Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

रुवाइको सामान्य चिनारी

Sunday, July 14, 2013

रुवाइको सामान्य चिनारी

जसरी गजल अरबी साहित्यको उब्जनि हो अरबबाटनै यसको मुख्य बिकास भयो। त्यसै गरि रुवाइ पनि अरब मुलुककै फरसी भाषामा हो भन्ने इतिहास बिस्व साहित्यमा निहित छ। गजललाई नेपालमा भित्र्याउने श्रेय मोतिराम भट्टलाई जान्छ तर रुवाईको दरिलो प्रमाण भेटिएको छैन तर यसको रचना गरि पुस्तकको रूपमा प्रकासन गर्ने श्रेय भने साहित्यकार प्रकास आङ्गदाग्बेलाई जान्छ। उनको ग्याँसको च्याम्बरमा बुद्ध रुवाई संग्रह प्रकासनमा ल्याएको पाईन्छ।रुवाई नेपालमा धेरै लामो समयबाट लेखिदै आए पनि यसलाई असर भने मुक्तक र टुक्राले ग¥यो यसको अर्थ यो हौनकि मुक्तर टुक्रानै रुवाई हुन्। विश्व साहित्यको इतिहासले बताउँछ कि यो बिधा हजारै वर्ष अगाडि देखि लेखिदै आए पनि यसलाई एघारौँ शताब्दीमा जन्मिएका फारसी आदि स्रष्टा अमर खैय्यामले रुवाईको नामकरण गरी पुर्नजन्म दिए। यस अर्थमा अमर खैय्यामलाई गजलका पिता भन्दा फरक नपर्ला तर नेपालमा भने कसलाई श्रेय जान्छ प्रकासनको हिसाबमा प्रकास आङ्गदाग्बे पर्छन्। जसरी गजल बिदामा मोतिराम भट्टलाई सम्झिन्छै त्यसरीनै रुवाइ बिदामा प्रकास आङ्गदाग्बेलाई सम्झदा फरक नपर्नु पर्ने हो। इतिहास साँचो छ एघारै शताब्दिमानै खैय्याम द्धरा हजारै रुवाइहरू लेखिए खैय्यामले लेखोको करिब हजार वर्ष पछि मात्र यसले बिस्व साहित्यमा हाँगिने अवसर प्राप्त ग¥यो। रुवाइ बिदा जिवनर जगतमा अतिनै नजीक भएर लेखितापनि खैय्यामको समयमा स्रोत,सामाग्रि , छापा र साञ्चारको बिकास नभएको कारण उनको निधनपछि खैय्यामका रचना ब्यवस्थित हुन सकेन्न्। उनका परिवारर अनुरागिहरूले प्रयास नगरेको भने हैन तर लामो समय टिकाउन सकेन्न। अन्त्यमा उनका रचना वेवारिसे लथा लिङ्गभयो। रदि कागजको खातमा उनका रचना पुग्यो। यसै प्रसङ्गमा एकदिन अंङ्गग्रेजि साहित्यकार फिट्ज्जेरल्डले पसलमा सामान किन्दा सामानसगै पसलेले पोको पारेर दियो र उनले त्यस काजमा लेखिएको कुरा कुनै महत्वपुर्ण हुनुपर्छ भनि ठानि उनले फारसि भाषाको अध्यान गरे उनलाई फारसि भाषा अध्यानगर्नकै लागि ८,९ वर्ष लागेको इतिहासमा हेर्न सकिन्छ। त्यस पस्चात उनले फारसि भाषामा लेखिएको रुवाई बिधा अंङ्गग्रेजि भाषामा रूपान्तरण गरेपछि यस बिदाले दिन दुईगुना र रात चैगुनाका दरले बिस्वमा फिजियो। यसरि अंङ्गग्रेजि भाषामा रूपान्तरण भएपछि यस बिधालाई अन्यभासमा रूपान्तरण गरे यसै क्रममा हिन्दि भाषामा रूपान्तरण भयो। हिन्दिभाषामा ल्याउने श्रेयभने हरिवंश राय वच्चनलाई जान्नछ। हरिवंश राय वच्चन भारतिय अभिनेता अमितावच्चनका पिताहुन्। नेपालमा ल्याउनेको हो भनि ठोस प्रमाण भेटिएको छैन तर पुस्तकको हिसाबमा प्रकास आङ्गदाग्बे लाईनै जान्छ। चाहे जेहोस रुवाई बिधाले जोको हिको मनमा सुटुक्क अटाउछ। अवधिको खाडि बोलिमा रुवाइलाई रोलाइ भनिन्छ। रुवाइको उत्पति हेर्ने हो भने करुण रशबाट आवाज वा शब्द निस्कन्छ। यहिनै रुवाइको पृष्ठ भुमि हो।अहिले नेपाली साहित्यमा पनि रुवाइ बिधा अगाडिनै बढेको पाईन्छ। अब यस बिदाका केही नियमको चर्चा गरै। 
१.दुइशेरमा पुर्ण हुन्छ,शेरहरू अलग अलग हुनुहुदैन। 
२.एउटै भावमा केन्द्रित हुन्छ। 
३.यसमा रदिफ आवस्यक छैन हुदा सुनमा सुग्ध हुन्छ। 
४.यसलाई अनिवार्य चार हरफमा समेट्नु पर्छ। अन्यथा अरुनै बिदा हुन् जान्छ। 
क) पहिलो हरफ : बिषय वस्तुको उठान 
ख) दोस्रो हरफ : बिषय बस्तुमाथि ब्याख्या 
ग) तेस्रो हरफ : बिषय बस्तुमा जिज्ञासा वा कौतुहलता 
घ) चौथो हरफ : एक मुस्ट भावगत प्रहार 
५.रुवाइमा करुण रशको आवश्यक पर्दछ। 
अन्त्यमा रुवाइ एक साहित्य बगैचाको फुल हो यसलाई रोप्ने काम गरे खैय्यामले गोडमेल फिटजजेरल्ड र हिन्दिमा हरिवश राय बच्चनले भने नेपाली साहित्यको बगैचामा एकमुस्ट बिरुवा लगाए प्रकास आङ्गदाग्बेले अत : यसको गोडमेलर रोपनिको जिम्मा हामि सबैले लियै। -

