Showing posts with label स्वास्थ्य. Show all posts
Showing posts with label स्वास्थ्य. Show all posts

सजिउन फाइदाजनक हुन्छ

Monday, July 23, 2012


सजिउन, जसलाई मधेसमा मुनगा वा सहजन भनिन्छ, निकै चमत्कारी वनस्पतिको श्रेणीमा पर्छ । तरकारीमा पनि प्रयोग हुने यो वनस्पति रूखमा फल्छ । यसका सबै थोक काम लाग्छन्, फूल, पात, फल सबै । यसको बोटको उचाइ १० मिटरसम्म हुन्छ । यसको निरन्तर उपयोगले अन्धोपना नियन्त्रण सहित अन्य धेरै फाइदा पुग्न सक्छ ।
लखनऊको रिजनल फुड रिसर्च एनालिसिस सेन्टरद्वारा गरिएको अनुसन्धान अनुसार, सजिउन प्राकृतिक गुणले भरिपूर्ण हुन्छ । यसमा यति धेरै औषधीय गुण हुन्छ कि, कुनै पनि रूपमा यसको सेवन गर्नाले धेरै रोगबाट मुक्त हुन सहयोग मिल्छ ।
सजिउनमा भिटामिन 'ए' र 'बी' बढी मात्रामा पाइन्छ । भिटामिन 'सी' समेत पाइन्छ । यी तिनै भिटामिन उच्च मात्रामा हुने कमै प्राकृतिक खाद्यपदार्थ छन् । यसमा फलाम, प्रोटिन, फाइबर, क्याल्सियम, फोस्फोरस एवं खनिज तत्त्व प्रचूर मात्रामा पाइन्छ । सजिउनको नियमित सेवनले रक्तअल्पता र आूखाको रोगबाट आरामा पाउन सकिने कुरा सेन्टरको अनुसन्धानमा उल्लेख छ ।
भारतकै राष्ट्रिय कृषि अनुसन्धान परिषद्ले उल्लेख गरे अनुसार, सजिउन हेमाग्लोविन बढाउनमा सहायक र एन्टिबायोटिकको गुणले युक्त हुन्छ । मुख्यतः पेट सम्बन्धी सबै प्रकारका विकार उपचारमा सजिउन निकै उपयुक्त मानिन्छ । यसले पाचन क्रियालाई बलियो बनाउँछ ।
सजिउनको नियमित सेवनले कपाल र्झन समस्याबाट पनि मुक्ति पाइन्छ । गठिया र मोटाइले पीडितहरूका लागि त यो अमृत जस्तै छ । यो वायु नाशक समेत हो ।
सजिउन खानाले बोसो कम हुन्छ । बोसो कम हूँदा मोटाइ कम हुन्छ, गठिया निको हुन्छ । यसले पीडा नाशकको काम समेत गर्छ । यसले सुन्निएको कम गर्छ ।
सजिउनलाई वीर्यवर्द्धक समेत मानिन्छ । आयुर्वेदले यसलाई नपुंसकताको उपचारमा प्रभावकारी मानेको छ । आयुर्वेदका धेरै औषधि तयार गर्न सजिउनको जरो, छाला, फूल, बीउ र फल उपयोग गरिन्छ ।


via- kantipur
Continue Reading | comments

१५ मिनेट व्यायाम मानव जीवनमा थप तीन वर्ष

Friday, July 20, 2012


हामीमध्ये अधिकांश व्यायाम भन्नेबित्तिकै धेरै समय बिताउनुपर्ने, झन्झटिलो कर्मलाई बुझ्ने गर्छौं । जीउ दुख्छ हौ भनेर यसो मर्काउन पनि डराउँछौं । यस्तो सोच भएका व्यक्तिहरूका लागि बडो हर्षको खबर छ ।

दिनहुँ मात्र १५ मिनेट, हो १५ मिनेटको नियमित व्यायामले हामी आपनो आयु
Continue Reading | comments

