तीमी गएपछि मेरो, दिलै खाली भो
हीजो भन्थे फूल यहि, माया जाली भो
धेरै आए मर्छु भन्दै, एक्लै पारि गए
रुवाउने अब मलाई, तिम्रै पाली भो
तीम्रो पछि पछि लाग्दा, फर्की हेरेनौ
दुनीयाँलाई रमाईलो, हाँसो ताली भो
आजभोली भेटिन्छु म, पारि भट्टि तीर
लडखडा्ई हिडदै मेरो, सुत्ने नाली भो
लगाएर मन तीमीमा, के पाए र मैले
मेरो लागी तिम्रो भन्नु, मात्र गाली भो
0 comments:
Post a Comment