Showing posts with label छेस्का. Show all posts
Showing posts with label छेस्का. Show all posts

रुवाइको सामान्य चिनारी

Sunday, July 14, 2013

रुवाइको सामान्य चिनारी

जसरी गजल अरबी साहित्यको उब्जनि हो अरबबाटनै यसको मुख्य बिकास भयो। त्यसै गरि रुवाइ पनि अरब मुलुककै फरसी भाषामा हो भन्ने इतिहास बिस्व साहित्यमा निहित छ। गजललाई नेपालमा भित्र्याउने श्रेय मोतिराम भट्टलाई जान्छ तर रुवाईको दरिलो प्रमाण भेटिएको छैन तर यसको रचना गरि पुस्तकको रूपमा प्रकासन गर्ने श्रेय भने साहित्यकार प्रकास आङ्गदाग्बेलाई जान्छ। उनको ग्याँसको च्याम्बरमा बुद्ध रुवाई संग्रह प्रकासनमा ल्याएको पाईन्छ।रुवाई नेपालमा धेरै लामो समयबाट लेखिदै आए पनि यसलाई असर भने मुक्तक र टुक्राले ग¥यो यसको अर्थ यो हौनकि मुक्तर टुक्रानै रुवाई हुन्। विश्व साहित्यको इतिहासले बताउँछ कि यो बिधा हजारै वर्ष अगाडि देखि लेखिदै आए पनि यसलाई एघारौँ शताब्दीमा जन्मिएका फारसी आदि स्रष्टा अमर खैय्यामले रुवाईको नामकरण गरी पुर्नजन्म दिए। यस अर्थमा अमर खैय्यामलाई गजलका पिता भन्दा फरक नपर्ला तर नेपालमा भने कसलाई श्रेय जान्छ प्रकासनको हिसाबमा प्रकास आङ्गदाग्बे पर्छन्। जसरी गजल बिदामा मोतिराम भट्टलाई सम्झिन्छै त्यसरीनै रुवाइ बिदामा प्रकास आङ्गदाग्बेलाई सम्झदा फरक नपर्नु पर्ने हो। इतिहास साँचो छ एघारै शताब्दिमानै खैय्याम द्धरा हजारै रुवाइहरू लेखिए खैय्यामले लेखोको करिब हजार वर्ष पछि मात्र यसले बिस्व साहित्यमा हाँगिने अवसर प्राप्त ग¥यो। रुवाइ बिदा जिवनर जगतमा अतिनै नजीक भएर लेखितापनि खैय्यामको समयमा स्रोत,सामाग्रि , छापा र साञ्चारको बिकास नभएको कारण उनको निधनपछि खैय्यामका रचना ब्यवस्थित हुन सकेन्न्। उनका परिवारर अनुरागिहरूले प्रयास नगरेको भने हैन तर लामो समय टिकाउन सकेन्न। अन्त्यमा उनका रचना वेवारिसे लथा लिङ्गभयो। रदि कागजको खातमा उनका रचना पुग्यो। यसै प्रसङ्गमा एकदिन अंङ्गग्रेजि साहित्यकार फिट्ज्जेरल्डले पसलमा सामान किन्दा सामानसगै पसलेले पोको पारेर दियो र उनले त्यस काजमा लेखिएको कुरा कुनै महत्वपुर्ण हुनुपर्छ भनि ठानि उनले फारसि भाषाको अध्यान गरे उनलाई फारसि भाषा अध्यानगर्नकै लागि ८,९ वर्ष लागेको इतिहासमा हेर्न सकिन्छ। त्यस पस्चात उनले फारसि भाषामा लेखिएको रुवाई बिधा अंङ्गग्रेजि भाषामा रूपान्तरण गरेपछि यस बिदाले दिन दुईगुना र रात चैगुनाका दरले बिस्वमा फिजियो। यसरि अंङ्गग्रेजि भाषामा रूपान्तरण भएपछि यस बिधालाई अन्यभासमा रूपान्तरण गरे यसै क्रममा हिन्दि भाषामा रूपान्तरण भयो। हिन्दिभाषामा ल्याउने श्रेयभने हरिवंश राय वच्चनलाई जान्नछ। हरिवंश राय वच्चन भारतिय अभिनेता अमितावच्चनका पिताहुन्। नेपालमा ल्याउनेको हो भनि ठोस प्रमाण भेटिएको छैन तर पुस्तकको हिसाबमा प्रकास आङ्गदाग्बे लाईनै जान्छ। चाहे जेहोस रुवाई बिधाले जोको हिको मनमा सुटुक्क अटाउछ। अवधिको खाडि बोलिमा रुवाइलाई रोलाइ भनिन्छ। रुवाइको उत्पति हेर्ने हो भने करुण रशबाट आवाज वा शब्द निस्कन्छ। यहिनै रुवाइको पृष्ठ भुमि हो।अहिले नेपाली साहित्यमा पनि रुवाइ बिधा अगाडिनै बढेको पाईन्छ। अब यस बिदाका केही नियमको चर्चा गरै। 
१.दुइशेरमा पुर्ण हुन्छ,शेरहरू अलग अलग हुनुहुदैन। 
२.एउटै भावमा केन्द्रित हुन्छ। 
३.यसमा रदिफ आवस्यक छैन हुदा सुनमा सुग्ध हुन्छ। 
४.यसलाई अनिवार्य चार हरफमा समेट्नु पर्छ। अन्यथा अरुनै बिदा हुन् जान्छ। 
क) पहिलो हरफ : बिषय वस्तुको उठान 
ख) दोस्रो हरफ : बिषय बस्तुमाथि ब्याख्या 
ग) तेस्रो हरफ : बिषय बस्तुमा जिज्ञासा वा कौतुहलता 
घ) चौथो हरफ : एक मुस्ट भावगत प्रहार 
५.रुवाइमा करुण रशको आवश्यक पर्दछ। 
अन्त्यमा रुवाइ एक साहित्य बगैचाको फुल हो यसलाई रोप्ने काम गरे खैय्यामले गोडमेल फिटजजेरल्ड र हिन्दिमा हरिवश राय बच्चनले भने नेपाली साहित्यको बगैचामा एकमुस्ट बिरुवा लगाए प्रकास आङ्गदाग्बेले अत : यसको गोडमेलर रोपनिको जिम्मा हामि सबैले लियै। -