अल्जाइमर

Tuesday, July 10, 2012

स्मृति क्षय हुने रोगलाई अल्जाइमर भनिन्छ|विस्तारपूर्वक भन्ने हो भने अल्जाइमर रोग मस्तिष्कका विकृतिहरूको समूहगत रोग हो, जसले सोच, स्मृति, बोली, निर्णय क्षमता, छनोट तथा व्यक्तित्वलाई दुष्प्रभावित गर्छ। यस रोगले व्यक्तिको व्यवहार तथा व्यक्तित्व परविर्तन गर्ने, बिसर्ने, संशय हुने, नयाँ कुरा सिक्न नसक्ने, अरूप्रति विश्वास नगर्ने, शंका गर्ने, हिँडडुल गर्न नसक्ने बनाउँछ। यो रोग विस्तारै बढ्दै जाने भएकाले पहिले यसको निदान हुँदैन, जसका कारण सुरुको अवस्थामा अधिकांश बिरामीले परीक्षण तथा उपचारको आवश्यकता महसुस गर्दैनन्। बुद्धि ह्रास हुँदै जाने भएकाले बिरामीले दैनिक कामहरू खाना बनाउने, टेलिफोन उठाउने, उपयुक्त कपडा लगाउनेजस्ता काम गर्न सक्दैनन्। अन्ततः आफ्नै छोराछोरीसमेत नचिन्ने अवस्था हुन्छ। मानिसको आयु बृद्दि संगै यो रोग यति ब्यापक हुदै गएको छ कि सन २०५० सम्ममा विश्व का १ प्रतिशत भन्दा वढि मानिसलाई (प्रत्येक ८५मा १ जना) यसले गाज्ने अनुमान गरिएको छ| विस्मृति रोगका बिरामीहरूको सबैभन्दा ठूलो समस्या स्मरण शक्ति ह्रास हुनु हो। विस्मृति रोगोन्मुख व्यक्तिले विश्लेषणात्मक ढंगले सोच्न सक्दैनन् र कुरा पनि सम्झन सक्दैनन्। तत्कालैका घटना, फोन नम्बर, समयतालिका अनुसारको काम तथा भेटघाटको कार्यक्रमसमेत बिर्सिन्छन्। अरूले भनेको कुरा आफूले नबुझ्नु तथा आफूले भनेका कुरा अरूले नबुझ्ने समस्या दोहोररिहन्छ।
यो रोग मस्ितष्कका कोषिकाहरू नष्ट भएर हुन्छ। यसको ठोस कारण हालसम्म यकिन भएको छैन। तथापि, विस्मृति रोगबाट मृत्यु भएका बिरामीको पोस्टमार्टम गर्दा दुई कारणहरू पाइएका छन् ः
१. मष्तिष्कको हिप्पोक्याम्पस, दायाँबायाँ र अगाडिका भागको स्नायुहरू गुजुल्टो परेर तथा ती स्नायुकोषभित्र 'ताउ' नामक प्रोटिन जमेको हुन्छ।
२. स्नायुकोष तथा स्नायुबाहिर 'विटा इमाइलोड' नामक प्रोटिन टाँसिएको हुन्छ, जसका कारण स्नायु र रक्तनलीहरू साँघुरो भएर मस्ितष्ककोष तथा स्नायुकोषहरू मर्छन्। त्यस्तै, 'विटा एमाइलोड'ले एसिटाइलकोलिन नामक हार्मोन -सिक्ने, सम्झने, सोचविचार गर्ने हार्मोन) घटाउँछ।
कारक तत्त्वहरू
उमेर : सामान्यतया ६५ वर्ष उमेरपछि यो रोग लाग्छ। ६५ वर्षपछि प्रत्येक पाँच वर्षमा यस रोगको प्रभाव दुई गुणा बढ्दै जान्छ।
लिङ : यो रोग पुरुष र महिला दुवैलाई लाग्छ। तथापि, बढी संवेदनशील स्वभाव र आयु लामो हुने भएकाले महिलामा बढी पाइन्छ।
वंशाणुगत : आफ्नो अग्रज वंशमा यो रोग भएमा अनुज वंशमा रोग लाग्ने सम्भावना दुई-तीन गुणा बढी हुन्छ।
