Showing posts with label चलचित्र समाचार. Show all posts
Showing posts with label चलचित्र समाचार. Show all posts
बिनिता बराल संगको कुराकानी
Thursday, July 19, 2012
पक्कै पनि सेक्सी
! म त्यति सुन्दर
छु जस्तो लाग्दैन।
मेरा 'अदाहरू' का
कारण दर्शकहरू मलाई
राम्रीभन्दा पनि सेक्सी
मान्नु हुन्छ। वास्तवमा म
छु नै त्यस्ति
!
सेक्सी भैरहन त मेन्टेन
पनि आवश्यक पर्छ
होला नि ?
राम्री देखिन पो मेन्टेन
गर्नुपर्छ त। म
सेक्सी भएकाले खासै मेन्टेन
गर्नुपर्दैन। मेरो अपियरेन्स
सेक्सी भए पनि
म भित्रबाट चाहिँ
सुन्दर नै छु।
विवादको
अर्को नाम बिनिता
बराल हो भन्छन्
नि ?
विवादभन्दा
पनि चर्चाको अर्को
नामचाहिँ बिनिता बराल हो
जस्तो लाग्छ। नकारात्मक
र सकारात्मक जस्तो
प्रसंग भए पनि
म प्रायः चर्चामै
छु।
विवाद/चर्चामा आइरहने कारण
चाहिँ के हो
?
सम्भवतः
मलाई दर्शकहरूले धेरै
माया गर्नुहुन्छ। मैले
सानो कदम चाले
भने पनि बिनिता
कहाँ छे, के
गर्दैछे भन्ने कुराको चासो
धेरैलाई हुन्छ। त्यसैले पनि
म राम्रा-नराम्रा
प्रसंगका कारण चर्चा
(विवाद) मा आइरहन्छु।
चपली हाइटले बढाएको हाइट
'फुलस्टप'ले फुलस्टप
लगाउने त होइन
?
यसले मेरो हाइट
त झन् बढाउनेछ
किनभने मैले जति
पनि माया पाइरहेकी
थिएँ, चपलीहाइटकी बिनी
भएकीले पाएकी थिएँ, फुलस्टपमा
प्रासुका रूपमा थप स्नेह
पाउनेछु भन्ने कुरामा ढुक्क
छु। मलाई लाग्छ
'फुलस्टप' प्रदर्शन भए पछि
मेरो स्ट्रगलमा चाहिँ
फुलस्टप लाग्नेछ।
via-Saptahik
पोस्टर जलाएर नाईका हटाईयो
via-Saptahik
पोस्टर जलाएर नाईका हटाईयो
चलचित्र ‘चपली हाईट’का निर्माता
अर्जुन कुमारले आफ्नो नयाँ
दुई चलचित्र ‘काठमाडौं
नाईट’ र ‘मिसन
पैसा रिलोडेड’बाट
नायिका बिनिता बराललाई हटाएका
छन् । पहिलो
चलचित्र चपली हाइट
मै बिनिताले अनाबस्यक
दुःख दिएको भन्दै
उनले बाँकी दुई
सिनेमाबाट यी नायिकालाई
हटाएको घोषणा गरेका छन्
। यो प्रकरणसँगै
नायिका बिनिता बराल र
निर्माता अर्जुन कुमार बीच
आरोप प्रत्यारोप र
बिबाद बढेको छ
।
यस विषयमा बिनिताले भनिन्,‘
मैले सम्झौता गरेको
थिईंन । उहाँहरुले
हटाउनु भयो भन्नेमा
मेरो कुनै गुनासो
छैन । आफुले
चलचित्र चपली हाईटमा
राम्रो अभिनय गरेकाले सो
चलचित्र रिलिज भएपछि थप
राम्रा फिल्म पाउने विश्वास
उनले ब्यक्त गरिन्
।
चलचित्र
मिसन पैसा रिलोडेडमा
बिनिताको ठाउँमा अर्की नायिका
निशा अधिकारीलाई अनुबन्धित
गरिसकिएको छ ।
काठमाडौं नाईटको लागि नायिकाको
खोजी भईरहेको निर्माता
अर्जुन कुमारले बताएका छन्
।
Labels:
अन्तरबार्ता,
चलचित्र समाचार
वलिउडका पहिलो सुपरस्टार राजेश खन्नाको निधन
Wednesday, July 18, 2012
काठमाण्डौ,साउन ३ । वलिउडका चर्चित अभिनेता राजेश खन्नाको ६९ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखी थलिएका खन्नाको उहाँकै निवास मुम्वईमा निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
