Home » » गोविन्दबहादुर मल्ल गोठाले वरिष्ठ साहित्यकार

गोविन्दबहादुर मल्ल गोठाले वरिष्ठ साहित्यकार


वरिष्ठ साहित्यकार गोविन्दबहादुर मल्ल गोठालेको ८९ वर्षको उमेरमा  निधन भएको थियो हिमालयन नर्सिङ होममा उपचार हुँदाहुँदै उनको मृत्यु भएको थियो राणा शासनका बेला प्रजा परिषद्को पर्चा समेत छरेर आन्दोलनमा उत्रिएका गोविन्द सरकारी चेपुवाबाट बच्न नाम परिवर्तन गरी गोठाले बनेका थिए।

त्यसको भालेकथाबाट मेरो साहित्यारम्भ भएको हो त्यही कथाले नै मलाई आजको योगोठालेबनायो त्यो शारदा मासिकमा छापिने सुरसारमा थियो प्रेसमा त्यसकोकम्पोजपनि भइसकेको थियो यो प्रसङ्ग विसं १९९७ को हो ठीक त्यसैबेला मलाई पक्रेर लगियो त्यस समय प्रजा परिषदले पर्चा छरेको थियो मैले पनि पर्चा छरेँ , मलाई समातेर लगियो त्यस समय भवानी भिक्षुले शारदा हेर्नुहुन्थ्यो उहाँले आशङ्का गर्नु भयो, “मेरो नाममै कथा छापियो भने सरकारी चेपारोमा पर्छु पर्छु, स्वयम् शारदा पनि पर्न सक्छ तर, उहाँसँग त्यो कथा नछाप्नुको विकल्प पनि थिएन त्यसैले भिक्षुले मेरो कथा पनि छापिने, शारदा को प्रकाशन पनि बच्ने नयाँ जुक्ति निकाल्नुभयो फलतः उहाँले मेरो साहित्यिक न्वारान गरेर मलाईगोठालेबनाइदिनु भयो।
यद्यपि, मैले त्यस कथामा आफ्नो वास्तविक नाम गोविन्दबहादुर मल्ल नै लेखेको थिएँ मलाई गोविन्दबहादुरबाटगोठालेबनाउनुका पछाडि पनि भिक्षुको आफ्नै तर्क थियो गोविन्द भनेको कृष्ण अर्थात् गोठालो यसरी गोविन्दबाटगोठालेहुनपुगेँ पछि गोविन्दगोठालेलेख्न थालेँ त्यहाँदेखि आजको कालखण्डबीचका ६७ हिउँद वर्षहरू मैले निरन्तर नेपाली साहित्यको सेवामा बिताएँ साहित्यको गोठालो गर्न सकेँ या सकिनँ, त्योचाहिँ पाठकको मूल्याङ्कनमा छाड्न चाहन्छु
त्यसबेलाका राणा प्रशासकहरूले करबि एक महिना मलाई सिंहदरबारमा तारखिमा झुलाए खुब केरकार गरे तर, कतैबाट मलाई दोषी सावित गर्न सकेनन् आखिरमा मलाई तारिखमुक्त गर्न उनीहरू बाध्य भए त्यसबेला १८ वर्षको थिएँ, असल-खराब छुट्याउने भइसकेको थिएँ
मलाई साहित्यमा लाग्न आममानिसहरूलाई भन्दा सजिलो थियो मेरा पिताजी ऋद्धिबहादुर मल्ल स्वयम् साहित्यप्रति ठूलो चाख लगाव भएको व्यक्ति हुनुहुन्थ्यो उहाँले यही रुचिले राणा सरकारसँग स्वीकृति मागेर शारदा को प्रकाशन थाल्नुभएको थियो त्यस सङ्कुचित राणाहरूको एकमना जहानियाँ शासनमा पत्रिका निकाल्ने स्वीकृति पाउनु चानचुने कुरा थिएन पिताजीले बकाइदा श्री समक्षपत्रिका निकाल्न पाऊँभनेर विन्तीपत्र हाल्नुभएको थियो , श्री ले पनिपत्रिका निकाल्नूभन्ने हुकुमप्रमाङ्गी गरेकाले शारदा प्रकाशित हुनसकेको हो

