जिन्दगी एकदिन सल्कीएर जान्छ
आफैमा एकदिन पग्लीएर जान्छ
बनाउछ अनेकौ सपनाका महल
सप्रन्छन केहि कति भत्कीएर जान्छ
प्रेमले हसाँउछ बियोगले रुबाउछ
यहि मायामोहमा अल्झीएर जान्छ
बाटो एउटै मात्र अगाडि पछाडि
छुट्दा आँशुको झरि बर्सीएर जान्छ
न रोक्न सकिने न समाउन यस्लाई
मृत्यू समीप आफै लम्बीएर जान्छ
0 comments:
Post a Comment