कति बियोगको भयमा जिउनु
एउटै गलत निर्णयमा जिउनु
आफ्नो संम्पुर्ण जिबन सकिदा
अरुकै खाली जय जयमा जिउनु
उस्ले त भुलेर महल सजायो
म मुर्ख हिजोकै समयमा जिउनु
सपना हुनेछ फर्किएर तिमी
अबस्य आउने आसयमा जिउनु
भाग्यको रेखाले पर्खाल बनायो
छोडि दे “गौरब” बिनयमा जिउनु
0 comments:
Post a Comment