तिनीहरुको
पहिलो भेट एउटा
पार्टीमा भएको थियो
। उनी अरुभन्दा
अलग थिइन् ।
सबै केटाहरु उनको
पछी लागिरहेका थिए
। तर उ
भने एउटा सामान्य
खाले केटा थियो.,
कसैले उसको वास्ता
गर्दैन थियो ।
पार्टी सकिए पछि
उसले तिनलाई सँगै
बसेर कफी पिउन
आग्रह गर्छ ।
उनि
अचम्ममा परिन्
तर उनको नम्र
स्वभावका कारण उनले
उसको आग्रहलाई नकार्नसकिनन्
।तिनीहरु एउटा राम्रो
कफी-शपमा गए
। ऊ आत्तिएको
हुनाले उसले
केहि पनि बोल्न
सकेन । उनलाई
पनि साह्रै अप्ठ्यारो
लागिरहेको थियो ।
अकस्मात् उसले वेटरलाई
भन्छ, "अलिकति नून दिनुस्
न, मेरो कफीमा
हाल्नको लागि"। सबैजना
छक्क परेर उसलाई
हेर्न थाले ।
उ लाजले रातो
पिरो भयो ।
तर पनि उसलेआफ्नो
कफीमा नून मिसायो
र पिउन थाल्यो
। आफ्नो जिज्ञासा
मेटाउन उनले उसलाई
यसको कारण सोध्छे
। जवाबमा उसले
भन्छ," मेरो बाल्यकाल
समुद्र किनारमा बितेको थियो
। म समुद्रमा
खेल्न मनपराउथे ।
मलाई अझै समुद्रको
नुनिलो पानी याद
आँउछ । त्यहि
याद ताजा गर्न
म सधै नून
भएको कफी खान्छु
। त्यसपछि मलाई
मेरो आमाबाबुको याद
आँउछ जो अझै
त्यहिँ समुद्रितटमा बस्छन ।
मलाई उहाँहरुको माया
साह्रै खट्किन्छ ।" यति
भन्दै उसको आँखा
आँसुले भरिन्छ ।उसको कुराले
उनको पनि मन
छुन्छ । उनले
पनि आफ्नो बाल्यकालको
कुराहरु सुनाउन थाल्छिन् ।
त्यहाँबाट उनीहरुको प्रेम कथाको
राम्रो शुरुवात हुन्छ ।
उनीहरु सधैं भेट्न
थाल्छन् र एक
अर्कालाई मन पराउँछन्
। उनीहरु बिहे
गर्छन् र रमाईलो
गरि जीवन बिताउन
थाल्छ्न् ।उनी हरेक
दिन उसकोलागि कफी
बनाउथिन् र त्यसमा
नून हाल्थिन् किनभने
उनी सोच्थिन् कि
यसरी बनाएको कफी
उसलाई मनपर्छ ।उनीहरुको
पहिलो भेट भएको
पनि ४० वर्ष
बितीसक्छ । उ
मरिसकेको हुन्छ । उ मर्दा उसले एउटा
चिठि उनको नाममा
छोडेको हुन्छ जसमा उ
लेख्छ, "प्रिय मलाई माफ
गरिदेउ । मैले
४० वर्ष अगाडि
तिमीसँग एउट झुठ
बोलेको थिएँ ।
पहिलो पटक भेट्दा
म साह्रै आत्तिएको
थिएँ । त्यसैले
मैले त्यो दिन
चिनीको ठाउँमा नून माँगे
। मलाई थाहा
थिएन हाम्रो कथाको
सुरुवात त्यहि नून भएको
कफीबाट हुन्छ भनेर ।
मैल तिमीलाई धेरै
पल्ट साँचो कुरा
सुनाउन खोजे तर
तिमीलाई गुमाउने डरले केहि
पनि भन्न सकिन
। तर म
अहिले मर्न लागेको
छु त्यसैले मलाई
केहि पनि डर
छैन । म तिमीलाई सबै कुरा
भनेर मर्न चाहन्छु
। मलाई नून
भएको कफी पटक्कै
मन पर्दैन ।
त्यसको सारै नमिठो
स्वाद हुन्छ ।
तरपनि मैले जीन्दगीभर
नूनिलो कफी खाँए
। त्यहि कारणले
मैले जीन्दगीभर तिम्रो
साथ पाएँ ।
मलाई त्यहि कुराको
खुसि लाग्छ ।
अर्को जन्ममा पनि
म तिमीसँगै हुन
चाहन्छु चाहे मलाई
जिन्दगीभर फेरि नूनिलो
कफी किन खान
नपरोस् ।" यस्तो कुरा
पढेर उनको आँसुले
चिठी नै भिज्छ
।कुनैदिन कसैले उनलाई सोध्छ
, " नून भएको कफीको
स्वाद कस्तो हुन्छ?"
उनी जवाब दिन्छिन्,
" साह्रै मिठो हुन्छ
।"
0 comments:
Post a Comment