गम्भीर रूपमा टाउकोमा चोटपटक लागेको व्यक्तिमा।
उच्च रक्तचाप तथा उच्च कोलेस्टेरोलका कारण मस्ितष्कमा रक्तसञ्चरण प्रभावित तथा अवरुद्ध भएमा।
डीप्रेसन तथा चिन्तालगायतका मानसिक समस्या भएका बिरामी र अधिक मोटोपना भएकालाई।
डिमान्सिया, डाउन सिन्ड्रोम, सुस्त मनस्िथति भएका बिरामीहरूलाई।
मानसिक निष्त्रिmयता भएका व्यक्तिहरूलाई।
कोही भाइरस, विषाक्त पदार्थ, धातु, विद्युत्, चुम्बकीय प्रभाव, धुम्रपान, अत्यधिक मद्यपान, कुपोषण आदिलाई पनि कारक तत्त्व मानिएको छ।
लक्षणहरू
अल्जाइमर रोग विस्तारै बढ्दै जाने भएकाले सुरुको अवस्थामा 'प्रस्ट लक्षणहरू' देखिँदैनन्। उमेर, शारीरकि अवस्था तथा रोगको प्रकृति अनुसार ५-१० वर्षपछि निम्नलिखित लक्षणहरू देखिन्छन् ः
क) सुरुको अवस्था
तत्कालीन घटना एवं कुराकानी बिर्सने।
सामान हराइरहनु, आफैँ हराइरहनु।
एकाग्रतामा कमी हुनु।
जटिल शब्द तथा वाक्यहरू सम्भिmन नसक्नु।
जोडघटाउलगायत गणितमा अलमलिनु, हरहिसाब अस्तव्यस्त हुनु।
हिडाइ असामान्य देखिनु।
एउटै कुरा बारम्बार दोहोर्‍याइरहनु।
डिप्रेसन हुनु।
दिनचर्या अस्तव्यस्त हुनु।
भाषिक समस्या हुनु। जस्तै- प्रचलित वस्तुको नाम भन्न नसक्नु।
एक ठाउँमा राख्नुपर्ने सामान अर्कै ठाउँमा राख्नु।
चिनेको बाटो बिर्सनु।
वक्तित्व निर्माण तथा सामाजिक कामबाट अलग हुनु।
पहिलेका रुचि एवं मनोरञ्जनका विषयमा अरूचि हुनु।
सोचविचार एवं समीक्षा गर्न नसक्नु।
ख) बीचको अवस्था
तत्कालीन घटनाहरू बिर्सनु।
आफ्नो विगतका क्षणहरू बिर्सनु।
आफ्नो पहिचान बिर्सनु।
निन्द्रामा समस्या पर्नु, निन्द्रामा हिँड्नु।
पढ्न र लेख्न असजिलो हुनु।
राम्रो, नराम्रो वा खतरापूर्ण वस्तु पहिचान गर्न नसक्नु।
निर्णय क्षमता ह्रास हुनु।
अप्रासंगिक कुराहरू गर्नु, उच्चारण गलत गर्नु, अस्पष्ट वाक्य बोल्नु, बेसुराका कुरा गर्नु।
समाजबाट एक्लिनु।
मतिविभ्रम हुनु, वादविवाद गर्नु, कुटपिट एवं हिंस्रक हुनु।
भ्रम, अवसाद, सन्कने, रसि, चिन्ता, शंका, डर बढी हुनु।
आधारभूत कामहरू जस्तै- खाना बनाउने, कपडा छान्ने/लगाउने, नुहाउने आदि काममा अरूको सहायता खोज्नु।
ग) गम्भीर अवस्था
समवेदना हराउने, कुरा नबुझ्ने।
अडिन नसक्ने, लड्ने।
वजन घट्ने।
आफन्त, साथी एवं परविारका सदस्यहरूलाई नचिन्ने।
खाने, लगाउने, नुहाउने, बस्नेजस्ता सामान्य काम पनि गर्न नसक्ने।
खानेकुरा चपाउन तथा निल्न नसक्ने।
ओछ्यानमा थला पर्ने, दिसा-पिसाबको नियन्त्रण हराउने, अरूको बोली नबुझ्ने, बोल्न नसक्ने।
चेतना हराउने।
Continue Reading | comments

