युवा सबै खाडीतिर देशको, शान बेचियो
आज फेरि अर्को एउटा, जवान.. बेचियो
बन्छु भन्थे ठुलो मान्छे, सानो छदा खरि
देशको लागी जोगाएको, ज्ञान.... बेचियो
बेरोजगारि जताततै, देश छोड्नेकै लाम छ
पैसा फल्ने रुख बिदेश, ध्यान..... बेचियो
सीप हुने पौरखीलाई, गर्ने ठाँउ...नभैदिदा
मेहनती नेपालीको , प्राण.........बेचियो
रहर त कहाँ थियो, घर बारि माटो छोड्न
बाध्यता हो मेरो पनि, ईमान..... बेचियो
0 comments:
Post a Comment