पिताजी शारदा सँग गाँसिनुभएकाले त्यसबेला हामीकहाँ प्रसिद्ध साहित्यिक हस्तीहरूको बाक्लै आवतजावत हुन्थ्यो यसबाहेक त्यसबेला साहित्यकारहरूको जमघट हुने थलोको अभाव पनि थियो आज जस्तो गोष्ठी समारोह भन्ने नै कहाँ हुन्थ्यो त्यतिखेर ! काठमाडौँ स्वयम् एउटा दुर्गम गाउँ जस्तो थियो आज जस्तो पत्रपत्रिकाहरूको घुइँचो त्यसबेला कल्पनासम्म पनि हुँदैनथ्यो
 आफूले हिँडेर आएको यात्राका धेरै मोड घुम्तीहरू विस्मृत भइसकेका छन् सम्झिन सक्तिनँ तर, महाकवि लक्ष्मीप्रसाद देवकोटाले मुनामदन पहिलोपल्ट पिताजीलाई सुनाएको सम्झना आज पनि ताजै मैले पिताजीको काखमा बसेर यो खण्डकाव्य श्रवण गरेको हुँ यसरी धेरै साहित्यकारहरूका रचनाहरू प्रकाशनअघि नै सुन्ने अवसर पाएको छु मैले देवकोटा त्यसबेला अनुवाद समितिमा हुनुहुन्थ्यो सुकुलमा घोप्टो परेर ढाडले घाम ताप्दै एकोहोरो लेखिरहनुहुन्थ्यो मभन्दा धेरै जेठो भएकाले उहाँसँग सामान्य कुराकानी मात्र हुन्थ्यो, त्यो पनि आक्कलझुक्कल मात्र साहित्य लेखनबारे कुनै कुरा हुँदैनथ्यो समजीसँग पनि भेटघाट हुन्थ्यो
देवकोटाले मुनामदन बाहेक मेरा सारा कृति जलाइदिए हुन्छ भन्नुभएको थियो तर, मुनामदन भन्दा पनि उहाँकोपागलकवितालाई उच्चकोटिको ठान्छु उहाँको आत्मदेखि नै निःसृत भएको कविता हो यो यो नेपाली साहित्यमध्येकै महान् रचना हो भन्ने मलाई लाग्छ यो धेरैमाथिको कविता हो यस कवितामा देवकोटाले आफ्नो जीवनलाई नै अभिव्यक्त गर्नुभएको यो कविता पनि मैले पिताजीको काखमै बसेर पहिलोपल्ट देवकोटाको मुखबाटै सुन्ने सौभाग्य पाएको छु उहाँलाई आफ्नै केही समकालीनहरूले पागल भनेको जोसमा देवकोटाले यो कालजयी कविता सिर्जना गर्नुभएको हो
तर, मैले कुनै कृति जोसमा लेखिनँ ढिलो सोचेर लेख्ने मानिस हतारमा कहिल्यै कुनै सिर्जना गरनिँ मेरा कथा, उपन्यास, नाटकहरूमा आफूले त्यसबेला भोगेको समाज परििस्थतिलाई मैले इमानदारीपूर्वक उतार्ने कोसिस गरेको छु यसमागोठालेआफू कति कुन रूपमा अभिव्यक्त भयो, भन्न सक्तिनँ त्यसलाई खासै महत्त्व पनि दिन्नँ

मुनामदन को कुरा देवकोटाले पनि यो कुनै मुडमा भन्नुभएको हुनसक्छ उहाँ बढो मुडी मान्छे हुनुहुन्थ्यो मलाई आफ्ना हरेक कृतिहरू त्यतिकै पि्रय लाग्छन् तर, देवकोटाले जस्तो एउटाबाहेक आफ्ना सबै कृतिहरू जलाइदिए पनि हुन्छ भन्ने मान्यता राख्दिनँ मलाई आफ्ना हरेक कृतिहरू आफ्नै रगतले लेखेजस्तो अनुभूति हुन्छ मैले कस्तो लेखेँ, त्यसको मूल्याङ्कन भने आफैँ गर्न चाहन्नँ, त्यसको अधिकार मेरा पाठकलाई मैले आफ्नो सिर्जनशीलतालाई सदैव पाठकसामु परीक्षण गर्दै आएको छु

