Home » » 34.उनीलाई हाट बजारमा, पर्खिदाको कुरा

34.उनीलाई हाट बजारमा, पर्खिदाको कुरा


उनीलाई हाट बजारमा, पर्खिदाको कुरा
प्रेममय अनुरोधमा, तर्किदाको कुरा

अली अगी म पुगे, पर्खाई भो लामो
उनी आउने बाटो हेरि, झर्किदाको कुरा

लीन्न भन्छे मेरो चिनो, रातो रिबन उस्ले
थमाउदा बल गरेर, हर्किदा को कुरा

रिसाएरै होला आकाश, रोयो यस्तो देखि
दुई ज्यान रुझाउने पानी, दर्किदा को कुरा

आफ्नै मन हारि उस्ले, मेरो बिनम्रतामा
मुटु भरि माया अधिक, छर्किदा को कुरा

हात समाई डुल्यौ हामी, साँझ पर्दा सम्म
चुडिय झै लाग्यो मुटु, फर्किदा को कुरा

Share this article :

0 comments:

Post a Comment

Recent Posts

पुराना पोस्टहरु

  • Share Your Laptop Internet Over WiFi Easily Without Installation29/12/2013 - 0 Comments
  • 111.म लेख्दैछु मीचिएको सिमाको कथा01/10/2012 - 0 Comments
  • 85.यो मायामा उनलाई, पत्यार ...भएन रे15/08/2012 - 0 Comments

Nepali Date Convertor

 
Support : FOOT1 | FOOT2 | FOOT3 | FOOT4 | FOOT5 | FOOT6 | FOOT7
Copyright © 2011. Gaurab Shrestha | गौरब श्रेष्ठ - All Rights Reserved
Blog Design by Gaurab Shrestha Helped by Ram Sharan Shrestha
Proudly powered by BLOGGER