दुई किनार जोडिदिने, त्यो पुल लाई सलाम
पीरतीको पक्ष बोलिदिने, त्यो हुल लाई सलाम
मैले त केबल डाकेको मात्र, भेट्न आउ भनु
मनको कुरा खाली दिने, त्यो फूल लाई सलाम
धारो त उ माध्याम न हो, तीर्खा सम्म पुऱ्याउने
प्रेम प्यास मेटाई दिने, त्यो मुल लाई सलाम
धडकन त यो चलेकै छ, आज सम्म तिम्रो कारण
मायाको गीत गाउने चरि, बुलबुल लाई सलाम
भन्छ दुनीयाँ जात पात, एक्काईसौ सदिमा पनी
जानेरै गरे मैले साथी, त्यो भुल लाई सलाम
0 comments:
Post a Comment