खन्नालाई गत मंगलवार मात्रै लिलावति अस्पतलावाट घर ल्याईएको थियो । भारतमा भएको ट्यालेन्ट शो प्रोग्राममा सहभागी १० हजार प्रतियोगिलाई पछि पार्दै जित हासिल गरेपछि,खन्ना फिल्म उद्योगमा प्रवेश गरेका थिए ।
सन् १९६० र ७० को भारतीय उद्योगमा खन्नाको अभिनयले निकै तहल्का मच्चायो । खन्नाले सन् १९६६ मा आखिरी खतवाट अभिनयको सुरुवात गरेका थिए । सन् १९६९ मा आराधना फिल्मवाट खन्ना अझै वढि चर्चित भए ।
राजेश खन्नाले अभिनय गरेका कटी पतंग,अमर प्रेम,अपना देश,अगर तुम न होते,अवतार,हमदोनो फिल्म निकै चर्चित छन् ।
१ सय ६३ वटा फिल्ममा अभिनय गरेका खन्नाको १ सय ३ वटा फिल्म सुपरहिट भएका छन् ।
कांग्रेसका तर्फवाट सन् १९९१ मा सांसद समेत वनेका खन्नाले सन् २००० देखि फिल्मी क्षेत्रमा निस्क्रिय भएका थिए ।
Via-http://nayakhabar.com
Labels:
चलचित्र समाचार
नायिका नन्दिता केसीसँगको कुराकानी
Friday, July 13, 2012
२८ वटा चलचित्र र ३०
वटा भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी नायिका नन्दिता केसी ९ वर्ष अघि
अर्घाखाँचीबाट उच्च शिक्षाका लागि काठमाडौं आएकी थिइन् । अभिनयप्रतिको रुचि र लगाव
तथा अध्ययनमा समय दिन नसक्दा नन्दिताले आफ्नो पढाईलाई भने प्लस टु सम्ममात्र सिमित
गरिन् । म्युजिक भिडियो ‘सान्नानी‘ तथा चलचित्र ‘इन्द्रेणी’ बाट अभिनयमा डेब्यु गरेकी नन्दिता अहिलेकी निकै ब्यस्त नायिका हुन् ।
उनी आफुलाई ‘सिम्पल’ र ‘भर्खर सिक्दै गरेकी नायिका’को रुपमा चिनाउँछिन् । सधैँजसो एकै किसिमको भुमिकामा देखिने नन्दिता
रिलिज हुने क्रममा रहेको ‘मालतीको भट्टी’ मा भने पृथक
भुमिकामा देखिँदैछिन् । नायिका नन्दिता केसीसँग गरिएको कुराकानीः
आजभोलि के
गर्दै हुनुहुन्छ
?
मैले अभिनय गरेको चलचित्र ‘मालतीको भट्टी’ यही असार २९ गतेबाट रिलिज हुँदै छ । त्यसैको प्रोमोसनमा ब्यस्त छु ।
मैले अभिनय गरेको चलचित्र ‘मालतीको भट्टी’ यही असार २९ गतेबाट रिलिज हुँदै छ । त्यसैको प्रोमोसनमा ब्यस्त छु ।
परिवारमा को को
हुनुहुन्छ ?
बाबा, आमा, दादा, भाउजु, बहिनी । दुई दिदीको विवाह भईसक्यो ।
बाबा, आमा, दादा, भाउजु, बहिनी । दुई दिदीको विवाह भईसक्यो ।
आमा बुवा के
गर्नुहुन्छ ?
आमा विशुद्घ गृहिणी हुनुहुन्छ । बाबा चाहीँ स्कुलमा प्रिन्सिपल हुनुहुन्थ्यो । अहिले रिटायर्ड भईसक्नु भयो ।
आमा विशुद्घ गृहिणी हुनुहुन्छ । बाबा चाहीँ स्कुलमा प्रिन्सिपल हुनुहुन्थ्यो । अहिले रिटायर्ड भईसक्नु भयो ।
अभिनयमा पढाईको
महत्व के छ ?
पढाईको महत्व त पक्कै पनि छ । तर डिग्री लिएरमात्र फिल्ममा आउनुपर्छ भन्ने छैन । बरु फिल्ममा चाहिने विभिन्न योग्यताहरु बोकेर आउँदा सफलता हात लाग्छ ।
पढाईको महत्व त पक्कै पनि छ । तर डिग्री लिएरमात्र फिल्ममा आउनुपर्छ भन्ने छैन । बरु फिल्ममा चाहिने विभिन्न योग्यताहरु बोकेर आउँदा सफलता हात लाग्छ ।
फिल्ममा कस्तो
भुमिका गर्न पाए हुन्थ्यो जस्तो लाग्छ ?
