Home » » रिमा विश्वकर्मा -नायिका/मोडल)

रिमा विश्वकर्मा -नायिका/मोडल)


  • पहिलो पटक कहिले आफू राम्री छु भन्ने कहिले लाग्यो ?
कक्षा ६ मा हुँदा स्कुलको सांस्कृतिक कार्यक्रमका क्रममा मेकअप गरेर ऐना हेर्दा, ए म त राम्री रहेछु भन्ने लाग्यो।
  • तपाईंलाई आफ्नो कुन अंग सबैभन्दा आकर्षक छ जस्तो लाग्छ ?
ओठ, त्यसैले मेरो मुस्कानमा फिदा हुनेहरू धेरै छन्।
  • रिमाका बारेमा थाहा नपाइएको गोप्य कुरा ? 
म अरूको डायरी र मोबाइल भेटें भने खोतलेर हेर्न थालिहाल्छु, नहेरिरहन सक्दिनँ।
  • एक वाक्यमा जीवन के हो ?
जीवन अनुभवको गाथा हो, त्यसमा हाँसो, रोदन, हारजित सबै कुरा अनुभव गर्नुपर्छ। जति बुझ्यो त्यति जटिल छ जीवन।
  • राम्रो पुरुष देख्दा पहिलो नजर कुन अंगमा जान्छ ?
अंगभन्दा पनि उसको स्माइलमा ध्यान दिन्छु। मलाई हँसिला एवं प्रभावशाली मानिस मन पर्छन्।
  • पहिलो पटक कहिले, कसलाई मन पराउनुभएको थियो ? 
९ कक्षामा अध्ययनरत हुँदा एकाउन्ट टिचर मलाई असाध्यै मन पर्नुभएको थियो। म उहाँको कडा अनुशासनबाट प्रभावित थिएँ। एसएलसी सकेपछि मैले उहाँलाई मन पराएको कुरा सुनाएकी पनि थिएँ। 
  • तपाईंलाई कस्तो मौसममा विपरीतलिंगीसँगको रोमान्समा हराउन मन लाग्छ ?
मलाई 'रेनी' सिजनको रोमान्स गजबको हुन्छ जस्तो लाग्छ, दुवै जना भिजेको रोमान्टिक सिन हेर्दा पनि राम्रो देखिन्छ नि।
  • कसलाई देख्दा सेक्स डिजायर बढेर आउँछ ?
एनरिके
  • चलचित्रमा बेडसिन दिनुपर्ने दृश्य राखिएको रहेछ भने ?
म सकेसम्म त्यस्तो सिन अस्वीकार गर्छु तर निर्देशकले सकारात्मक ढंगमा मलाई सहमत गराउन सक्नुहुन्छ वा सक्नुहुन्न भन्ने कुरामा पनि बेडसिन दिने-नदिने कुरा निर्भर रहन्छ।
  • फ्लर्ट गर्न कत्तिको माहिर हुनुहुन्छ ?
म फ्लर्ट गर्दिनँ, कोही मनपर्छ भने मनपर्छ, पर्दैन भने पर्दैन।
  • जीवनमा गरेको सबैभन्दा ठूलो गल्ती ?
एकपटक भाइसँग एकदमै नराम्रो झगडा परेको थियो, त्यो बेला उसलाई हात उठाएकी थिएँ, अहिले रिग्रेट फिल हुन्छ। 
  • पैसा कमाउन किन यति धेरै गाह्रो भएको होला ?
सबैलाई पैसा चाहिएको भएर पनि कमाउन गाह्रो भएको हो। 
  • रिमाको जीवनमा विवाहले कत्तिको महत्त्व राख्छ ?
सोच्न भ्याएकी छैन, जिन्दगीमा विवाहबाहेक अरू धेरै अनुभव र उपलब्धि हासिल गर्न बाँकी नै छ। 
  • पहिलो पटक कहिले विवाह गर्ने रहर जाग्यो ?
हरेक पटक शाहरुख खानको फिल्म हेर्दा, ऊसँग विवाह गर्ने रहर जागेर आउँछ। 
  • अहिलेका युवतीहरू मनभन्दा धन भएको केटा रोज्छन् रे ?
म त मन भएकै रोज्छु, धन त एक दिन सकिन पनि सक्छ तर मनमा भएको माया अजम्बरी रहन्छ, हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले, होइन ?
Vio- Saptahik
Share this article :

0 comments:

Post a Comment

Recent Posts

पुराना पोस्टहरु

Nepali Date Convertor

 
Support : FOOT1 | FOOT2 | FOOT3 | FOOT4 | FOOT5 | FOOT6 | FOOT7
Copyright © 2011. Gaurab Shrestha | गौरब श्रेष्ठ - All Rights Reserved
Blog Design by Gaurab Shrestha Helped by Ram Sharan Shrestha
Proudly powered by BLOGGER