रुपरेखा,
असोज २०२७ का
लागि साहित्यकार जगदिश
घिमिरेले भूपि शेरचनसँग
लिनुभएको अन्र्तवार्ता
ज. तपाई किन
लेख्नुहुन्छ ?
भू. अप्ठ्यारो कुरा सोध्नुभयो....सुरुसुरुमा कतै आफ्नू
अस्तित्व...आइडेन्टिफिकेशन पाउन...अहंको तुष्टिको
लागि र ठूल्ठूला
लेखकहरुको जीवनीबाट प्रभावित भएर
लेखेँ हुँला... र
पछि लेख्नु बाध्यता
भैदियो ।
ज. तपाई आफ्नू
लेखनदेखि कतिको सन्तुष्ट हुनुहुन्छ
?
भू. नेपाली साहित्य मात्रै
हेरेर अलिअलि सन्तोष
माने पनि हुन्छ...अन्तर्राष्ट्रियताको पृष्ठमूमिमा आफू सन्तुष्ट
हुने अलिकति पनि
खण्ड छैन...
ज. मोहन कोइरालाको
कविबारे तपाइको बिचार ?
भू. निःसन्देह त्यो प्रतिभावान
कवि हो...
ज. उहाँका ‘नबुझिने‘ भनिने
कविताबारे...?
भू. नबुझिने कबिता हुन्छन्
र दुई थरीका
हुन्छन्
–पाठकले
नबुझ्ने एकथरी र लेखकले
नबुझ्ने अर्कोथरी...उहाँका लेखकले
नबुझ्ने कविताबारे उहाँसँग मेरो
मतभेद छ...
ज. उहाँले आफ्नै कविता
आफैँले नबुझेको कुरा तपाँइलाई
भन्नुभएको छ ?
भू. छ ! कैलेकाँहीँ
साथीको हैसियतले उहाँका कतिपय
हरपहरु, टुक्राहरुको अर्थ सोध्दा
“सबै कबिताको अर्थ
हुनु जरुरी छ
र ? उहाँको बिचारमा
हाम्रो जीवनमा कतिपय निरर्थक
स्थिति र क्षणहरु
आँउछन्, अतः कवितामा
पनि त्यस्तै टुक्राहरु
आउन सक्छन् रे...अर्थ लगाउन
जोड गर्दा उहाँले
सधैँ तर्काउन खोज्नु
भो...कति चोटि
भन्नु पनि भएको
छ, ‘कुनै विशेष
मनस्थितिमा लेखेँ हुँलाँ,के
अर्थ हो भन्न
सक्दिन ।‘ ...
यससँग मेरो सहमति
छैन ।
ज. अर्धचेतन, अझ अचेतनको
प्रभाव हो कि
?
भू. हिप्पीहरुले एल.एस.डी. आदिले
विचेत भएर लेख्ने
प्रयोग गरिसकेका छन् ...ती
पनि निरर्थक छैनन्...मुच्र्छा परेको मान्छेले
बर्बराएको पनि त
निरर्थक हुँदैन...
ज. साहित्यिकहरुको विभिन्न दलबारे तपाईको
प्रतिक्रिया, जस्तो–तेश्रो आयाम,
राल्फा, अस्विकृत जमात इत्यादि
?
भू. नयाँ सडकको
पेटीमा साधारणहरु भन्दा साह्रै
बेग्लै रंगीचंगी लगाएर भड्किलो
भड्किलो स्टाइलमा उभिएका टिन
एजर्स देख्नुभएको होला...साहित्यको पेटीमा उभिएका
आइडेन्टिटी खोज्ने त्यस्तै ती
टिन एजर्स हुन्...
ज. नेपालीको उल्लेख्य गद्यकार
?
भू.पैसाकै लागि भनेर
नेलेख्दा शंकर लामिछाने
।
ज. देवकोटाबारे तपाईको बिचार
?
