“बा” मौन छन छोरोको सबालमा
कहिले फर्केर आउ म नेपालमा
देखेरै होला अस्थीर राजनीति
यहाँ के गर्छस बाबु यो हालमा
भोलीको आशा देखाउदै आमाले
भन्छिन आउनु तँ अर्काे सालमा
खाडिको ब्यथा के सुनाउनु घरमा
यहाँ जीन्दगी डुब्दैछ् आँशु तालमा
खाना नमाग्ने यो पेट भैदिए पो
सोची बस्छु हेर्दै यो खाली थालमा
0 comments:
Post a Comment