने र कहिले काहि उनेको कपाल तानिदिन्थे तर उनले मलाई गालि गर्नु साटो कति चेलेको नचलन भनेर मायालु भाबले सम्झाउथिन यस्तै यस्तै गतिबिधिले म उनिलाई आफु प्रति आर्कषीत पार्न खोजिरहेको थिए । यसरि नै आधा बर्ष बित्यो कहिले धुलिखेल होस त कहिले कुनै रमाईलो अबसर जहा उनि हुन्थीन मलाई त्यहाँ पाउन सकिन्थ्यो । सायद यो मेरो एक तर्फी माया भनौ या कायरता अझ सम्म मैले उनिलाई प्रेम प्रस्ताब भने राख्न सकेको थिईन । समयले ऋतु बदलिदै थियो बसन्त आएर होला रुख बिरुबामा नयाँ पालुवा फेरिदै थियो । दिन आनि रात यहि त हो समयको चक्र म भित्र भित्र कल्पनाको सागरमा डुब्दै उत्रिदै थिए । कहिले त लाग्थ्यो मनको कुरा खोलिदिउ उनको सामु दिल देखिनै फेरि डरले डेरा जमाउथ्यो यदि मैले मेरा मनका भाबनालाई प्रश्फुटित गरे भने कतै उनि म देखि टाठा त हुने हैनन । म उनलाई कुनै पनि हालतमा गुमाउन चाहान्नथे । तर कहिले काहि लाग्थ्यो उनको त्यो म प्रतिको मौनताले उनि पनि मलाई ........................तर जे भए पनि म भय मुक्त हुन सकेको थिईन । दिन बित्दै जादा अब त परिक्षा पनी नजिक आईसकेको थियो । तर मेरो मन भने पढाईमा पटक्कै थिएन । 
भेट हुदा लजाउने बानिले मनै चोरिन स्कुले नानीले माछापुछ्रे पोखराको शिर ..........
मुस्कान छोडि मायालुले हानि मलाई तिर .......................
मेरो मन साचैनै चोरि भैसकेको थियो । सोचे अब त भएन कति दिन यसरि जलि जलि मर्नु रात दिनको यो पोलाईले म त भीत्र भीत्रै खोक्रो भै सकेको थिए । आँटलाई संगालेर मनका हरेक भाबनालाई समेटेर म पत्र कोर्ने तरखरमा लाग्छु । मायाका हरेक कोपिलाहरु मिसायर प्रेमको शौगात स्वरुप एउटा पत्र लेखे कस्तो भयो यो मेरो पहिलो प्रेम पत्र आफैलाई कस्तो कस्तो लाग्यो पछि आफैले पढ्दा ठिकै भएको कुरा मलाई मेरो मनले बतायो । पत्र त लेखे तर यो के गरि उनीलाई दिने म बाट यो काम त असम्भब निकै असम्भब थियो । मैले यो काम मेरो मिल्ने साथिलाई सुम्पीदिए उस्ले पनि हुन्छ भन्दै पत्र हातमा लियो म अब चिन्तीत भए उनीले यो मेरो प्रेम सन्देश स्बीकारछिन या नर्काछिन । त्यो दिन र रात मेरा छटपटि मै बित्य उनलाई कल्पी कल्पी । भोलिको दिन बिहानको घाम संगै म एउटा नौलो उमंग लिएर उठ्छु । मनमा कुरा खेलाउदै खेलाउदै बिहानको दश बजेछ म स्कुल तिर लाग्छु । मनमा चैन भन्ने पटक्कै थिएन । म हानियर उहि साथिको मा पुग्छु तर उस्ले मलाई निरास बनाई दिन्छ उ भन्छ  “ यार मलाई माफ गरिदे मैले तेरो काम गरिदिन सकिन किनकि मलाई यो पत्र उस्को हातमा दिन एकदमै डर लाग्यो यार त आफै किन दिदैनस आखिर त माया गर्छस उसलाई ” लामो भाषण सुनाएर उ आफ्नो बाटो लाग्छ । म त्यो पत्र हातमा खेलाृउदै मेरो भाग्य बिधाता खोजिरहेको थिए । सोचिरहेको थिए मेरो माया नफक्रदै झर्ने भो म दोधारमा परे के गर्ने के नगर्ने म यसरि नै भौतारिरहेको थिए । मेरो यो उदासता मा खुसि छर्ने मालि मैले हात पारेको महशुस भयो उ थियो सुदेश मेरै क्लासमा पढ्ने उस्को र उनीको घर एकै ठाँउमा थियो । म उस्कै साहारामा यो पत्र फेरि उस्लाई दिन्छु “यार मलाई एउटा सहयोग गर न यो पत्र उनी लाई देन के यो पत्र उस्को हातमा दिन सक्छ्स ” उस्ले पनि सहमति जनाउदै भन्छ म तेरो लागि ज्यान त दिन सक्छु जाबो यो पत्रको के कुरा भो यसो भन्दै उस्ले त्यो पत्र हातमा लिन्छ म ढुक्क हुन्छु अब मेरो मायामा घाम लाग्ने आशमा साथि लाई मुरि मुरि धन्यवाद दिदै कक्षा कोठा तिर लाग्छु । सबै आ–आफ्नो घर तिर लाग्छ्न म पनि आफ्नो घर तिर लाग्छु । भोलि शनिबार के गर्ने भोलि त बिदा मलाई आपत पर्यो भएन भोलि साथिको मानै जान्छु भनेर मनमा अनेकौ कुरा खेलाउदै आछ्यानमा पल्टीन्छु । भोलिको नौलो बिहानि संगै एउटा नौलो आशा बोकेर म साथिको घर तर्फ लाग्छु । शनीबारको दिन बिदा भएको ले साथि घरमा नै बसिरहेको रहेछ । उ मलाई बोलाउदै भन्छ “ ए त पो माथि नै आईजो , के हो रात भरि नीन्द्रा लागेन कि क्या हो म हत्तारिदै भन्न थाल्छु “अ त्यस्तै भन्नु पर्ला अनि के भयो मैले दिएको पत्र” म ज्यादै उत्सुक भएर सोध्न थाल्छु । उ भन्छ “नडरा यार तेरो पत्र उस्लाई मैले दिई सके तर पहिले मलाई पनि क्या डर लाग्यो भन्या जब मैले पत्र उन्को हातमा दिए के हो भनेर सोध खोज गरिन मैले घरमा गएर पढ्न अनुरोध गरे तर उनी मानिन्न र त्यहि बाटो मा नै खोलेर पढिन अनि केहि नबोलि आफ्नो घर तिर लागिन” । यति कुरा भए पछि म केहि छिन त्यहा बसेर आफ्नो घर तिर आउछु । भोलिको दिन जब म स्कुलमा गए मलाई ज्यार्द डर लाग्यो म उनले केहि भन्ने होकि भने निकै डराई रहेको थिए । उनी संग भेट भयो तर उनले केहि मैले साचे जस्तो भनीन्न । अब मेरो मनमा डर भन्दा पनि भय पैदा भयो कतै उनले मेरो प्रस्ताब अस्बिकार त गर्ने होईनन् । यसरि नै म उत्तरको प्रतिक्षामा दिनहरु बिताई रहे तर मेरो जवाफ आएन यसरि नै महिनौ बित्य । 
देउरालिको पाखा देखि पिपलुको पातमा लेखि पठायथे चिठ्ठी मैले बतासको हात.............
नपायर हो कि कुन्नी महिनौ बिति सक्दा पनी नपाउदा केहि जबाफ अनिदो मै काटि रैछु रात......................
Continue Reading | comments
Recent Posts

