Showing posts with label सामान्य ज्ञान. Show all posts
Showing posts with label सामान्य ज्ञान. Show all posts

स्विट्जरल्यान्डको सपना जनतालाई... के हो स्विट्जरल्यान्ड ?

Friday, August 2, 2013


     लामो समयदेखि नेपाललाई स्विट्जरल्यान्ड बनाउने भाषण गर्दै र सुन्दै आइएको छ । नेपालजस्तै भूपरिवेष्ठित यो पहाडी मुलुकको नेपालसँग अरु के-के समानता छन् । किन अहिलेसम्म नेपाल यस्तै विकसित हुन सकेन ?
पञ्चायतकालीन नेताहरूले जनतालाई स्विट्जरल्यान्डको सपना देखाउँथे । 'हामी मुलुकलाई स्विट्जरल्यान्ड बनाउँछौं' भन्ने त नेताहरूको थेगोजस्तै थियो । प्रजातन्त्रकालमा पनि नेताहरूले यो थेगो छोडेनन्, सपना बाँड्न छोडेनन् । नेपालजस्तै पहाडी र भूपरिवेष्ठित भएर पनि समृद्ध मुलुक भएकाले स्विट्जरल्यान्डको सपना देखाइएको होला । बाँडिएका ती सपनाहरूले गर्दा मेरो मानसपटलमा स्विट्जरल्यान्डकै जस्तो सुन्दरता र समृद्धि हाम्रो मुलुकमा पनि हुनेछ भन्ने विश्वास स्थापित भएको थियो ।
यसैले मलाई स्विट्जरल्यान्डलाई 'लाइभ' हेर्ने कौतूहल थियो । मस्को युनिभर्सिटीमा पढ्दै गर्दा सन् १९९० मा त्यो कौतूहलले विश्राम पायो । ग्रीष्मकालीन छुट्टी मनाउने क्रममा सपनाको त्यो देशमा पहिलोपटक पाइला टेक्न पाएको थिएँ ।
अग्लो पहाडमा उभिएर सपनाको देशलाई एकपटक फनक्क घुमेर हेरें । स्विट्जरल्यान्डको अनुहारको एउटा पाटोचाहिँ देखेझैं लाग्यो । नेपालका जस्तै पहाडहरू तर अलि सानासाना । नेपालका पहाडहरूलाई मानिसहरूले बेवास्ता र प्रकृतिले वास्ता गरेजस्तो लाग्छ तर स्विट्जरल्यान्डका पहाडहरूलाई प्रकृतिले भन्दा मानिसले वास्ता गरेका रहेछन् । सजाएका रहेछन् । ती पहाडहरू प्रायः एकै किसिमका जुम्ल्याहा सन्तानजस्तै । अरूलाई ठूला लागे पनि ती पहाड हामी नेपालीहरूलाई भने साना लाग्छन् । रूखहरू पनि नेपालका भन्दा सानासाना । पहाडमा जंगल होइन वन र बगैंचाले ढाकेजस्तो देखिएको थियो ।
गर्मी महिनामा पनि पहाडहरूमा हिउँ, चिनी छरेजस्तै देखिएको थियो । हिउँदमा यी पहाडहरू हिउँले ढाकिएर बरखी बारेको मानिसजस्तै देखिन्छन् होलाजस्तो लाग्यो । अझ त्यहाँ घाम पर्दा त आफूले पहाडलाई होइन पहाडले आफूलाई हेरेजस्तो लाग्दोरहेछ । पहाडहरूमाथि गएर सहरहरू हेर्दा नेपालकै उपत्यका हेरेजस्तो आभास भयो ।  
त्यो समुन्नतिले मोहित नबनाउने कुरै थिएन । आखिर हाम्रैजस्तो पहाडी देशलाई पनि यसरी विकास गर्न सकिँदोरहेछ । चौडा र चिल्ला बाटाघाटा र सुन्दर भवन निर्माण गर्न पहाड बाधक नहुने रहेछन् भन्ने लाग्यो । त्यसै त नेताहरूले हामीलाई स्विट्जरल्यान्डको सपना देखाएका होइन रहेछन् ।