-प्रकास आङ्गदाग्बे
Continue Reading | comments

उ जितेर गै कि हारेर गै

Saturday, September 29, 2012


उ जितेर गै कि हारेर गै
बसन्ती गुलाब झरेर गै
नपिउ भन्थे गन्धे रक्सि
राम्रो बानी बिगारेर गै
Continue Reading | comments

मेरा केहि रुबाईहरु

Thursday, August 23, 2012


1.
र्बीस्यौ मलाई तर मेरो यादमा आयौ
ढोका खाली सम्झनाको बरसातमा आयौ
म छोड्दै थिए यो संसार तीमीलाई
मेरो अन्तीम शब्द बनी शुरुवातमा आयौ
2.
ईमान पाईने, पसल बनाउछु
जस्तै खराबलाई, असल बनाउछु
समुन्द्रको यात्रा, थोपा बाट शुरु गर्छु
मेरो मेहनत अथक, सफल बनाउछु
3.
तीम्रो मेरो बीचमा ठुलो पर्खाल छ
नाघ्नै नसकिने भड्खाल छ
मेरो झुप्रो घर त्यो पनी चुहिने
तीम्रो त राजधानीमै सुनको दरबार छ
4.
झझ्ल्को बनेर नआउन
केहि पलको बनेर नआउन
म हारेको मान्छे अधी
सफलको बनेर नआउन
5.
मायाले पैसा खोज्न थालेपछि
पागलले पनी सोच्न थालेपछि
म के भन्नु खै बनाउछु अर्का ताजमहल
फूल ले पनी घोच्न थालेपछि
6.
मुर्खहरु बलले चिनिन्छन्
धुर्तहरु छलले चिनिन्छन्
कुनै रुख यस्ता हुन्छन
जे आफ्नै फलले चिनिन्छन
7.
गर्न बाँकी एउटा कुरा गर्दिए
म मरेको हेर्ने ख्वाहिस पुरा गदिए
तीम्रो सपना साकार पार्न
आफ्नै रहर अधुरा गर्दिए
8.
अब मुर्दा पनी बोल्छ भने
प्रेम को ढोका खोल्छ भने
पैसा ठुलो कि माया हो
पानी नी ले पनी पोल्छ भने
9.
भगवान होईन म जस्को आफ्नै महिमा हुन्छ
आकाश पनी होईन म जस्को आफ्नै गरिमा हुन्छ
धर्ती पनी चिरिन्छ ज्बालामुखि बनी
किनकि सहनु पनी एउटा सीमा हुन्छ
10.
जो बिगार्छ उहि महान हुन्छ
उस्कै बंगला आलिशान हुन्छ
म यस्तो देशमा बस्छु मीत्र
जहाँ भ्रष्टलाई राष्ट्रिय सम्मान हुन्छ
11.

