नहुनुको पाठ भो कोठा, तीमी.... गए देखि
एक्लै बसि घरि घरि, चारैतीर..... भीत्तो हेर्छु
यादहरुको बरसात भो कोठा, तीमी गए देखि
आभाष हुन्छ पाईला तीम्रो, हलचल जमीनमा
फूल झरेको डाँठ भो कोठा, तीमी गए देखि
उमंग नी लाग्छ अब, तीम्रै....पछि पछि गए
हुल बिनाको हाट भो कोठा, तीमी गए देखि
हरियाली छैन अब, म छु बाँकी जीउदो लाश
बृक्ष्य बिहीन फाँट भो कोठा, तीमी गए देखि
गुन्जयमान संगीत हुन्थे, छमछम् पाउजु बज्थे
घर शुन्य बरबाद भो कोठा, तीमी गए... देखि
0 comments:
Post a Comment