देवकोटापछि सिद्धिचरण श्रेष्ठबाट सबैभन्दा बढी प्रभावित भएको छु उहाँ पनि हामीकहाँ बरोबर आइरहनुहुन्थ्यो यसबाहेक हिन्दी साहित्यले मलाई सर्वाधिक प्रभाव पारेको थियो प्रेमचन्द शरच्चन्दका कृतिहरू मेलै धेरैपटक दोहोर्याएर पढेको छु त्यसबेला पढ्ने सामग्रीहरू पनि हिन्दीमा बाहेक केही हुँदैनथे अहिले साहित्य धेरै माथि उठेको प्रशस्त अवसर खुलेका छन् थुप्रै सम्भावनाका ढोका उघ्रेका छन् हाम्रो समयमा यस्तो अवसर कहाँ थियो ? एउटा रचना प्रकाशन गर्न महिनौँ कुर्नुपथ्र्यो, शारदा बाहेक अर्को प्रकाशन थिएन आजको साहित्य यसका प्रकाशन संस्थाहरू जति नै विकसित समुन्नत भए पनि यो शारदा कै निरन्तरता हो भन्ने मलाई लाग्छ
मलाई धैरेले धेरैपटक सोधेका छन्, “तपाईंगोठालेनहुनुभएको भए के हुनुहुन्थ्यो ?” तर, आजको पुस्तामै जन्मेको भए पनि लेखक नै हुने थिएँ सायद गोठालेचाहिँ हुने थिइनँ कि !
मलाईगोठालेबनाउने शारदा लामो विश्रामपछि पुनः प्रकाशनमा आएको त्यसले आजको भोलि आउने पुस्तालाई कैयौँ गोठालेहरू जन्माउन प्रेरणा दिनेछ भन्ने मैले अपेक्षा राखेको छु तर, के हुन्छ, यसै भन्न सक्तिनँ
मलाई अक्सर मानिसहरूले सोध्ने गर्छन्, “तपाईंका भाइ विजय मल्ल प्राज्ञ भए लामो समयसम्म प्रज्ञा-प्रतिष्ठानमा संलग्न भए तर तपाईंचाहिँ किन एकपल्ट पनि त्यहाँ जानुभएन ?” हो, मलाई पनि त्यहाँ जान मन नलागेको होइन मलाई पनि राखेको भए हुन्थ्यो भन्ने पनि नलागेको होइन तर, कसैले मलाई नराखेपछि आफ्नो इच्छाले त्यहाँ जाने कुरा पनि भएन नि ! सायद एकै घरका दाजुभाइलाई राख्न अप्ठ्यारो भएर छुटेँ होला यसलाई मैले नियतिको कुरा भनेर चित्त बुझाउने गरेको छु तथापि, मलाई पछिल्लो समय त्यहाँको मानार्थ सदस्यसम्म बनाइएको थियो यसैमा चित्त बुझाएको छु
उमेरले ८५ नाघ्न लागेँ विगत १० वर्षदेखि बुढौलीले गाँज्न थालेको अनुभव गर्दै आइरहेछु कान पनि सुन्न छाडिसकेँ शरीर शिथिल भएको , घरभित्रै पनि घुमफिर गर्न कठिन हुन्छ हात काम्न थालेका छन्, लेख्न सक्तिनँ दाहिने अङ्ग राम्रोसँग चल्दैन एउटा हातले लट्ठी टेकेर घरैभित्र ओहोरदोहोर गर्छु बाहिरफेर साहित्यिक जमघटहरूमा नगएको पनि जुगै बित्यो जस्तो लाग्छ धेरै पढ्थेँ , हिजोआज त्यो पनि छुटेको अब सम्झने शक्ति पनि क्षीण हुन थालेको सबैै घटनाहरू स्मृतिबाट विलीन हुन थालेका छन् ईश्वरले यहाँसम्मको यात्रामा ल्याइपुर्याएको बाँकी यात्रा कतिसम्म पार गर्न सक्छु, त्यो पनि उसैको कृपामा जुन दिन मृत्यु हुन्छ, स्वभावतः त्यसै दिन यो यात्रा पनि टुङ्गिन्छ
तर पनि निराश भएको छैन कुनै क्षण मलाई पक्का आशावादी भन्दा अन्यथा हुँदैन यो चराचरसृष्टि, मैले पछाडि छाडेर आएको अतीतका अनुभवहरू आज पनि मलाई अतीव पि्रय आत्मीय लाग्छन् वास्तवमा तिनै स्मृति अनुभवहरूले नै मलाई आजसम्म जीवित राखेका छन् भन्ने सम्झिन्छु
Via-नेपाल साप्ताहिक
Share this article :

0 comments:

Post a Comment

Recent Posts

पुराना पोस्टहरु

Nepali Date Convertor

 
Support : FOOT1 | FOOT2 | FOOT3 | FOOT4 | FOOT5 | FOOT6 | FOOT7
Copyright © 2011. Gaurab Shrestha | गौरब श्रेष्ठ - All Rights Reserved
Blog Design by Gaurab Shrestha Helped by Ram Sharan Shrestha
Proudly powered by BLOGGER