पुराना पोस्टहरु

Nepali Date Convertor

संगीतीक गजल

तिमी कुन जमानामा छौ नीशा देसार
तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देउ
data="http://aakarpost.googlecode.com/svn/trunk/aakarpost/player.swf" height="24" id="audioplayer1" type="application/x-shockwave-flash" width="250" style="font-size: 16px; font-family: Georgia, serif; ">
भन्न त भन्दछन यहाँ जमाना खराब छ
data="http://aakarpost.googlecode.com/svn/trunk/aakarpost/player.swf" height="24" id="audioplayer1" type="application/x-shockwave-flash" width="250" style="font-size: 16px; font-family: Georgia, serif; ">

गजल

More Here»»

DOCUMENTARY

More on this category »

कबिता,गीत

चलचित्र समाचार,स्वास्थ्य,सामान्य ज्ञान

रेडियो कार्यक्रम

Blog Tips

NEPALI MOVIE

More on this category »
More on this category »
© Gaurab Shrestha. Powered by Blogger.
 
Support : FOOT1 | FOOT2 | FOOT3 | FOOT4 | FOOT5 | FOOT6 | FOOT7
Copyright © 2011. Gaurab Shrestha | गौरब श्रेष्ठ - All Rights Reserved
Blog Design by Gaurab Shrestha Helped by Ram Sharan Shrestha
Proudly powered by BLOGGER