
जीन्दगीको घाम छायाँ, सम्झनाका फूलहरु
कहि बिछोड कहि माया, सम्झनाका फूलहरु
कहिले मन साउन झरि, बसन्तका हरियाली
खुसि रोदन दायाँ बायाँ, सम्झनाका फूलहरु
मगमग सुभाष मीठो, कहि तिता भोगाईहरु
कहि श्राप कही दैबदायाँ, सम्झनाका फूलहरु
अनगीन्ती कथाहरु, कती पुरा कती....अधुरा
नीयतीले रुझाएका काया, सम्झनाका फूलहरु
0 comments:
Post a Comment