केहि गरेर देखाउने प्रतीशोध हुनुपर्छ
नचाहिदो प्रस्ताबमा बिरोध हुनुपर्छ
कलीयुगका बुद्ध उ नै कहलीन्छ
जस्लाई स्वयंमको गल्ती पनी बोध हुनुपर्छ
12.
आमा रुवाउदै सन्तान रमाएको पनी देखे
रगतको होलीमा ईन्शान रमाएको पनी देखे
यो कस्तो खुसि हो पराधीन हुनुमा
ग्रीनकार्डमा जवान रमाएको पनी देखे
13.
शिक्षकले गलत पढायो भने
गलत शिष्य बढायो भने
ईटको जवाफ पथ्थरले दिनुस
हेप्छन नत्र डरायो भने
14.
बेलैमा होस गर्नुस पछुताउनु पर्ला
बेर्थैमा आशुँ रसाउनु पर्ला
ह्दय खोली नदेखाउ सबैलाई
नत्र आफ्नै ज्यान गुमाउनु पर्ला
15.
जीन्दगीको यो कस्तो अशुल भैदिन्छ
म खोज्छु जीउन उ मृत्युकै अनुकुल भैदिन्छ
आफसोच म त्यो झर्ने फूल पनी भैन
किनकि फूल झरेर हज्जार फूल भैदिन्छ


Continue Reading | comments

हेर्दैछु म नि, दुनियाँ.......... बिग्रेको

Friday, June 1, 2012


हेर्दैछु म नि, दुनियाँ.......... बिग्रेको
उद्रेको चोली, मुनियाँ........... बिग्रेको

के दोष थियो त्यो गरीब किसान को
बन्दको मारमा आलु धनीयाँ बिग्रेको

भोग्दैछु लाग्या, एक्काइसौ....... सदी
गुदपाक र जेरी, बुनियाँ....... बिग्रेको


Continue Reading | comments

प्रेम जब चन्द...... भएपछी

Monday, May 28, 2012

प्रेम जब चन्द...... भएपछी
अन्तै राम्रो प्रबन्ध भएपछि
के गथ्र्यौ र..... माया मलाई
पलाँस मै सुगन्ध.. भएपछि
Continue Reading | comments
Recent Posts

पुराना पोस्टहरु

Nepali Date Convertor

संगीतीक गजल

तिमी कुन जमानामा छौ नीशा देसार
तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देउ
data="http://aakarpost.googlecode.com/svn/trunk/aakarpost/player.swf" height="24" id="audioplayer1" type="application/x-shockwave-flash" width="250" style="font-size: 16px; font-family: Georgia, serif; ">
भन्न त भन्दछन यहाँ जमाना खराब छ
data="http://aakarpost.googlecode.com/svn/trunk/aakarpost/player.swf" height="24" id="audioplayer1" type="application/x-shockwave-flash" width="250" style="font-size: 16px; font-family: Georgia, serif; ">

गजल

More Here»»

DOCUMENTARY

More on this category »

कबिता,गीत

चलचित्र समाचार,स्वास्थ्य,सामान्य ज्ञान

रेडियो कार्यक्रम

Blog Tips

NEPALI MOVIE

More on this category »
More on this category »
© Gaurab Shrestha. Powered by Blogger.
 
Support : FOOT1 | FOOT2 | FOOT3 | FOOT4 | FOOT5 | FOOT6 | FOOT7
Copyright © 2011. Gaurab Shrestha | गौरब श्रेष्ठ - All Rights Reserved
Blog Design by Gaurab Shrestha Helped by Ram Sharan Shrestha
Proudly powered by BLOGGER