सिनेमाको कथा पुर्ण रुपमा लेडि (महिला) ले बोकेको सिनेमा गर्ने रहर छ । कथाको हिरो नै लेडि होस, त्यस्तो सिनेमा गर्न मन लागेको छ ।
सिनेमाको कथा पुर्ण रुपमा लेडि (महिला) ले बोकेको सिनेमा गर्ने रहर छ । कथाको हिरो नै लेडि होस, त्यस्तो सिनेमा गर्न मन लागेको छ ।
ब्यायफ्रेन्ड छ
कि छैन ?
हा हा हा.... (लामो हाँसो) । ब्याईफ्रेन्ड त धेरै हुनुहुन्छ नि । तर त्यस्तो तपाईँले सोधे जस्तो स्पेशल कोही छैन ।
हा हा हा.... (लामो हाँसो) । ब्याईफ्रेन्ड त धेरै हुनुहुन्छ नि । तर त्यस्तो तपाईँले सोधे जस्तो स्पेशल कोही छैन ।
प्रेम प्रस्ताब
कत्तिको आउछ ?
हेर्नुस्, म केटी मान्छे । त्यो पनि सिनेमा मेरो क्षेत्र । विवाह गर्ने बेला भैसक्यो । प्रेम प्रस्ताव नआउने त कुरै भएन नी ।
हेर्नुस्, म केटी मान्छे । त्यो पनि सिनेमा मेरो क्षेत्र । विवाह गर्ने बेला भैसक्यो । प्रेम प्रस्ताव नआउने त कुरै भएन नी ।
Labels:
अन्तरबार्ता,
चलचित्र समाचार
आर्यनले छोडेका फिल्ममा रमाउँदै जिवन
Monday, July 9, 2012
नायक आर्यन सिग्देल र जिवन लुईटेल अहिले चल्तिका नायक हुन् । पारिश्रमीक र रोजाईको विषयमा भने यी दुई विच केही भिन्नता छ । आर्यन ८ लाख पारिश्रमीकमा काम गर्छन् र आफुले भनेजस्तो भएन भने सिनेमा नै खेल्दैनन् । तर, जिवन ५ लाख पारिश्रमीक पाए काम गर्छन् ।
निर्माताको रोजाईमा पहिलो नम्वरमा आर्यन नै पर्छन् । किनभने प्राय आर्यनसँग कुरा नमिलेपछि मात्र जिवनले फिल्म पाउने गरेका छन् । प्राय आर्यनले छोडेका सिनेमामा जिवन रमाईरहेको देखिन्छ । कुरा गरौ, चलचित्र अन्दाजवाट । अन्दाजमा पनि सुरुमा आर्यनलाई नै प्रस्ताव गरिएको थियो ।
तर निर्देशक उज्वल घिमीरेसँग ठाकठुक परेको र चलचित्रमा रेखा थापा नायिका भएकाले गर्दा आर्यनले अन्दाज गरेनन् । आर्यनले नगरेपछि यो सिनेमामा जिवनलाई प्रस्ताव गरियो र जिवनले सिनेमा गरे । आर्यनलाई प्रस्ताव गरेर ठाकठुक परेपछि जिवनले गरेको अर्को सिनेमा व्ल्याक मेल पनि हो । व्ल्याक मेलमा आर्यनलाई प्रस्ताव गरिए पनि आर्यनले आफ्नो रोजाईको कलाकार भए मात्र खेल्ने वताउँदै अड्को थापेको निर्माताले आरोप लगाएका थिए ।
अन्दाज र व्ल्याक मेलपछि जिवनले आर्यनले छोडेको अर्को सिनेमा खेल्ने भएका छन्, टाईम । वसन्त निरौलाले निर्देशन गर्न लागेको यो सिनेमामा क्यामेराको क्वालीटीको कुरामा आर्यनले अड्को थापेपछि निर्माता र नायकविच कुरा विग्रीएको थियो । अन्त्यमा यो सिनेमा पनि आर्यनले छोडे र जिवन यो सिनेमामा अनुवन्धित भैसकेका छन् ।
अहिले आएर निर्माता छविराज ओझाको सिनेमा पनि आर्यनले नखेल्ने भएको खवर आएको छ । आर्यनले छोडेको यो सिनेमामा नायक जिवन लुईटेल अनुवन्धित भएभने आश्चर्य नमान्दा हुन्छ । आर्यन कलाकार भएकाले सिनेमा खेल्ने उनको काम हो । तर, सिनेमा भित्र को कलाकार राख्ने र के ले खिच्ने भनेर व्यवस्थापन गर्ने जिम्मा उनको होईन
Score: OnlineKhabar
Labels:
चलचित्र समाचार
Subscribe to:
Posts (Atom)
Recent Posts










