Home » » श्रीफूल र ढुग्री फूलहरु

श्रीफूल र ढुग्री फूलहरु


वरिपरि फर्सीको लहरामा श्रीफूल ढुग्री फूलहरु ति फूलहरु देखेर हलुवाबेदलाई लोभ लाग्यो उस्ले फर्सीको लहरालाई निम्त्यायो हलुवाबेदको सुन्दर साहारा पाएर फर्सी पनी मख्ख परि फर्सी बिस्तारै हलुवाबेदसंग टाँसिदै टुप्पामा पुगी उसले हलुवाबेदको बोटलाई पातै नदेखिने गरि छपक्कै छोपी श्रीफूल ढुग्रीजस्ता पहेंला फूलहरुले सींगारि । केहि दिन पछि फूलहरु झरे फर्सीका साना साना फल लाग्न थाले हलुवाबेद फर्सी दुबै प्रसन्न थिए ती चिचिला फर्सी हलुवाबेद जत्रा नभएसम्म दुबै खुसि नै थिए तर ती साना साना फर्सी ठुला हुन थालेपछि भने तिनलाई धान्न हलुवाबेदको बोटलाई गाह्रो भयो उसले फर्सीलाई भन्योप्रिय, तिम्रा सन्तानको बोझले कुप्रो परिसके, अब भाँचिन मात्र बाँकी , बिहानको घाम जस्तै रातो गरि पाक्ने मेरा प्यारा सन्तानहरु फल्नै नपाई झरे तिमी सतम्रा सन्तानहरुलाई लिएर भुईमा झर्न सक्दैनौ ।फर्सीले आफ्नो बिबशता प्रकट गर्दै भनीप्रिय यी मेरा मात्र सन्तान होईन्न यी हाम्रा सन्तान हुन मैले तिम्रो जिउभरि जुन लहराले बेरेको छु ती हाम्रो ममताको बन्धनका पबीत्र औठिंहरु हुन मानबको जस्तो स्वार्थको छिनोले छिनीने नेलहरु हैनन ति तिमीले वा मैले चाहादैमा ती संम्बन्धहरु तोड्न सकीदैनन् हामी प्रकृतीको नियमका बन्दी हो आसन्न नियती भाग्न बाध्य छौं हलुवाबेद ले लामो निश्बाश छोड्यो मौन भयो एकदिन साँझ ठुलो हुरि चल्यो हलुवाबेदले फर्सीलाई सकेसम्म जोडले अँठ्याएर आफु संगै राख्न खोज्यो तर सकेन
भालिपल्ट मालिले हलुवाबेदको बोट भाँचिएको देख्यो भाँचिएको बोटलाई फर्सीको लहराले ढाकेको थियो पहेला फर्सीहरु यताउता छरिएका थिए हलुवाबेदको बोट नजीकै रोपेकोमा मालीलाई एकातीर पछुतो लाग्यो भने अर्काेतिर फर्सीको थुप्रो देखेर खुशी पनी लाग्यो
Share this article :

0 comments:

Post a Comment

Recent Posts

पुराना पोस्टहरु

  • 57.दुरिको के, कुरा मायामा12/07/2012 - 0 Comments
  • मेरो गजल बचन31/07/2012 - 0 Comments
  • 116.जिन्दगी एकदिन सल्कीएर जान्छ21/10/2012 - 0 Comments

Nepali Date Convertor

 
Support : FOOT1 | FOOT2 | FOOT3 | FOOT4 | FOOT5 | FOOT6 | FOOT7
Copyright © 2011. Gaurab Shrestha | गौरब श्रेष्ठ - All Rights Reserved
Blog Design by Gaurab Shrestha Helped by Ram Sharan Shrestha
Proudly powered by BLOGGER