छुट्टी मनाउनुभन्दा पनि 'म पनि स्विट्जरल्यान्ड घुमेको छु है' भनेर विद्यार्थी साथीहरूलाई गफ दिन दुई दिनको तुफानी यात्रामा गएको थिएँ । पछि काम विशेषले स्विट्जरल्यान्ड जाने अवसर बारम्बार मिलिरह्यो । अनि समान भूगोलको नेपाल किन समृद्ध हुन सकेन भन्ने कुराले पिरोलिरह्यो । गैरआवासीय नेपालीको युरोप क्षेत्रीयस्तरको बैठकका लागि हालै जुरिक भ्रमण गरेपछि चाहिँ लेख्न मन लाग्यो, सपना देखाइएको देश र हाम्रो बारेमा ।     
स्विट्जरल्यान्ड धेरै हिसाबले नेपालजस्तै छ । पहाडै पहाड छ । समुद्रसँग जोडिएको छैन । फरक स्विट्जल्यान्ड विकासको चुचुरोमा छ, हामी फेदीमा छौं । बैठकमा आमन्त्रित उद्यमी राजेन्द्र खेतान पहाडमै केही भिन्नता रहेछ र हामीले विकास गर्न नसकेका हौं कि भनेर स्विट्जरल्यान्डको पहाड चहार्दै थिए । केही पहाड घुमेपछि उनको निष्कर्ष थियो, पहाड त उस्तै रहेछन् । 'यो युरोपको नेपाल हो,' उनी भन्दै थिए, 'नेपाल एसियाको स्विट्जरल्यान्ड हो ।' खालि पूर्वाधार बनाउन नसकिएको मात्र त रहेछ ।
नेपालसँग आर्थिक सहयोग सम्झौतामा हस्ताक्षर गर्ने सुरुका देशहरूमा स्विट्जरल्यान्ड पर्छ । त्यसपछिका पचास वर्षमा साझेदारी रणनीतिहरूमा परिवर्तन भएका हुन सक्छन्, तर विकास निर्माण र सामाजिक सुधारका लागि स्विस सहयोग यथावत् छ । नेपाल-स्विस साझेदारीका सुरुवाती आधार तयार पार्ने कामको नेतृत्व प्रख्यात स्विस भूगर्भविद् टोनी हागनलगायतले गरेका थिए । नेपालमा स्विस सरकारको प्रारम्भिक विकास सक्रियता चीज र गलैंचा उत्पादनमा केन्दि्रत रह्यो । संयुक्त राष्ट्रसंघका लागि नेपालको भौगर्भिक सर्वे गर्ने पहिलो व्यक्ति हागन नै थिए । १४ सय किलोमिटर पैदलयात्रा गरेर उनी नेपालका सबै जिल्ला पुगेका थिए । नेपालमा स्विस प्राविधिक सहयोगको स्थापना गर्ने हागनले झन्डै पचास वर्ष नेपालको आर्थिक विकास तथा प्राविधिक सहयोगमा नै बिताए । सन् २००३ मा पचासी वर्षको उमेरमा उनको मृत्यु भयो ।
नेपालको वन संरक्षणमा स्विट्जरल्यान्डको महत्त्वपूर्ण भूमिका छ । सामुदायिक वन संरक्षण अभियानले वनजंगल र तिनमा आश्रति मानवको जीवनमा धेरै परिवर्तन ल्याएको छ । सडक निर्माण, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत आवश्यकतामा पहुँच पुर्‍याएको छ । पहाडी मुलुकमा आवतजावतको कठिनाइलाई मनन गर्दै स्विट्जरल्यान्डले नेपालमा सुरुदेखि नै पुल निर्माणमा समेत सहयोग गर्दै आएको छ । तर विदेशीको सहयोगले मात्र मुलुक विकास नहुने रहेछ । समान खालको भौगोलिक अवस्थितिको मुलुकको अनुभव मात्र पर्याप्त नहुने रहेछ । विकास त हामी आफैंले गर्नुपर्ने रहेछ ।  
