खोज्दैछु यस्तो किताब पाईन्छ कि
पाप र पुन्यको हिसाब पाईन्छ कि
काटेर छुरि रमायो आफ्नै जितमा
छुरि र चोटको मीलाब पाईन्छ कि
मरेर पाउने मैले स्बर्ग हो या नर्क
दिनुस न केहि सुझाब पाईन्छ कि
रोपेर बिष अमृत खोज्छ्न मानीस
यस्ता मुर्खको नी जवाब पाईन्छ कि
दशक बित्यो बोकेर बन्दुक क्रन्तीमा
डराउछु फेरि नि तनाब पाईन्छ कि
0 comments:
Post a Comment