Home » » Apple को iTunes Store, App Store, iBookstore र Mac App Store account क्रेडिट कार्डको इन्फर्मेसन बिना फ्रीमा बनाउने तरिका

Apple को iTunes Store, App Store, iBookstore र Mac App Store account क्रेडिट कार्डको इन्फर्मेसन बिना फ्रीमा बनाउने तरिका

जब तपाईं Apple को सर्भिसहरु जस्तै: Apple Online Store अथवा registering your product online प्रयोग गर्न खोज्दै हुनुहुन्छ भने तपाईंलाई Apple ID को जरुरत पर्दछ । यसको लागि तपाईंले Apple मा आफ्नो account रजिस्टर गर्नु पर्ने हुन्छ । तपाईंले रजिस्टर गर्नु भएको ID बाट apple को सबै सेवाहरु जस्तै: iTunes, the Mac App Store, iCloud, iMessage, FaceTime, Game Center र यो बाहेक पनि धेरै प्रयोग गर्न सक्नु हुन्छ ।   
यदि तपाईंले सिधै Apple ID बनाउन खोज्नु भयो भने त्यहा आफ्नो क्रेडिट कार्डको इन्फर्मेसन पनि राख्नु पर्ने हुन्छ जुन तपाईंले कुनै Apps खरिद गर्न चाहनु हुँदा प्रयोगमा आउछ । क्रेडिट कार्डको डिटेल इन्फर्मेसन नराखी तपाईंको ID तयार हुँदैन ।

तर तपाईंलाई कुनै Apps खरिद गर्नु छैन र फ्रीमा उपलब्ध Apps हरु मात्र download गरेर चलाऊन चाहनु हुन्छ भने तलको तरिका अनुसार ID register गर्न सक्नु हुन्छ । 
१। सर्वप्रथम iTunes सफ्टवएर डाउनलोड गरेर install गर्नुहोस् । 
Download गर्न यहाँ क्लिक गर्नुहोस् ) 
२। नयाँ iTunes उपलब्ध छ भने update गर्नुहोस् । 
३।  Install भईसकेपछि iTunes खोल्नुहोस् र दाँयातिर कुनामा भएको iTunes Store बक्समा क्लिक गर्नुहोस् ।
४। अब दाँयातिरको list लाई Scroll गर्दै जानुहोस् त्यहा तल Top Free Apps Catagory मध्य कुनै एउटामा क्लिक गर्नुहोस् ।


५। अब Free बक्समा क्लिक गर्नुहोस् नयाँ popup विन्डो खुल्नेछ त्यहा Create Apple ID मा क्लिक गर्नुहोस् ।
६। Welcome to the iTunes Store विन्डो खुल्नेछ , Continue बक्समा क्लिक गर्नुहोस् ।



७। terms and conditions मा tick लगाउनुहोस् र Agree बक्समा क्लिक गर्नुहोस् ।
८। अब आफ्नो personal information भर्नुहोस् र Continue गर्नुहोस् । 
९। अब जरुरी कुरा select a payment method मा None छन्नुहोस् र आफ्नो नाम र Address भरी Create Apple ID बक्स मा क्लिक गर्नुहोस् । 
यसरी तपाईंको Apple ID अब तयार भयो अब तपाईंले यो ID प्रयोग गरेर फ्रीमा उपलब्ध कुनै पनि Apps, Games आदि download गरेर चलाऊन सक्नु हुनेछ ।
Share this article :

0 comments:

Post a Comment

Recent Posts

पुराना पोस्टहरु

Nepali Date Convertor

 
Support : FOOT1 | FOOT2 | FOOT3 | FOOT4 | FOOT5 | FOOT6 | FOOT7
Copyright © 2011. Gaurab Shrestha | गौरब श्रेष्ठ - All Rights Reserved
Blog Design by Gaurab Shrestha Helped by Ram Sharan Shrestha
Proudly powered by BLOGGER