यस बीचमा हाम्रा नेता, उच्चपदस्थ कर्मचारी धेरैले स्विट्जरल्यान्डको अनुभव बटुल्ने अवसर पाएका छन् । जतिसुकै भ्रमण गरे पनि विकासको सट्टा विनाश र जातजातिबीच एकआपसमा विद्यमान सामाजिक सद्भाव बिगि्रँदै गएको देख्दा हामीले उल्टो पो सिक्यौं कि भनेर शंका गर्नुपर्ने भएको छ ।
जम्मा ४१ हजार वर्गकिमि क्षेत्रफल र ७५ लाख जनसंख्या भएको युरोपको केन्द्रमा रहेको यो सुन्दर देशको अनुहार धेरै हिसाबले नेपालसँग मिल्छ । तैपनि हामी जहाँको त्यही छौं, उनीहरू कहाँ पुगिसके । स्विट्जरल्यान्ड संघीय गणराज्य हो । राज्यपरिषद्ले प्रत्येक वर्ष पालैपालो राष्ट्रपति चुन्ने गर्छ । नेपाललाई संघीय गणराज्य घोषणा गरेको पनि ६ वर्ष नाघिसक्यो । आफूलाई सुम्पेको जिम्मेवारी नै पूरा नगरी संविधानसभा भङ्ग भयो । अर्को संविधानसभा निर्वाचनको संघारमा हामी आइपुगेका छौं ।
पर्यटन र कृषि क्षेत्रमा स्विट्जरल्याण्ड समृद्ध छ । त्यहाँको जेनेभा, जुरिक, बर्नलगायतका सहर र पहाड हेर्न पर्यटकको ओइरो लाग्छ । कृषिमा पशुपालन -खासगरी गाई) मा स्विट्जरल्यान्ड प्रसिद्ध छ । त्यहाँको चीज र चक्लेट संसारभरि कहलिएका छन् । स्विस घडीलाई अरूले चुनौती दिन सकेका छैनन् ।   
स्विट्जरल्यान्डको द्रुत विकासको एउटा कारण त्यहाँका बैंकहरूमा संसारभरिका धनी मानिसहरूले विश्वास गरेर जम्मा गरेको धन हो । स्विस बैंकहरू ग्राहकको गोपनीयता राख्ने कुरामा कहलिएका छन् । स्विस बैंक रहेको जमिनमुनि अरबतिरका धनाढ्यको सुन टनका टन भएको त्यहाँका बासिन्दा बताउने गर्छन् । नेपालका समेत केही धनी मानिसहरूको धन स्विस बैंकमा जम्मा भएको कुरा पञ्चायतकालमै सुनिन्थ्यो । सन् २००२ मा संयुक्त राष्ट्रसंघको सदस्यता लिएपछि र अहिले सम्पत्ति शुद्धीकरणको विश्वव्यापी अभियानका कारण स्विट्जरल्यान्डमाथि दबाब बढ्दो छ ।  
स्विट्जरल्यान्डमा जस्तो प्रकृति छ, त्यो नेपालसँग छ । त्यो पहाडी देश पनि पेट्रोलियम, सुन, हीरा खानीमा धनी होइन । स्विट्जरल्यान्डमा जताततै पहाडलाई छेडेर सुरुङ मार्ग बनेका छन् । हाम्रा लागि त्यो असम्भव छैन । पूर्वाधार भए हामीकहाँ पनि पर्यटकको ओइरो लागिहाल्छ । काठमाडौं उपत्यकाका साथै पोखरा, जिरी, पाल्पा, इलाम, जोमसोमलगायत दर्जनौं ठाउँ छन्, जसलाई जुरिक, जेनेभा र बर्नजत्तिकै आकर्षक बनाउन सकिन्छ ।  
हाम्रा हिमालभन्दा निकै होचा हिमालहरूमा स्कीलगायत अन्य स्नो एडभेन्चरको मज्जा लिन यहाँ लाखौं पर्यटकहरू बर्सेनि आउने गर्छन् । यो हाम्रा लागि असहज हुने कुरा भएन । जेनेभा र जुरिक लेकले लाखौं पर्यटक आकषिर्त गर्छ । हामीसँग फेवा, रारा, फोक्सुन्डोजस्ता तीभन्दा सुन्दर ताल छन् । नभएको बाटोघाटो हो । पूर्वाधार बनिदिए भारत र चीनको विकाससँगै उच्च र उच्च मध्यमवर्गीय परिवारका प्रमोसन भएका पर्यटक नै थेगिनसक्नु हुने थिए । कृषिमा अपार सम्भाावना छ । जैविक विविधताको कारण कृषिजन्य उत्पादन निर्यातबाटै हामीले धेरै कुरा पाउन सक्थ्यौं । तर हामीलाई देखाइएका सपनालाई साकार पार्ने दूरदृष्टि र इमानदारी हाम्रो नेतृत्वमा कहिल्यै भएन ।
