Home » » 106.मलाई त किन किन सुन्न मनपर्छ

106.मलाई त किन किन सुन्न मनपर्छ

मलाई त किन किन सुन्न मनपर्छ
मन भित्र भित्रै कुरा गुन्न मनपर्छ

फूलै मनपराउनु के ठुलो कुरो भो र
मलाई त धोच्ने काँडा चुन्न मनपर्छ

गाँस्छन् सबले फूलकै सप्तरंगी माला
मलाई त एकताको माला उन्न मनपर्छ

शीपहुने पौरखीको औजार हो दुईहात
मलाई त सुकुल गुन्द्री बुन्न मनपर्छ

नबुझेरै पड्किएका तालीहरु भन्दा
बुझकीको नाई नाई र हुन्न मनपर्छ
Share this article :

0 comments:

Post a Comment

Recent Posts

पुराना पोस्टहरु

  • बन्दकी bandaki Nepali movie Full21/02/2013 - 0 Comments
  • 73.आघात त हुनु नै थ्यो, बिश्बास...... गरेपछि27/07/2012 - 0 Comments
  • 49.घरले बोलायो, मलाई त्यही, ठाँउले बोलायो04/07/2012 - 0 Comments

Nepali Date Convertor

 
Support : FOOT1 | FOOT2 | FOOT3 | FOOT4 | FOOT5 | FOOT6 | FOOT7
Copyright © 2011. Gaurab Shrestha | गौरब श्रेष्ठ - All Rights Reserved
Blog Design by Gaurab Shrestha Helped by Ram Sharan Shrestha
Proudly powered by BLOGGER