मेरो यादले उनलाई, मार्छ रे आजभोली
एकहोरो टोलाउने, पार्छ रे आजभोली
किन हो किन फीटीक्कै, दिन सर्दैन अरे
अल्छी गरि घडिले सुई, सार्छ रे आजभोली
तोरि नी फूले बारिका पाटा, पहेलपुरै भो
पर्खाइ भोली भनेरै कुरा, टार्छ रे आजभोली
हरेक साँझले क्षीतीजहरु, भगाउछ उस्तै
कोल्टे फेर्दै नीदले बेरा, बार्छ रे आजभोली
बुझाउछे रे मन, बल बुताले भ्याए सम्म
मन संग मन आफै, हार्छ रे आजभोली
0 comments:
Post a Comment