गैरआवासीय नेपालीको बैठकको उद्घाटनमा स्विट्जरल्यान्डकी पूर्व फेडरल चान्सलर डा. अन्नामारी ह्युबर होट्ज उपस्थित थिइन् । बैठकको उद्घाटन समारोह सकिएपछि उनीसँग एकैछिन भलाकुसारी गर्ने अवसर मिल्यो । नेपाललाई असाध्यै माया गर्ने यी महिलाले दुईजना धर्म पुत्रीसमेत नेपालबाटै ल्याएकी रहिछन् । निकैपटक नेपाल भ्रमण गरेकी उनले मलाई सोधिन्, 'म धेरैपटक नेपाल पुगें । प्रत्येकपटक नेपाल जाँदा त्यहाँको अवस्था झन्झन् खस्कँदै गएको जस्तो लाग्छ । त्यति धेरै सम्पदा भएको त्यति सुन्दर देश, मिहिनेती र शालीन नागरिक हुँदाहुँदै पनि के कारणले होला अझै पनि यति धेरै पछाडि छ ? हाम्रो देशमा जस्तै नेपालको उत्तरोत्तर समृद्धि भएको देख्ने मेरो सपना प्रत्येक भ्रमणमा दुर्घटनाग्रस्त हुन्छ र म सधैं मलीन भाव बोकेर फर्किन्छु ।'
स्विट्जरल्यान्डमा बस्ने नेपाली साथीहरूका अनुसार स्विसहरू नेपालप्रति सद्भाव राख्छन् । पहाडी मुलुक भएकै कारणले पनि तिनीहरूमा नेपालप्रति सद्भाव थपिएको छ रे । बैठकमा नेपालमा स्वयम्सेवक भएर लामो समय काम गरेका केही स्विस सरकारी तथा गैरसरकारी संस्थासँग आवद्ध व्यक्तिहरूको सहभागितामा एउटा सेसन नै सञ्चालन गरियो । नेपालको जनस्वास्थ्यमा उल्लेख्य योगदान गरेकी एक स्विस चिकित्सक त मेरो गृहनगर  रत्ननगर -चितवन) अस्पतालमा केही समय काम गरेकी रहिछन् । 'हाम्रो देशजस्तै नेपाल पनि हिमाल, पहाडको देश हो । बहुसंख्यक मानिसहरू बसोवास गर्ने ती दूरदराजमा चिकित्सकहरू जान नखोज्ने प्रवृत्ति निकै निराशाजनक हो,' तिनको गुनासो थियो । हुन पनि सहरका गल्लीगल्ली डाक्टरका साइनबोर्डले छेकिने तर दुर्गम गाउँमा वर्षको एकपटक पनि डाक्टरको मुख नदेखिने प्रवृत्ति व्यवस्था र सरकार आए पनि ज्यूँका त्यूँ छ । कानुन र सुविधा अर्थात् कर्तव्य र अधिकारको स्पष्ट कार्यान्वयन भएमा सरकार र डाक्टरको लडाइँमा आम जनताहरूले मिचाइँ भोग्नुपर्ने थिएन ।
ओसाका, मस्को, लन्डन, न्युयोर्क विश्वका महँगा सहरमा दरिएका छन् । जुरिक पनि कम्ता महँगो लागेन । जुरिक एयरपोर्टबाट सहरसम्म जम्मा बीस मिनेट ड्राइभमा ट्याक्सी भाडा ९० फ्रान्क अर्थात् झन्डै १०० डलर तिर्नुपर्दा र त्यहाँको अरू महँगी देखेपछि र्फकने बेलामा एकजना सहभागी मित्रले मजाक गर्दै भने, 'यस्तै महँगी हुने हो भने अहिलेकै नेपाल ठीक छ ।' अहिले लाग्छ, नेपाल एसियाको स्विट्जरल्यान्ड हो भने स्विट्जरल्यान्ड पृथ्वीको स्वर्ग ।
 -Via Kanthipur
प्रकाशित मिति: २०७० श्रावण ८ १२:५२

