Home » » 52.सम्झनामा छापिन्छ मान्छे, ढले पछि जीबन

52.सम्झनामा छापिन्छ मान्छे, ढले पछि जीबन


सम्झनामा छापिन्छ मान्छे, ढले पछि जीबन
भित्ता भरि टाँसिन्छ मान्छे, जले पछि जीबन

के हो र यो शरिर आखिर, खरानीको थुप्रो न हो
आगो संगै सकिन्छ मान्छे, बले पछि जीबन

अपुग मै बाँच्यो मान्छे, अल्ली अरु आश गरि
शुन्य मा नै गाँसिन्छ मान्छे, मरे पछि जीबन

भाबनामा रमाउछ मान्छे, रुन्छ अनी हाँस्छ पनी
कतीबेला नासिन्छ मान्छे, छडे पछी जीबन

आउदा मान्छे आफै रुन्छ, रुवाएर जान्छ जादा
यसरि नै रित्तिन्छ मान्छे, गले पछी जीबन


♥♥ यो गजल अल्पआयु मै दिबंगत दाजु नबराज श्रेष्ठको सम्झना मा सर्मपीत गरिएको छ ♥♥
Share this article :

0 comments:

Post a Comment

Recent Posts

पुराना पोस्टहरु

  • 119.खोज्यौ भने भगवान भेटिन्छ27/10/2012 - 0 Comments
  • 41.एक्लो म आज, अल्ली फरक भएपछि25/06/2012 - 1 Comments
  • Disable right click21/08/2013 - 0 Comments

Nepali Date Convertor

 
Support : FOOT1 | FOOT2 | FOOT3 | FOOT4 | FOOT5 | FOOT6 | FOOT7
Copyright © 2011. Gaurab Shrestha | गौरब श्रेष्ठ - All Rights Reserved
Blog Design by Gaurab Shrestha Helped by Ram Sharan Shrestha
Proudly powered by BLOGGER