कानको समस्या


कानको बनावटअनुसार कानलाई तीन भागमा बाडिएको छ। बाहिरी कान, मध्य कान र भित्री कान। कान पाक्ने रोग चाहिँ मुख्य गरेर मध्य कानको समस्या हो। मध्य कानमा कुनै पनि कारणले गर्दा रोग लागेर त्यहाँ पीप जम्मा हुन गई, जमेको पीपले कानको जालीलाई प्वाल पारेर त्यस प्वालबाट पीप बाहिर निस्कने समस्यालाई नै 'कान पाक्नु' भनिन्छ।विकसित देशमा यस्तो समस्या त्यत्ति देखिँदैन तर विकासशील मुलुक जहाँ स्वास्थ शिक्षाको कमी, कमजोर आर्थिक अवस्था र उचित पोषणयुक्त खानपान र सरसफाई छैन त्यस्तो ठाउँमा यो प्रायः जसो दोहरिरहने समस्या हो। महिला वा पुरुष दुवैलाई बराबरै लाग्ने यो रोग जुनसुकै उमेर समूहका मानिसलाई पनि लाग्न सक्छ। अझ ग्रामीण समुदायमा त यो रोग श्रवण शक्ति कम गराउने मुख्य कारणको रूपमै उभिएको छ।
कारण
कुनै झगडा, दुर्घटना आदिको कारणले कानको जाली फुटेमा व्याक्टेरिया सजिलैसँग गएर सङ्क्रमण गराउँदछन्।
साना साना नानीलाई आमाले सुताएर दूध चुसाउने गर्नाले पनि कान पाक्दछ।
फोहोर पानीमा पौडी खेल्दा जीवाणु सीधै कानभित्र छिरेर सङ्क्रमण हुन्छ।
टन्सिलको समस्या पिनास बिगि्रएमा पनि कानमा सङ्क्रमण हुन्छ।
कसैकसैमा सामान्य रुघा खोकी लागेको बेलामा पनि मध्य कानमा सङ्क्रमण हुन जान्छ।
लक्षणहरू
कानको जालीमा प्वाल पर्नुका साथै दिनहुँ अथवा केही दिन बिराएर पीप आउँदछ।
कानको सुन्ने शक्ति कम हुँदै जान्छ कान डम्म भएर थुनिएको जस्तो महसुस बिरामीलाई हुन्छ।
कान एकदमै दुख्छ रिङ्गटा लाग्न सक्छ।
कानलगायत अन्य भागमा विभिन्न समस्या देखिन सक्छ। जस्तै फेसियल नर्भ -अनुहारको नसा)मा क्षति पुगेर मुख बाङ्गो हुने, कान पछाडिपट्ट िसुन्निने वा पिलो आउने, ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने
मेनिन्जाइटिस हुनसक्छ यदि समयमै उपचार गरेन भने कान पाक्नबाट बच्ने उपाय, सलाइको काँटी, सिन्का, पिन, चराको प्वाँखजस्ता कुनै पनि असुरक्षित वस्तुले कान नकोट्याउने वा सफा नगर्ने।
विशेष गरेर आमाले बच्चालाई दूध चुसाउँदा, बच्चाको टाउको खुट्टाभन्दा केही माथि पारेर चुसाउनु पर्दछ।
गाउँघरमा कान दुख्यो भनेपछि तुलसीको पातको रस, गाईको गहुँत वा अरू कुनै औषधि जथाभावी कानमा हाल्ने गरिन्छ जुन एकदमै गर्न नहुने कुरा हो।
कानमा तेल हाल्नु हुँदैन।
रुघा लागेको बेलामा कानमा बल पर्ने गरी सिँ सिँ गरेर सिँगान फाल्नु हुँदैन। यसले कानको जाली र अरू संरचनामा थप क्षति पुर्‍याउँदछ। बरू नाकभित्रबाट माथि तानेर घाँटीमा पुर्‍याइ थुकिदिनुपर्छ।
कान पाकेका रोगीमा कानको जालीमा प्वाल पर्ने हुँदा कानभित्र पानी पस्न दिनु हुँदैन। जसको लागि नुहाउने बेलामा कपासमा भ्यास्लिन वा अन्य कुनै कानमा पार्न हुने क्रिम लगाई कानमा टम्म मिल्ने गरी राख्नुपर्दछ।
मानिसको अज्ञानता र हेलचक्र्याइको कारणले कान पाक्दछ। कतिपय अवस्थामा सतर्कता अपनाउँदा अपनाउँदै पनि कान पाक्न सक्छ। औषधिद्वारा उपचार गरेमा कानबाट पीप आउन त रोकिन्छ तर कानको जाली भने टालिँदैन। साथसाथै बारम्बार कान पाकिरहने सम्भावना पनि उत्तिकै रहन्छ र सावधानी पनि धेरै नै अपनाउनु पर्छ।
कानको जाली टाल्ने अन्तिम उपाए चाहिँ अपेसन नै हो। अप्रेसनपछि चाहिँ कानको श्रवण शक्ति घट्ने क्रम रोकिने मात्र होइन धेरै जस्तो मानिसमा सुधार पनि आउँछ।
Continue Reading | comments