-प्रकास आङ्गदाग्बे
Continue Reading | comments

125.सल्कीदै आगो बढेर गयो

Saturday, February 9, 2013


सल्कीदै आगो बढेर गयो
सपना  बाँकि डढेर गयो

मायामा  मर्ने कसम खादै
पराई  डोली  चढेर गयो

मुस्काई आफु भेटाई खुसी
मलाई  आँशु  छडेर गयो

नीष्ठुरि तीम्रो घातले गर्दा
दिलैमा  किला गढेर गयो

परेसि माली बगैचा मास्ने
तुहियो  प्रेम  सढेर  गयो

Continue Reading | comments

मेरो यो रसिलो बचपन हेर्नुस् त


मेरो यो रसिलो  बचपन   हेर्नुस् त
मुसुक्क कलीलो   बचपन हेर्नुस् त

सायद  ति दिन  म फर्काउन सक्थे
आबोध  भरिलो  बचपन  हेर्नुस् त

न  कुनै तनाब  न अनुहारमा क्लेश
आहा कती सजीलो बचपन हेर्नुस् त

तस्बिर  ले पनि बोलु बोलु झै गर्छ
जुन  झै चम्कीलो बचपन हेर्नुस् त

Continue Reading | comments

124.कति बियोगको भयमा जिउनु

Friday, November 9, 2012


कति    बियोगको  भयमा  जिउनु
एउटै   गलत   निर्णयमा   जिउनु

आफ्नो   संम्पुर्ण  जिबन  सकिदा
अरुकै  खाली  जय  जयमा जिउनु

उस्ले  त   भुलेर   महल  सजायो
म मुर्ख  हिजोकै  समयमा  जिउनु

सपना   हुनेछ    फर्किएर   तिमी
अबस्य  आउने  आसयमा  जिउनु

भाग्यको  रेखाले   पर्खाल  बनायो
छोडि दे “गौरब” बिनयमा  जिउनु

Continue Reading | comments

123.यसरि नै सधै चल्छ नसोच


यसरि नै  सधै च ल्छ नसोच
तेल बिनै दियो बल्छ नसोच

त्यो पालुवा नाथे! हिजो उम्रेको
हावाको झोकाले ढल्छ नसोच

बोल्दैन यो त गरिबको छोरो
मालिकको खुट्टा मल्छ नसोच

लाटोको पालो आउछ एकदिन
ईश्बरले सधै छल्छ जसोच

नबनाई खरानी सामन्ती राज
“गौरब”को चिता जल्छ नसोच

Continue Reading | comments

122. “बा” मौन छन छोरोको सबालमा

Wednesday, November 7, 2012


“बा” मौन छन छोरोको सबालमा
कहिले  फर्केर आउ म  नेपालमा

देखेरै   होला  अस्थीर  राजनीति
यहाँ के  गर्छस  बाबु यो हालमा

भोलीको आशा  देखाउदै  आमाले
भन्छिन  आउनु  तँ अर्काे सालमा

खाडिको ब्यथा के सुनाउनु घरमा
यहाँ जीन्दगी डुब्दैछ् आँशु तालमा

खाना  नमाग्ने  यो पेट भैदिए पो
सोची बस्छु हेर्दै यो खाली थालमा

Continue Reading | comments

121.सगरमाथा खुले पछि नेपाल आउछ

Thursday, November 1, 2012

सगरमाथा  खुले  पछि नेपाल आउछ

स्वर्गलाई  भुले   पछि नेपाल आउछ

फूल त देख्यौ होला रातो नीलो हरियो