Continue Reading | comments

रुवाइको सामान्य चिनारी

Sunday, July 14, 2013

रुवाइको सामान्य चिनारी

जसरी गजल अरबी साहित्यको उब्जनि हो अरबबाटनै यसको मुख्य बिकास भयो। त्यसै गरि रुवाइ पनि अरब मुलुककै फरसी भाषामा हो भन्ने इतिहास बिस्व साहित्यमा निहित छ। गजललाई नेपालमा भित्र्याउने श्रेय मोतिराम भट्टलाई जान्छ तर रुवाईको दरिलो प्रमाण भेटिएको छैन तर यसको रचना गरि पुस्तकको रूपमा प्रकासन गर्ने श्रेय भने साहित्यकार प्रकास आङ्गदाग्बेलाई जान्छ। उनको ग्याँसको च्याम्बरमा बुद्ध रुवाई संग्रह प्रकासनमा ल्याएको पाईन्छ।रुवाई नेपालमा धेरै लामो समयबाट लेखिदै आए पनि यसलाई असर भने मुक्तक र टुक्राले ग¥यो यसको अर्थ यो हौनकि मुक्तर टुक्रानै रुवाई हुन्। विश्व साहित्यको इतिहासले बताउँछ कि यो बिधा हजारै वर्ष अगाडि देखि लेखिदै आए पनि यसलाई एघारौँ शताब्दीमा जन्मिएका फारसी आदि स्रष्टा अमर खैय्यामले रुवाईको नामकरण गरी पुर्नजन्म दिए। यस अर्थमा अमर खैय्यामलाई गजलका पिता भन्दा फरक नपर्ला तर नेपालमा भने कसलाई श्रेय जान्छ प्रकासनको हिसाबमा प्रकास आङ्गदाग्बे पर्छन्। जसरी गजल बिदामा मोतिराम भट्टलाई सम्झिन्छै त्यसरीनै रुवाइ बिदामा प्रकास आङ्गदाग्बेलाई सम्झदा फरक नपर्नु पर्ने हो। इतिहास साँचो छ एघारै शताब्दिमानै खैय्याम द्धरा हजारै रुवाइहरू लेखिए खैय्यामले लेखोको करिब हजार वर्ष पछि मात्र यसले बिस्व साहित्यमा हाँगिने अवसर प्राप्त ग¥यो। रुवाइ बिदा जिवनर जगतमा अतिनै नजीक भएर लेखितापनि खैय्यामको समयमा स्रोत,सामाग्रि , छापा र साञ्चारको बिकास नभएको कारण उनको निधनपछि खैय्यामका रचना ब्यवस्थित हुन सकेन्न्। उनका परिवारर अनुरागिहरूले प्रयास नगरेको भने हैन तर लामो समय टिकाउन सकेन्न। अन्त्यमा उनका रचना वेवारिसे लथा लिङ्गभयो। रदि कागजको खातमा उनका रचना पुग्यो। यसै प्रसङ्गमा एकदिन अंङ्गग्रेजि साहित्यकार फिट्ज्जेरल्डले पसलमा सामान किन्दा सामानसगै पसलेले पोको पारेर दियो र उनले त्यस काजमा लेखिएको कुरा कुनै महत्वपुर्ण हुनुपर्छ भनि ठानि उनले फारसि भाषाको अध्यान गरे उनलाई फारसि भाषा अध्यानगर्नकै लागि ८,९ वर्ष लागेको इतिहासमा हेर्न सकिन्छ। त्यस पस्चात उनले फारसि भाषामा लेखिएको रुवाई बिधा अंङ्गग्रेजि भाषामा रूपान्तरण गरेपछि यस बिदाले दिन दुईगुना र रात चैगुनाका दरले बिस्वमा फिजियो। यसरि अंङ्गग्रेजि भाषामा रूपान्तरण भएपछि यस बिधालाई अन्यभासमा रूपान्तरण गरे यसै क्रममा हिन्दि भाषामा रूपान्तरण भयो। हिन्दिभाषामा ल्याउने श्रेयभने हरिवंश राय वच्चनलाई जान्नछ। हरिवंश राय वच्चन भारतिय अभिनेता अमितावच्चनका पिताहुन्। नेपालमा ल्याउनेको हो भनि ठोस प्रमाण भेटिएको छैन तर पुस्तकको हिसाबमा प्रकास आङ्गदाग्बे लाईनै जान्छ। चाहे जेहोस रुवाई बिधाले जोको हिको मनमा सुटुक्क अटाउछ। अवधिको खाडि बोलिमा रुवाइलाई रोलाइ भनिन्छ। रुवाइको उत्पति हेर्ने हो भने करुण रशबाट आवाज वा शब्द निस्कन्छ। यहिनै रुवाइको पृष्ठ भुमि हो।अहिले नेपाली साहित्यमा पनि रुवाइ बिधा अगाडिनै बढेको पाईन्छ। अब यस बिदाका केही नियमको चर्चा गरै। 
१.दुइशेरमा पुर्ण हुन्छ,शेरहरू अलग अलग हुनुहुदैन। 
२.एउटै भावमा केन्द्रित हुन्छ। 
३.यसमा रदिफ आवस्यक छैन हुदा सुनमा सुग्ध हुन्छ। 
४.यसलाई अनिवार्य चार हरफमा समेट्नु पर्छ। अन्यथा अरुनै बिदा हुन् जान्छ। 
क) पहिलो हरफ : बिषय वस्तुको उठान 
ख) दोस्रो हरफ : बिषय बस्तुमाथि ब्याख्या 
ग) तेस्रो हरफ : बिषय बस्तुमा जिज्ञासा वा कौतुहलता 
घ) चौथो हरफ : एक मुस्ट भावगत प्रहार 
५.रुवाइमा करुण रशको आवश्यक पर्दछ। 
अन्त्यमा रुवाइ एक साहित्य बगैचाको फुल हो यसलाई रोप्ने काम गरे खैय्यामले गोडमेल फिटजजेरल्ड र हिन्दिमा हरिवश राय बच्चनले भने नेपाली साहित्यको बगैचामा एकमुस्ट बिरुवा लगाए प्रकास आङ्गदाग्बेले अत : यसको गोडमेलर रोपनिको जिम्मा हामि सबैले लियै। -

-प्रकास आङ्गदाग्बे
Continue Reading | comments

कति कमाइन्छ अमेरिकामा ?

