Home » , » बिनिता बराल संगको कुराकानी

बिनिता बराल संगको कुराकानी


स्लिम बिनिता सेक्सी कि राम्री ?
पक्कै पनि सेक्सी ! त्यति सुन्दर छु जस्तो लाग्दैन। मेरा 'अदाहरू' का कारण दर्शकहरू मलाई राम्रीभन्दा पनि सेक्सी मान्नु हुन्छ। वास्तवमा छु नै त्यस्ति !
सेक्सी भैरहन मेन्टेन पनि आवश्यक पर्छ होला नि ?
राम्री देखिन पो मेन्टेन गर्नुपर्छ त। सेक्सी भएकाले खासै मेन्टेन गर्नुपर्दैन। मेरो अपियरेन्स सेक्सी भए पनि भित्रबाट चाहिँ सुन्दर नै छु।
विवादको अर्को नाम बिनिता बराल हो भन्छन् नि ?
विवादभन्दा पनि चर्चाको अर्को नामचाहिँ बिनिता बराल हो जस्तो लाग्छ। नकारात्मक सकारात्मक जस्तो प्रसंग भए पनि प्रायः चर्चामै छु।
विवाद/चर्चामा आइरहने कारण चाहिँ के हो ?
सम्भवतः मलाई दर्शकहरूले धेरै माया गर्नुहुन्छ। मैले सानो कदम चाले भने पनि बिनिता कहाँ छे, के गर्दैछे भन्ने कुराको चासो धेरैलाई हुन्छ। त्यसैले पनि राम्रा-नराम्रा प्रसंगका कारण चर्चा (विवाद) मा आइरहन्छु।
चपली हाइटले बढाएको हाइट 'फुलस्टप'ले फुलस्टप लगाउने होइन ?
यसले मेरो हाइट झन् बढाउनेछ किनभने मैले जति पनि माया पाइरहेकी थिएँ, चपलीहाइटकी बिनी भएकीले पाएकी थिएँ, फुलस्टपमा प्रासुका रूपमा थप स्नेह पाउनेछु भन्ने कुरामा ढुक्क छु। मलाई लाग्छ 'फुलस्टप' प्रदर्शन भए पछि मेरो स्ट्रगलमा चाहिँ फुलस्टप लाग्नेछ।


