Home » » 67.हिडने बेला आयौ तीमी, कसरि म जाउ भनु

67.हिडने बेला आयौ तीमी, कसरि म जाउ भनु


हिडने बेला आयौ तीमी, कसरि म जाउ भनु
तर्ने पुल नै भत्के  पछि, कसरि म आउ भनु

कुरे कै त थिए मैले, किनारमा.........पर्खीएर
चढे पछि छुट्यो  डुंगा, कसरि हात समाउ भनु

मन्दिर लाई साक्षी राखि, भरे पछि सिन्दुर पराई
त्यहि देउता संग तिम्लाई, कसरि  म पाउ भनु

नझार भो आँशु अब, पुछने  हात ........मरि सके
एउटै चिनो जाली रुमाल, कसरि म .....लाउ भनु

बुझेको छ यो दिलले, बिछोडको  जलन के हो
मेरो हातको बिष तिमीलाई, कसरि म खाउ भनु
Share this article :

0 comments:

Post a Comment

Recent Posts

पुराना पोस्टहरु

Nepali Date Convertor

 
Support : FOOT1 | FOOT2 | FOOT3 | FOOT4 | FOOT5 | FOOT6 | FOOT7
Copyright © 2011. Gaurab Shrestha | गौरब श्रेष्ठ - All Rights Reserved
Blog Design by Gaurab Shrestha Helped by Ram Sharan Shrestha
Proudly powered by BLOGGER