भू. प्रयोगै प्रयोगमा उहाँको
जीवन बित्यो...आफ्नू
व्यत्तित्वको छाप स्पष्ट
भएको कुनै ठोस
कृति उहाँले दिन
पाउनुभएन, त्यसैले मलाई लाग्छ
उहाँको साहित्य धेरै बाँच्दैन...उहाँको साहित्यभन्दा बढी
हामी उहाँलाई...उहाँको
त्यागमय जीवनलाई मान्दछौँ...
ज. के कुनै
एक्लो व्यक्ति नेपाली
साहित्यको एउटा समयको
प्रतिभा हुनसकेको छ ?
भू. छैन... तर नेपाली
साहित्यको प्रतिभा भने अवश्य
निर्मित भैसकेको छ...त्यसमा
कुनै लेखक नाक
भएको होला, कुनै
आँखा र कुनै
निधार...
ज. नेपाली भाषामा अझसम्म
कुनै सन्तुलित आलोचनाको
दर्शन कत्तिको पाउनुभएको
छ ?
भू. छैन ।
त्यो पनि छैन
।
ज. तपाईबारेका आलोचना कस्ता
हुन्छन् ?
भू. हाँस्यास्पद । ...प्रगतिशील
भनाँउदाहरु मेरो कबितामा
हुने प्रगतिशीलताको अन्धागायक
हुन्छन् त काब्यको
कलात्मकताको निन्दा गर्छन् ।
...आफूलाई आधुनिक भन्नेहरु मलाई
यसकारण घृणा गर्छन,
म त्यस्तो लेख्छु
जसलाई सबैले बुझिदिन्छन्...
ज. साहित्यकहरुको संगत तपाइलाई
कस्तो लाग्छ ?
भू. घिनलाग्दो ।
ज. मर्नुबारे तपाइको धारणा
?
भू. मर्न खोज्नु
विलासिता हो...चाहनामात्र
सकिँदो रहेछ, मर्न होइन...नितान्त आफ्नै हातको
कुरा भएर पनि,
चाहेर पनि, गाहारो
रहेछ...
ज. विवाहबारे तपाईको दृष्ट्रिकोण
?
भू.कसैलाई पनि सबभन्दा
उपयूक्त पत्नी उसकै घरको
वातावरणमा हुर्केकी बैनी हुन्छे
होली...
ज. यो संस्था
सबल हुँदैछ वा
डिजेनरेट गर्दैछ–यो खोक्रो
छ या खँदिलो–सार्थक छ वा
निरर्थक ?
भू. निरर्थक छ । खोक्रो छ । डिजेनेरेट गर्दैछ ।
कुनै पति वा
पत्नी मन–वचन–कर्मले एक अर्काप्रति
निष्टावान रहन्छन् भन्न सकिन्न...पुरुष सधै. प्रस्तुत
रहन्छ, स्त्रीलाई संस्कारले अझसम्म
यहाँ त्यति छाडा
हुन दिएको छैन...तर पश्चिममा
बहुस्त्रीगमिता (जुन हाम्रो
समाजमा प्रयाप्त छ) सँगसँगै
बहुपुरुषगमिता पनि उत्तिकै
छ... र संस्कारको
खरबारीमा दिनदिनै डढेलो लाग्दैछ
यहाँ पनि...
ज. वेश्यागमनबारे तपाईको बिचार ?
भू. समाजमा यो प्रर्याप्त
छ । आर्थिक
विपन्नता र विषमता
यसको मुख्य कारण
हो...सम्पन्न समाजमा
पनि विकृतिस्वरुप यो
रहेकै पाइन्छ ।
ज. सर्वहाराको अधिनायकत्वबारे तपाईको
विचार ?