via-Saptahik
पोस्टर जलाएर नाईका हटाईयो

चलचित्रचपली हाईटका निर्माता अर्जुन कुमारले आफ्नो नयाँ दुई चलचित्रकाठमाडौं नाईटमिसन पैसा रिलोडेडबाट नायिका बिनिता बराललाई हटाएका छन् पहिलो चलचित्र चपली हाइट मै बिनिताले अनाबस्यक दुःख दिएको भन्दै उनले बाँकी दुई सिनेमाबाट यी नायिकालाई हटाएको घोषणा गरेका छन् यो प्रकरणसँगै नायिका बिनिता बराल निर्माता अर्जुन कुमार बीच आरोप प्रत्यारोप बिबाद बढेको
यस विषयमा बिनिताले भनिन्,‘ मैले सम्झौता गरेको थिईंन उहाँहरुले हटाउनु भयो भन्नेमा मेरो कुनै गुनासो छैन आफुले चलचित्र चपली हाईटमा राम्रो अभिनय गरेकाले सो चलचित्र रिलिज भएपछि थप राम्रा फिल्म पाउने विश्वास उनले ब्यक्त गरिन्
चलचित्र मिसन पैसा रिलोडेडमा बिनिताको ठाउँमा अर्की नायिका निशा अधिकारीलाई अनुबन्धित गरिसकिएको काठमाडौं नाईटको लागि नायिकाको खोजी भईरहेको निर्माता अर्जुन कुमारले बताएका छन्
नायिका बिनिता बरालले बखेडा गरेको भन्दै उनले चपली हाईटको बिनिता रहेको पोष्टर, फ्लेक्स, स्टिरज जस्ता प्रचार समाग्री जलाएका छन् करिब दुई लाख २० हजार रुपैयाँको ति सामग्री आफुले मँगलबार राती जलाएको उनले बताएका छन् तर यो कुरा मान्न बिनिता तयार छैनन्,‘ अहिले बनाईएको पोष्टर जलाउन आबस्यक नै छैन त्यसैले पोष्टर जलाएको कुरामा विश्वस्त छैन
पोष्टरमा राखिएको फोटो बिरुद्ध सो चलचित्रकी अभिनेत्री बिनिता बरालले गत शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेकी थिईन्
आफ्नो स्वीकृत विना सो तस्बिर पत्रपत्रिकामा छापिएकोमा उनले आपत्ती जनाईन् आफुले कपडा लगाएर खिचेको सो तस्बिर बिना कपडाको भनेर समाचार आएकोमा उनले त्यसको खण्डन गरेकी थिईन् सो तस्बिर आफ्नो अनुमति बिना निर्माता अर्जुन कुमारले पत्रपत्रिकामा दिएको सो गल्ती स्वीकारेको पनि उनले पत्रकार भेटघाटका क्रममा बताएकी थिईन् बिनिताको सोही भनाईले अर्जुन क्रुद्ध भएका हुन्
पोष्टरकै लागि भनेर राजिब श्रेष्ठकोमा १५ हजार रुपैयाँ तिरेर निर्माता अर्जुन कुमारले सो फोटो सेसन गराएका थिए त्यो फोटो केही पत्रपत्रिकामाटपलेसभनेर छापिएपछि त्यसको खण्डन गर्दै अभिनेत्री बिनिताले पत्रकार सम्मेलन गरेकी हुन् जसमा उनले सो तस्बिर टपलेस नभएको आफुले कपडा लगाएको बताएकी थिईन्
बिनिताले पत्रकार सम्मेलन गरिन् अनावस्यक बखेडा उठाईन् यस्तो लफडामा फस्नु भन्दा त्यो फोटो नै दर्शक माझ, नल्याए बेस भनेर मैले बिनिता आमिर भएको तस्बिर युक्त सबै प्रचार सामग्री जलाएको हुं अहिले आफु नयाँ पोष्टरको डिजाईनमा जुटेको बताउँदै अर्जुन कुमारले भनेका छन्,‘ अब उनको तस्बिर नै नराखी नयाँ डिजाईनको पोष्टर छाप्ने छुं मेरो सिनेमा राम्रो बनेकोले बिनिताको पोष्टर बिना पनि फिल्म चल्छ
आफुले ३० गुना ४० साईजको एक हजार थान पोष्टर, सिक्स सिटर आकारको एक सय थान फ्लेक्स त्यत्तिकै मात्रामा स्टिकर जलाएको उनले बताएका छन् त्यो प्रचार समाग्री जलाएपछि बल्ल आफु तनाब मुक्त भएको पनि अर्जुन कुमारले प्रस्ट पारे
काठमाडौंमा १६ मँसिरमा चपली हाईटको पोष्टर, फ्लेक्स, स्टिकर पत्रकार सामु सार्वजनिक गर्ने, क्यासेट विमोचन गर्ने तथा गीतहरुको भिडियो देखाउने कार्यक्रम थियो आफुले पोष्टर सबै जलाएकाले सो कार्यक्रम स्थगीत गरेको पनि अर्जुन कुमारले प्रस्ट पारे
फागनुमा रिलिज हुने मेरो यो चलचित्रको प्रचार सामग्री तथा गीतिसँग्रह सार्वजनिक गर्ने कार्यक्रम केही हप्ता पछि सरेको अर्जुन कुमारले भने,‘ अब उनको डबीङ पनि अरु कलाकारबाट नै गराउँछु
अरुबाट आफ्नो डबिङ गर्ने समाचार बजारमा आएपछि बिनिताले भनिन्,‘मैले सो फिल्ममा अझै २५ प्रतिसत पारिश्रमिक लिन बाँकी बरु त्यो पैसा लिन्न तर आफ्नो डबिङ आफैं गर्छु आफुले सो फिल्ममा निकै मेहनत गरेको स्मरण सुनाउँदै उनले भनिन्,‘मेरो डबिङ अरुबाट गराउनु भनेको सो फिल्मको गुणस्तरमा ५० प्रतिशत कमी गराउनु हो सो चलचित्रका निर्देशक दिपेन्द्र के खनालले तपाईँकै स्वरमा डबिङ गराउँछु भनेर आफुसँग भनेको पनि बिनिताले बताईन्
चपली हाईटमा बिनिता एकल नायिकाको रुपमा छिन् यो फिल्ममा आफुले काम गर्दा पसिना मात्र हैन, रगत समेत बगाएको उनले बताईन्,‘चपली हाईट मेरो पहिलो फिल्म हो यो फिल्मको सफलताको लागि पूर्ण रुपमा प्रचार प्रसारमा जुट्ने छु यो फिल्म रिलिज भएपछि मात्र आफु अर्को नयाँ फिल्म खेल्ने पनि उनले प्रकाश पारिन्
Via- ukchaurati
Share this article :

0 comments:

Post a Comment

Recent Posts

पुराना पोस्टहरु

Nepali Date Convertor

 
Support : FOOT1 | FOOT2 | FOOT3 | FOOT4 | FOOT5 | FOOT6 | FOOT7
Copyright © 2011. Gaurab Shrestha | गौरब श्रेष्ठ - All Rights Reserved
Blog Design by Gaurab Shrestha Helped by Ram Sharan Shrestha
Proudly powered by BLOGGER