Saturday, September 15, 2012


मानवतस्करलाई पैसा खुवाएर अमेरिका पस्ने सपना बोकेकाहरुको यात्रा
Continue Reading | comments

गजल चीनारि

Thursday, July 26, 2012


गजल अरबी भाषा बाट शुरु भएको देखिन्छ । गिजलो शब्द बाट अपभ्रांस भएर गजल भएको हो । गिजलोको अर्थ हेर्दा जंगलमा चरदै गरेको मृगाको पाठोलाई ब्याधाले बाण हान्दा जुन किसिमको चित्कार निस्कन्छ, त्यही हो । मतलब, बिछोड, करुणा, बेदना जस्ता बाट निस्कने चित्कार, गजल हो भनिन्छ ।
Continue Reading | comments

गजलको संक्षिप्त परिचय र यसमा प्रयोग हुने तत्वहरु

Friday, July 20, 2012

गजल त्यो साहित्यिक विधा हो, जुन गायन कला सँग अती घनिष्ठ सम्बन्ध राख्दै लयवद्ध,सरल र प्रतिकात्मक रुपमा मतला,शेर,काफिया,रदिफ,मकता,तखल्लुस र बहर जस्ता तत्वहरु प्रयोग गर्दै aa, ba, ca, da, ea शैलिमा लेखिन्छ।
गजल शव्दको अर्थ र ईतिहासकोबारेमा बिभिन्न विद्वानहरुले आ-आफ्नै तरिकाले मत दिएका भएपनी गजलमा हुनुपर्ने मुलभूत तत्वहरुमा भने त्यती धेरै मतभिन्नता पाइन्न।
Continue Reading | comments

रानीमहल-प्रेमको प्रतिक

Saturday, July 14, 2012


रानीमहल वि. सं १९५०मा शिलान्यास भई चार वर्षमा दरबार मन्दिर पाटीपौवासहितको निर्माण कार्य पूरा भएको बौघागुम्बा गाविस- २मा अवस्थित रानीमहल दरबार नेपालकैताजमहलकारूपमा कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा रहेको रानीमहल दरबारको बायाँतर्फ शीत्तलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन् ।
दरबारको मूलढोकाबाट कुँदिएको ढुङ्गा र इँट्टाबाट बनाइएका खुड्किलो तल सिधा कालीगण्डकी नदी कुण्डमा जोडिएको छ । प्रसिद्ध मुक्तिनाथ तिर्थ जाने मुख्यद्वार भएकाले तिर्थालुहरूलाई बस्ने सुविधासहितका पौवासमेत निर्माण गरिएको थियो । आफ्नी दिवङ्गत रानी तेजकुमारीको सम्झनामा दरबारको निर्माण गरिए तापनि पाँच वर्षसम्म मात्र राज गर्न पाएको जानकारहरूको भनाइ छ ।
जनरल खड्ग शमशेर आपुनी अति प्यारी रानी तेजकुमारीको सम्झनामा इस १८९३मा एकातर्फ बुर्जाको जग काली गण्डकी नदीमा नै गरहेको महल भित्र पानी पोखरी मन्दिर बगैंचा आदि रहेको अत्यन्त मनमोहक ५६ फिट चौडाई ११२ फिट अग्ल्याई भएको चारतले भवन र त्यसको वरिपरिको वातावरणले सबैको मनमा साँच्चिकै आनन्द दिन्छ । पाल्पाको सदरमुकाम तानसेनबाट उत्तरपश्चिम २।३० घण्टा पैदल यात्राबाट पुग्न सकिने रानीमहलको हाल पर्यटकीय सन्दर्भमा अत्यन्त महत्व राखेको छ ।
विसं १९६०मा खड्ग शमशेरले श्री ३को पदसहित शासनसत्ताको बागडोर आफूले सञ्चालन गर्न खोज्यो भन्ने षड्यन्त्रको छनक पाएपछि चन्द्र शमशेरले पाल्पामा थप सेना पठाइ तैनाथी आफनो हातमा लिएका थिए । खड्गशमशेरले आफूमाथि थप खतरा उत्पन्न हुने त्रासमा दरबारमा रहेका सबै बहुमुल्य बस्तु छाडेर तीन साँचो र सरकारी ढुकुटी लिई भारत पलाएन भएपछि प्रेमको प्रतिक ठानिने रानीमहल बेवारिसे बन्न पुगेको स्थानिय वासिन्दाहरू बताउँछन् । दिवङ्गत रानीको सम्झनामा बनाइएकोले रानीमहल दरबारलाई 'प्रेमको प्रतिक' का रूपमा लिइने गरिन्छ ।

