रुख चढाई तल बाट, फेद .........ढाल्छ मान्छे
जाने जती के के गर्छ, हुने ..........नहुने सबै
गर्छ आफु अरुलाई, घान...........हाल्छ मान्छे
बन्छ राम्रो आफु जाति, सहज .......पर्दा बाटो
आफट्यारोमा स्वाङ्ग रची, प्वाल टाल्छ मान्छे
औला दिदा हातै लीने, यै मान्छे.........ले गर्छ
बिश्वाश गऱ्यो आफै माथि, चाल चाल्छ मान्छे
आफु माथि परे सम्म, चाहिदैन ...........कोहि
गाह्रो पर्दा खुट्टा समाई, रुन ......थाल्छ मान्छे
देख्दैन उ उभीएको, धरातललाई........... हिजो
टुप्पा बाट उम्रीएर, जरा ..........फाल्छ मान्छे
0 comments:
Post a Comment