लालीगुराँस फूले  पछि नेपाल आउछ

चरिको चिरिबिरि  उषाको  लाली सगै
डाँफे मुनाल डुले  पछि नेपाल आउछ

भकारि  हाम्रो त्यो  तराईको फाँटमा
धानकाबाला झुले पछि नेपाल आउछ

आमित्यता बिभीन्न भाषा धर्म संकृती
मनमा माया घुले पछि नेपाल आउछ

Continue Reading | comments

120.खोज्दैछु यस्तो किताब पाईन्छ कि

Saturday, October 27, 2012


खोज्दैछु यस्तो  किताब  पाईन्छ कि
पाप पुन्यको  हिसाब  पाईन्छ कि

काटेर छुरि  रमायो  आफ्नै जितमा
छुरि चोटको  मीलाब  पाईन्छ कि

मरेर पाउने  मैले  स्बर्ग हो या नर्क
दिनुस   केहि सुझाब  पाईन्छ कि

रोपेर  बिष अमृत खोज्छ्न  मानीस
यस्ता मुर्खको नी जवाब पाईन्छ कि

दशक बित्यो बोकेर  बन्दुक क्रन्तीमा
डराउछु फेरि नि तनाब  पाईन्छ कि
Continue Reading | comments

119.खोज्यौ भने भगवान भेटिन्छ


खोज्यौ भने भगवान भेटिन्छ
  भित्र पनि ईमान भेटिन्छ

काँडाले  नै  काँडा नीकाल्छ
आँशुमै पनि मुस्कान भेटिन्छ

गर  मेहेनत  के हुन्न  भाई
बगरमा  पनि  धान भेटिन्छ

अथक बनि  लागीपरे कर्ममा
गरिबको नि पहिचान भेटिन्छ

शहिद  गए  देखाई  बाटो
ईतिहास हेर बलिदान भेटिन्छ
Continue Reading | comments

118.काम चलाउ मुटु छ, जसोतसो बाँचीन्छ

Sunday, October 21, 2012


काम चलाउ मुटु , जसोतसो बाँचीन्छ
नीयती चुटी रह्यो, तै पनि हाँसीन्छ

जुनको सपना देख्दीन , हैसीयत मेरो छैन
टेक्नु पर्ने धर्ती मै हो, केहि छैन भासीन्छ

फूल हो जीन्दगानी, पानी हुरि छल्न पर्छ
नयाँ डाली पलाउछ नै, के भो हाँगा लाछीन्छ

आशै मा अडेको मान्छे का रहरहरु
सबै पुरा नभएनी, सपना हजार साँचीन्छ

कुनै रुख चिनीन्छन, आफ्नै फलको भरमा
अजम्बरि को नै , कुनै दिन नासिन्छ


Continue Reading | comments

117.भेटे पछि अंगालोमा, कस्छु भन्छे काली


भेटे पछि अंगालोमा, कस्छु भन्छे काली
सुई्को नदि दिल भीत्र, पस्छु भन्छे काली

फोटो मेरै हेर्छे अरे, टोलाउछे रे एकान्तमा
जानीजानी माया जालमा, फस्छु भन्छे काली

सजाएकी छु भन्छे, सपना हजार तिमी संग
तिम्रै मनमा राज गरि, बस्छु भन्छे काली

कहिले आउछौ भन्दै सोध्छे, मलाई घरि घरि
तिम्रै लागी क्रीम पाउडर, घस्छु भन्छे काली

औला भाँच्दै दिन गन्छे, लेख्छे लब लेटर
धोका दिए भीरबाटै, खस्छु भन्छे काली
Continue Reading | comments