तनावलाई हराउने उपायहरु

Monday, July 9, 2012


के तपाईं तनावपूर्ण वातावरणमा बाचिरहनुभएको छ ? के तपाईं आˆनो तनावबाट छुट्कारा पाउन चाहनुहुन्छ ? चिन्ता नलिनुहोस्, यसको समाधानका सरल उपाय पनि छन् ।
आजको युगमा सबै क्षेत्रमा गतिशीलता आएको छ । मानिसहरु आˆनो भविष्यको लागि चिन्तित छन् । आˆनो सुखमय र सुरक्षित भविष्य निर्माणका लागि मानिसहरु दिनरात नभनी खटिरहेका छन् । उनीहरु आˆनो भविष्य कसरी राम्रो बनाउने भन्ने सोचाइमा बढी नै ध्यान दिने र सधैं चिन्तित रहन्छन् । तर, त्यसले कुन बेला कसरी उनीहरुको स्वास्थ्यलाई नराम्रो असर गरिरहेको छ भन्ने बारेमा विचार गर्दैनन् । तसर्थ उनीहरुको जीवन सधैं तनावमय नै रहिरहन्छ ।
तपाईंहरुलाई लाग्न सक्छ, यस्तो व्यस्त अवस्थामा आफ्नो मानसिक तनावलाई कसरी सन्तुलनमा राख्न सकिन्छ र ? तर, हरेक कार्यको विकल्प भएझैं यसको पनि समाधानका उपाय छन् । ती उपायलाई आˆनो व्यवहारमा नियमितरुपमा लागू गरियो भने तनावको स्थितिलाई अवश्य पनि कम गर्न सकिन्छ ।
१) परिवार र साथीसंगको सम्बन्ध
मित्रता पनि औषधिकै एक रुप हो । तपाईं चिन्तित हुनुहुन्छ भने आˆनो मनको कुरालाई लेखेर वा इमेल गरेर या फोन गरेर आˆना साथीभाइ या परिवारलाई बताउने गर्न सक्नुहुन्छ । यसले गर्दा तपाईंको मन हलुका हुन्छ । आˆनो मान्छे भएको अनुभूति पनि हुन्छ र तपाईं एक्लोपनबाट बच्न सक्नुहुन्छ । अतः उनीहरुसाग दुःखका कुरा मात्रै होइन, खुशीका कुरा पनि बााड्न सक्नुहुन्छ । सुख जति बढायो, त्यति नै बढ्छ । यसबाट तपाईं मानसिक रुपमै फुर्तिलो बन्न सक्नुहुन्छ ।
२) दैनिक शारीरिक काममा लाग्नु
यात्रा गर्ने, पौडी खेल्ने, कसरत गर्ने, नृत्य गर्नेजस्ता शारीरिक कार्यमा संलग्न हुनुभयो भने पनि तपाईंले आˆनो चिन्ताबाट छुट्कारा पाउन सक्नुहुन्छ । शारीरिक रुपमा चुस्त मानिसमा डिप्रेशन र अन्य मानसिक कमजोरीबाट बच्न सकिन्छ । त्यसैले नियमित शारीरिक कसरत मानिसको स्वास्थ्यको लागि एकदमै महफ्वपूर्ण हुन्छ ।
३) हाँसो
अवश्य पनि हांसोले सबैलाई आनन्द अनुभूति गराउंछ । यसले आˆनो जुनसुकै चिन्तालाई केही पलकै लागि भएपनि भुलिदिन तथा कम गर्न मद्दत गर्दछ । तपाईंहरु हाास्न कन्जुस्याइा नगर्नुहोस् । हाास्नु आˆनै लागि पनि फाइदाजनक छ, अरुका लागि पनि बोलीचालीलाई सुमधुर बनाउन या राम्रो वातावरण बनाउन उपयुक्त हुनसक्छ । तपाईं जोक्स सुनेर या सुनाएर, कमेडी फिल्म हेरेर, एक्लै बसेर पनि रमाइला क्षण सम्झेर हांस्न सक्नुहुन्छ ।
४) पछि नहट्नुहोस्
कहिले नभन्नुहोस्, म केही गर्न सक्दिनँ, मेरो उमेर गइसक्यो भनेर । तपाईंले कुनै पनि बेला जे पनि गर्नसक्नुहुन्छ । आफूमा आत्मविश्वास बढाउनुहोस् । जबसम्म आˆनो लक्ष्य प्राप्त हुंदैन, निरन्तर प्रयास गर्नुहोस् । अरुलाई माया र दया गर्न कहिल्यै नचुक्नुहोस् । जीवनमा अरुलाई हराएर जितेको सफलताभन्दा आफूले आफैालाई जित्न सक्नु नै सबैभन्दा ठूलो सफलता हो ।
५) पर्याप्त निन्द्रा
स्वस्थ मनःस्थितिका लागि पर्याप्त निन्द्राको पनि मुख्य भूमिका रहन्छ । कम्तीमा ६ देखि ८ घण्टासम्म सुत्नु स्वास्थ्यका लागि राम्रो हुन्छ । तपाईंलाई निन्द्रा राम्ररी लाग्दैन भने केही शारीरिक काम गरेर पनि निद्रामा सुधार गर्नसक्नुहुन्छ ।
६) नराम्रो कुलत छांडौं
धेरैजसो मानिसमा भ्रम छ, चुरोट, रक्सी खानाले चिन्ता कम हुन्छ । यो बिल्कुलै गलत भनाइ हो । यस्तो बानीले झन् अस्वस्थ भइन्छ । त्यसैले यस्तो बानी छाड्नु नै उत्तम ।
७) धेरै चिन्ता नलिने
हाम्रो पुरानो भनाइ छ, धेरै चिन्ताले चितामा पुर्‍याउँछ । त्यसैले तपाईंलाई कुनै कुराले मनमा एकदमै पिरोलेको छ भने त्यसलाई निरन्तरता नदिनुहोस् । त्यसको समाधान चिन्ता हुन सक्दैन, समय कुर्नु र प्रयास गर्नु राम्रो हुनसक्छ । चिन्ता हाम्रो शत्रु हो, जसले हामीलाई कमजोर पार्दछ ।
Continue Reading | comments
Recent Posts