भू. अधिनायकत्व अब म
कसैको पनि मन
पराउन्नँ...हुन त
मन नपराएर के
फरक पर्छ र
! सधेँ यौटा न
यौटाको अधिनायकत्व हुन्छ नै...सर्वहाराको लागि यौटा
पार्टीको...वा जनताका
लागि जनताको नेताको
वा कसै न
कसैको तर जे
होस् अब म
भन्न पाउने स्वतन्त्रता
पनि चाहन्छु...।
ज. कैल्यै तपाई कम्युनिष्ट
हुनुहुन्थ्यो ?
भू. त्यतिखेर यहाँ टेररिस्ट
मुभमेन्ट चलेको भए म
टेररिस्ट हुन्थेँ होला...
ज. मात्नुबारे तपाईको अनुभव
?
भू. मात्दथेँ । र लगातार मातिरहन्थेँ ।
मात्नु बाध्यता भएको थियो...मेरो घरको
नाँउ भूपेन्द्रमान शेरचन
हो र साहित्यमा
भूपि शेरचन ।
...म भित्रको लेखक
भूपि मात्दछ...बोहेभियन
जिन्दगी बिताउन चाहन्छ...तर
कैलेकाँही भूपेन्द्र ब्युँझन्छ र
उसले रक्सी खान
छोडिदिन्छ...बाँच्न चाहन्छ अस्पताल
भर्ती हुन्छ...पाँचओटा
छोराछोरी र पत्नीप्रति
आफ्नू दायित्व पुरा
गर्न चाहन्छ...कविता
लेख्न छाडिदिन्छ...छ
मैनापछि हिजो फेरी
मातेँ...दायित्वदेखि, संघर्षदेखि पलायन चाहने
हरेक सेन्सेटिभ मात्दो
होला...तर मचाँहि
मातेर नत मातेकै
आनन्द लिन सक्छु...सधैँ पीडा...यो भूपी
र भूपेन्द्रमानको बीचमा
झुलेर म सधैँ
ब्यथित हुन्छु...मात्नु तपाईलाई
कस्तो लाग्छ नि
?
ज. मात चाखेकोसम्म
छु ।
भू. मेरोजस्तो बाध्यता भएको
छैन ?
ज. छैन ।...कतै तपाईको
अभिब्यक्ति–शक्ति सुक्दै त
छैन ?
भू. हुन पनि
सक्छ...भनेको कुरा दोहोरिएला
भन्ने डरले पनि
अचेल म थोरै
लेख्छु पनि...नलेख्न अचेल
म प्रयत्नशील रहन्छु
। बरु...
ज. किन नेपालमा
बाँच्न र लेख्न
एकैसाथ सम्भव छैन र
?
भू. छैन ।
लेख्न कि देवकोटाजस्तो
मर्न सक्नुपर्छ ।
नसके रिमालजस्तो बौलाउन
सक्नुपर्छ वा पारिजात
जस्तो कुँजिन सक्नुपर्छ...म त्यस्तो
केही गर्न सक्तिँन...अतःम विस्तारै
यस क्षेत्रबाट पन्छिने
कोसिसमा छु...
ज. के तपाई
सफल पति र
सफल पिता हुनुहुन्छ
?
भू. सायद छैन
।...छैन घिमिरेज्यू
छैन । ऐलेसम्म
म दाजु÷बाबुको
कमाई खाएर लेखक
भएको थ्ािँए ।
अब हामी दाजुभाइको
छुट्टिने कुरा छ...राजनीतिक गुलामी गरेर
माथि पुग्न चाँहन्न...अनि गरिआएको
ब्यापार नै यौटा
बाटो हुनेछ...अनि
लेख्न छाडिदिएर म
सफल पति र
पिता हुने कोसिस
गर्नेछु...मभित्र लेख्ने ‘भूपि’
बाँचुन्जेल म सफल
पारिवारिक हुन सक्तिनँ...
ज.सफल भएमा
तपाई दीर्घायूकामी हुनुहुन्छ
होला ?
भू. हो, सफल
मान्छे लामो नै
आयु चाहन्छ होला...
