Home » » 40.एउटा यस्तो बयानको, कल्पनामा तल्लीन छु

40.एउटा यस्तो बयानको, कल्पनामा तल्लीन छु


एउटा यस्तो बयानको, कल्पनामा तल्लीन छु
सुनौलो त्यो बिहानको, कल्पनामा तल्लीन छु

मानबताको कदर होस, सत्य कुरा सदर होस
यस्तै चोखो ईमानको, कल्पनामा तल्लीन छु

निर्दोषको हात थामी, दोषीलाई दण्ड दिलाउने
कलीयुगका भगवानको, कल्पनामा तल्लीन छु

शान्ती गाथा छर्न  सकु, यो आतंकीत संसारमा
बुद्ध झै पहिचानको, कल्पनामा तल्लीन छु

सगरमाथा नझुके झै, बिश्व मान चित्र मा
त्यही नेपाली शानको, कल्पनामा तल्लीन छु

सक्ने भए हे..ईश्वर, देखाउ बाटो सकारात्मक
यस्तै एउटा बरदानको, कल्पनामा तल्लीन छु
Share this article :

0 comments:

Post a Comment

Recent Posts

पुराना पोस्टहरु

  • यो साँझ यो सुबास Episode 28 To 202/06/2012 - 0 Comments
  • 19.याद यि यादहरु म, पखाल्नु कसरि03/06/2012 - 3 Comments
  • 86.म एक्लै तीमीलाई, बाँचेर.....देखाउछु19/08/2012 - 0 Comments

Nepali Date Convertor

 
Support : FOOT1 | FOOT2 | FOOT3 | FOOT4 | FOOT5 | FOOT6 | FOOT7
Copyright © 2011. Gaurab Shrestha | गौरब श्रेष्ठ - All Rights Reserved
Blog Design by Gaurab Shrestha Helped by Ram Sharan Shrestha
Proudly powered by BLOGGER