पुराना पोस्टहरु

Nepali Date Convertor

संगीतीक गजल

तिमी कुन जमानामा छौ नीशा देसार
तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देउ
data="http://aakarpost.googlecode.com/svn/trunk/aakarpost/player.swf" height="24" id="audioplayer1" type="application/x-shockwave-flash" width="250" style="font-size: 16px; font-family: Georgia, serif; ">
भन्न त भन्दछन यहाँ जमाना खराब छ
data="http://aakarpost.googlecode.com/svn/trunk/aakarpost/player.swf" height="24" id="audioplayer1" type="application/x-shockwave-flash" width="250" style="font-size: 16px; font-family: Georgia, serif; ">

गजल

More Here»»

DOCUMENTARY

More on this category »

कबिता,गीत

चलचित्र समाचार,स्वास्थ्य,सामान्य ज्ञान

रेडियो कार्यक्रम

Blog Tips

NEPALI MOVIE

More on this category »
More on this category »
© Gaurab Shrestha. Powered by Blogger.
 
Support : FOOT1 | FOOT2 | FOOT3 | FOOT4 | FOOT5 | FOOT6 | FOOT7
Copyright © 2011. Gaurab Shrestha | गौरब श्रेष्ठ - All Rights Reserved
Blog Design by Gaurab Shrestha Helped by Ram Sharan Shrestha
Proudly powered by BLOGGER