जिन्दगीले सिकाको .......कुरा गर्छु
यो धेरै पैसा कमाउने..........मोहले
उमेर नै ढल्केर गाको .....कुरा गर्छु
खुसी थिए
..............त्यो बेला बरु
फाटेको भोटो लाको .......कुरा गर्छु
प्रेममा पनि बेग्लै .......मिठाष थियो
कान्छीको हात समाको.....कुरा गर्छु
जोत्दीन भन्छ उ हलो आफ्नै देशमा
बिदेशमा पसिना चुहाको ...कुरा गर्छु
घरमा घ्यु बिना भात ......नरुच्नेले
परदेशमा खब्बुस खाको ...कुरा गर्छु
तिमीलाई सम्झीएरै मेरी .......माया
अनिदो मै रात बिताको कुरा.....गर्छु
0 comments:
Post a Comment