Continue Reading | comments

जीवन काँडा कि फूल-झमक


साहित्यकार झमक घिमिरेको नाम नेपाली साहित्यको क्षेत्रमा निक्कै आदरका साथ लिइन्छ । उहाँको आत्मपरक निबन्ध संग्रह ‘जीवन काँडा कि फूल’ नामक कृतिले यस वर्षको मदन पुरस्कार प्राप्त गरेपछि त झमकको चर्चा झन चुलिएको छ । गत विहिवार मदन पुरस्कार गुठीले उहाँलाई दुई लाख राशीको मदन पुरस्कार प्रदान ग-यो ।
प्रतिमस्तिष्कको रोगका कारण बोल्न नसक्ने साहित्यकार झमक देब्रे खुट्टाका दुई औलाले लेखेर नै साहित्य सिर्जना गर्नुहुन्छ । १५ वर्षको उमेरदेखि साहित्य सिर्जनामा लागेकी ३१ बर्षिय साहित्यकार झमक घिमिरेका यसअघि नै आधा दर्जनभन्दा धेरै साहित्यिक कृति प्रकाशित छन् ।
पारिजात पछि मदन पुरस्कार पाउने दोश्रो महिला श्रष्टा झमक घिमिरेसँग उज्यालो अनलाइनका लागि रविराज बरालले गरेको कुराकानी ।
मदन पुस्कार ग्रहण गरेपछिको अनुभूति ?
दबिएको आवाजको एउटा सारपूर्ण मुल्याकंन भएजस्तो लागेको छ । आमाले ‘तिमीले त नोबेल पुरस्कार पायौ’ भन्नुभयो । निक्कै खुसी छु ।
मदन पुरस्कार पाएपछि र त्यस अघिको फरक ?
त्यस्तो खासै त केही छैन । सयौँ फोन आउँछन् । शुभकामना दिने पनि उत्तिकै । चारैतिर पहिले भन्दा धेरै चर्चा भएको छ । जिम्मेवारी बढेको महसुस भएको छ ।
यो पुरस्कार पाउँछु भन्ने लाग्थ्यो ?
त्यस्तो खास मैले नै पाउनुपर्छ भन्ने दावा मैले कहिल्यै गरिन । तर मलाई म पनि योग्य छु र मेरो लेखन पनि योग्य छ भन्ने चाहिं लाग्थ्यो । के कारणले यो पुरस्कार मलाई दिने निर्णय गरियो त्यो त मलाई थाहा छैन तर जीवनको वास्तविक साहित्य पनि पुरस्कृत हुँदो रहेछ भन्ने पुष्टी भएको छ ।
‘जीवन काँडा कि फूल’ लेख्न तपाईंलाई के ले प्रेरित गर्यो ?
Continue Reading | comments (1)

राराताल

Thursday, July 12, 2012


राराताल नेपालको कर्णाली अञ्चल, मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो। यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाइमा अवस्थित छ। जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको यात्रा गरेपछि पुगिन्छ। १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर र गहिराई १६७ मिटर छ। प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरू राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्याएका छन। यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।
राराताल जेष्ठ देखि आश्विन महिना सम्म विभिन्न फुलहरूले सजिएर स्वर्गकी अप्सरा जस्तै देखिन्छ। रारातालको अर्को एक थप विशेषता के छ भने यस तालमा विश्वमा अन्यत्र कहि पनि नपाइने असला (हिमाली) माछा पाइन्छ। रारातालबाट करीब ३ घण्टाको पैदल यात्रा पश्चात् यसको पश्चिमतर्फ रहेको मुर्माटपमा पुग्न सकिन्छ। जहाँबाट रारातालको मनमोहक दृष्यका साथै सैपाल हिमालको श्रृङखलाको मनोरम अवलोकन गर्न सकिन्छ।
राजा महेन्द्र शाहले २०२० सालमा यस क्षेत्रको भ्रमण गरेपछि 'रारा दह'ले चिनिदै आएको यस तालको नाम 'महेन्द्र ताल' राखियो। यस तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य देखिनाको साथै अन्यत्र कहीं नपाइने 'असला' जातको माछा पाइन्छ।