116.जिन्दगी एकदिन सल्कीएर जान्छ


जिन्दगी एकदिन सल्कीएर जान्छ
आफैमा एकदिन पग्लीएर जान्छ

बनाउछ अनेकौ सपनाका महल
सप्रन्छन केहि कति भत्कीएर जान्छ

प्रेमले हसाँउछ बियोगले रुबाउछ
यहि मायामोहमा अल्झीएर जान्छ

बाटो एउटै मात्र अगाडि पछाडि
छुट्दा आँशुको झरि बर्सीएर जान्छ

रोक्न सकिने समाउन यस्लाई
मृत्यू समीप आफै लम्बीएर जान्छ



Continue Reading | comments

115.जुनलाई पक्कै श्रृंगार चाहिदैन


जुनलाई पक्कै श्रृंगार चाहिदैन
त्यो रुपै काफी प्रहार चाहिदैन

तिमी हुन्छ मात्र भनीदेउ प्रीय
स्वार्थी सीङ्गो संसार चाहिदैन

तिमीलाई हेरि लाटा बोल्नथाले
अब कुनै समाचार...चाहिदैन

पाउजुको तिम्रो छमछम सुनेपछि
संगीतको त्यो झन्कार चाहिदैन

तीम्रो बोलीमा माया मगमगाउछ
त्यो बगैचा बास्नादार चाहिदैन

Continue Reading | comments

114.केहि गरौ देशको हितका कुरा


केहि गरौ देशको हितका कुरा
झन्डा राष्ट्रिय गीतका कुरा

बिरता हाम्रो ईतिहासले बोल्छ
खुकुरी कै भरमा जीतका कुरा

अन्यायमा उम्लने रगत हाम्रो
शत्रुलाई  माफी मितका कुरा

साँझका पाहुना भगवान मान्ने
न्यानो  आत्मीय  रीतका कुरा

झरेको स्वर्ग यहि धर्तिमा हाम्रो
हेरी कहिलै नमर्ने धितका कुरा
Continue Reading | comments

113.फर्क युवा अब त स्वदेश ......बनाउनुछ्

Monday, October 1, 2012


फर्क युवा अब स्वदेश ......बनाउनुछ्
हिमाल पहाड एकै छानो मधेस बनाउनुछ

धेरै बगे पसिना त्यो सिच्यौ ...पराईभुमि
अब देशलाई सबै सामु बिशेष बनाउनुछ

कति गर्नु गुलामी यो दुई छाक कै लागी
खान्छु ढिडो दौरा आफ्नै भेष बनाउनुछ

सीमा मिच्ने चेली बेच्ने... पशुमानबलाई
चट्टान बनि उभिएर हरेस ......बनाउनुछ

ज्ञान शीप सिकेजती खर्चौ  ..आफ्नै देशमा
श्रृङ्गारेर मातृभुमि संसारकै बेस बनाउनुछ्
Continue Reading | comments

112.जीन्दगी नै प्यारो भएर सकिन


जीन्दगी नै प्यारो भएर सकिन
तिर्खा धारो भएर सकिन

खाज्छे सजिलो मुलायम धेरै
पथ्थर झै सारो भएर सकिन

भन्छे यो त्यो देखे जति सबै
अतिनै गारो गारो भएर सकिन

कति खप्नु उस्को नखरा अनेक
सधै आँखाको तारो भएर सकिन

जीन्दगी जीउनु मर्नु भयो
यस्तो तातोनछारो भएर सकिन
Continue Reading | comments

111.म लेख्दैछु मीचिएको सिमाको कथा


लेख्दैछु मीचिएको सिमाको कथा
रोईरहेको दशगजा सुस्ताको कथा

नदेख्ने कस्तो आफ्नै मुटु काटिदानी
दिनमै नेपाल सरकार नीदाको कथा

बिहान उठ्दा हिजो सुतेको देश फेरियो
सुन्दै अचम्म यो कहिनभाको कथा

असल छिमेकि कहिलै मेरो हुनसकेन
बोल्दीन उस्कै कर्तुतले देखाको कथा

आउनुहोस सबै मीली अब बैरि लखेटौ
लेखौ अर्को नालापानी किल्लाको कथा
Continue Reading | comments
Recent Posts

पुराना पोस्टहरु

Nepali Date Convertor

संगीतीक गजल

तिमी कुन जमानामा छौ नीशा देसार
तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देउ
data="http://aakarpost.googlecode.com/svn/trunk/aakarpost/player.swf" height="24" id="audioplayer1" type="application/x-shockwave-flash" width="250" style="font-size: 16px; font-family: Georgia, serif; ">
भन्न त भन्दछन यहाँ जमाना खराब छ
data="http://aakarpost.googlecode.com/svn/trunk/aakarpost/player.swf" height="24" id="audioplayer1" type="application/x-shockwave-flash" width="250" style="font-size: 16px; font-family: Georgia, serif; ">

गजल

More Here»»

DOCUMENTARY

More on this category »

कबिता,गीत

चलचित्र समाचार,स्वास्थ्य,सामान्य ज्ञान

रेडियो कार्यक्रम

Blog Tips

NEPALI MOVIE

More on this category »
More on this category »
© Gaurab Shrestha. Powered by Blogger.
 
Support : FOOT1 | FOOT2 | FOOT3 | FOOT4 | FOOT5 | FOOT6 | FOOT7
Copyright © 2011. Gaurab Shrestha | गौरब श्रेष्ठ - All Rights Reserved
Blog Design by Gaurab Shrestha Helped by Ram Sharan Shrestha
Proudly powered by BLOGGER