Home » » 105.तिम्रो रुपको बयान म गरु कसरी

105.तिम्रो रुपको बयान म गरु कसरी


तिम्रो रुपको बयान म गरु कसरी
त्यो अदाको बखान म गरु कसरी

आँखै छ नशालु झिम्काउदा परेली
त्यो नशाको गुनगान म गरु कसरी

अधरै मोहनी सुन्तले त्यो ओठ झनै
त्यो फूलको सम्मान म गरु कसरी

काला ती बादलु केश सर्सराउदा
अप्सराको पहिचान म गरु कसरी

मह झै तिम्रो बोली लाग्छ सुनिरहु
तिमी संग चिनजान म गरु कसरी
::Someone Special Gazal::: 
Share this article :

0 comments:

Post a Comment

Recent Posts

पुराना पोस्टहरु

Nepali Date Convertor

 
Support : FOOT1 | FOOT2 | FOOT3 | FOOT4 | FOOT5 | FOOT6 | FOOT7
Copyright © 2011. Gaurab Shrestha | गौरब श्रेष्ठ - All Rights Reserved
Blog Design by Gaurab Shrestha Helped by Ram Sharan Shrestha
Proudly powered by BLOGGER