Continue Reading | comments

महान पेले


एड्सन आरान्तेस दो नासिमेन्तो (पोर्चुगिजमा Edison Arantes do Nascimento) ब्राजिलका पूर्व फुटबल खेलाडी हुन्। उनलाई संसारभरिका मानिसहरू पेले उपनामले चिन्दछन्। उनको जन्म ब्राजिलको त्रेश कोरसोंइसमा अक्टुबर २३, १९४०मा भएको थियो। पेलेलाई आफ्नो खेल जीवनमा 'फुटबलको राजा' भनेर पनि चिनिन्थ्यो। अन्तर्राष्ट्रिय ओलिम्पिक समितिले उनलाई सताब्दि-खेलाडी उपाधि दिएको छ। उनी राष्ट्रिय सकर ख्याति-बैठक (Hall of Fame) का सदस्य हुन्।
आफ्नो देश ब्राजिलमा, खेलमा उनको उपलब्धि र योगदानका कारण, पेलेलाई राष्ट्रिय नायकका रूपमा लिइन्छ। फिफाले आधिकारिक रूपमै विश्वभरका लागि उनलाई फुटबल राजदुत नियुक्त गरेको छ। उनलाई ब्राजिलको सरकारले राष्ट्रिय सम्पति घोषणा गरेको छ।
गरिबहरूको सामाजिक अवस्था सुधार्ने नीतिहरूप्रति उनले गरेका समर्थनहरू निक्कै उलेख्य छन्। जब उनले एक हजारौँ गोल गरे, त्यसलाई उनले ब्राजिलका गरीब बालबालिकाका निम्ति समर्पित गरे।
"मानिसहरू भन्छन्, पेलेको कुनै धर्म, कुनै राष्ट्रियता वा कुनै वर्ण छैन," फुटबलका महानतम् हस्ती पेलेले एकपटक आप्mनै बारेमा भनेका थिए, "मलाई सर्वत्र स्वीकार गरएिको छ ।" दुनियाँका आँखामा उनी अहिले पनि फुटबल जादुगर हुन्, फुटबलका 'श्रीपेचबिनाका सम्राट' हुन् । विश्व फुटबलका हरेक ठूला आयोजनामा उनको उपस्िथति स्मरणीय र सम्मानित हुन्छ । अघोषित रूपमै उनी विश्व फुटबलका सर्वस्वीकार्य शाश्वत आदर्श हुन् । त्यसैले उनलाई फुटबलको किंवदन्ती मानिन्छ र भनिन्छ- पेले, महान् पेले । एक दर्जनजति फिल्ममा समेत अभिनय गरेका पेले एक मात्र खेलाडी हुन्, जसले १ हजार २ सय ८१ गोल गरेका छन् ।
पेलेसित अचेल अकुत सम्पत्ति छ । अनेक राष्ट्रिय एवं बहुराष्ट्रिय कम्पनीका उनी स्वामी वा साझेदार छन् । र, अनेक कम्पनीका 'ब्रान्ड एम्बेसडर' पनि । उनले आफ्नो देश ब्राजिलमा लाखौँको संख्यामा रहेका सडक बालबालिकाका लागि आत्मनिर्भरता-उन्मुख कल्याणकारी कार्यक्रम पनि सञ्चालन गररिहेका छन् । उनले भनेका छन्, "मलाई प्रकृतिले नै फुटबल खेल्न सक्ने क्षमता दिएको छ । त्यसकारण, प्रकृतिबाट प्राप्त यो उपहार म सधैँ मेरा मानव बन्धुहरूलाई बाँड्न प्रयास गररिहेको हुन्छु ।"
Continue Reading | comments
Recent Posts

पुराना पोस्टहरु

Nepali Date Convertor

संगीतीक गजल

तिमी कुन जमानामा छौ नीशा देसार
तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देउ
data="http://aakarpost.googlecode.com/svn/trunk/aakarpost/player.swf" height="24" id="audioplayer1" type="application/x-shockwave-flash" width="250" style="font-size: 16px; font-family: Georgia, serif; ">
भन्न त भन्दछन यहाँ जमाना खराब छ
data="http://aakarpost.googlecode.com/svn/trunk/aakarpost/player.swf" height="24" id="audioplayer1" type="application/x-shockwave-flash" width="250" style="font-size: 16px; font-family: Georgia, serif; ">

गजल

More Here»»

DOCUMENTARY

More on this category »

कबिता,गीत

चलचित्र समाचार,स्वास्थ्य,सामान्य ज्ञान

रेडियो कार्यक्रम

Blog Tips

NEPALI MOVIE

More on this category »
More on this category »
© Gaurab Shrestha. Powered by Blogger.
 
Support : FOOT1 | FOOT2 | FOOT3 | FOOT4 | FOOT5 | FOOT6 | FOOT7
Copyright © 2011. Gaurab Shrestha | गौरब श्रेष्ठ - All Rights Reserved
Blog Design by Gaurab Shrestha Helped by Ram Sharan Shrestha
Proudly powered by BLOGGER