ज.तपाईले राजाको दर्शन
गर्नुभा छ ?
भू. भैरहवामा यौटा कार्यक्रममा
आदेशअनुसार कविता पाठ गरेर
पचास रुपिँया बक्सिस
थापेको छु ।
नजिकैबाट दर्शन गरेको छैन
।
ज. तपाईले आजसम्म कैल्यै
मतदान गर्नुभो ?
भू. पन्ध्रसालमा बिरामी थिँए...
त्यसपछि मतदान गर्ने अवसर
नै आएन ।
ज. सत्ता र लेखकको
सम्बन्ध कस्तो हुनुहुपर्छ जस्तो
लाग्छ ?
भू. असल लेखक
सत्ताको निर्देशनमा लेख्दैन ।
ज.तपाईलाई तुक मिलाउने
मोह छँदैछ, हैन
?
भू. थियो, अब छैन
।
ज. तपाइृको कवितामा अपेक्षित
कन्सन्ट्रेसन हुँदैन–जस्तो ‘हामी’
मा, तपाईलाई कस्तो
लाग्छ ?
भू. त्यो कविता
पुस तीन गते
लेखेको, आँटेको मान्छेले सबै
थोक एकैचोटी भन्न
खोजेर केही भन्न
नसकेको जस्तो भएको छ
त्यो...मलाई त्यो
आफ्नू अन्तिम कविताजस्तो
पनि लागेको थियो...
ज. जिन्दगी तपाईलाई कस्तो
लाग्छ ?
भू. अप्ठ्यारो कुरा सोध्नुभो
यो पनि...नमागेरै
पाएको यो जिन्दगी...नचाहेरै पाएको यो
जिन्दगी...कामना नगरीकनै पाएको...बाध्यतास्वरुप स्वीकार गर्नु छ...
ज. तपाईलाई आफ्नू देशको
माया लाग्छ ?
भू. लाग्छ...। रिस
पनि आफ्नै मुलुकसँग
सबभन्दा बढ्ता उठ्छ नि...। जे
होस् प्रकृतिले हाम्रो
मुलुकलाई दिएको छ...मान्छेले
गरेर हुने त
होला नि यहाँ
पनि सबभन्दा ठूलो
कुरा आफ्नू देशमा
पराइ होइन्न नि...
ज.आफ्नू देशमा साँच्चै
पराई भइँदैन र
?
भू. हो भइन्छ
पनि, कैलेकाँहीँ ।
I am exiled in my own country यौटा
फ्रेन्च कविले लेखेको सम्झना
हुन्छ कैलेकाहीँ ।...पञ्च र
प्रशााकहरुको ब्यवहार देख्दा लाग्छ–यो तिनको
मात्तै मुलुक हो हाम्रो
होइन...तर सधैँ
यस्तो नहोला भनि
ठानेर आशाबादी हुँदा
आफ्नू देशको माया
लाग्छ नै...
ज. देशको माया भनेको
राजनीतिज्ञहरुले निर्धारितहरुले निर्धारित गरेको चार
किल्लाको मोह होइन
?
भू. हो–एक
किसिमले । तर
यौटा चार किल्लाबाट
मुक्त भएर त
चार किल्लाबाटै मुक्ति
पाँइदैन नि ! कुनै
न कुनै चार
किल्ला त स्वीकार
गर्नेछ भने आफ्नै
चार किल्ला किन
स्वीकार नगर्नु ?
ज. यो वार्ता
छाप्न दिँदा कसो
होला ?
भू. तपाईंको खुसी ।...तपाईंको अरुहरुसँग पनि
अन्तवार्ता लिने योजना
छ कि ?
ज. खै, कससँग
लिनु र तपाईसँगको
यो भेट र
यो वार्ता पनि
योजनाबद्ध होइन...
साभार ः नागरिक
दैनिक प्रकाशन
0 comments:
Post a Comment