वरिपरि फर्सीको लहरामा श्रीफूल
र ढुग्री फूलहरु
ति फूलहरु देखेर
हलुवाबेदलाई लोभ लाग्यो
। उस्ले फर्सीको
लहरालाई निम्त्यायो र हलुवाबेदको
सुन्दर साहारा पाएर फर्सी
पनी मख्ख परि
। फर्सी बिस्तारै
हलुवाबेदसंग टाँसिदै टुप्पामा पुगी
। उसले हलुवाबेदको
बोटलाई पातै नदेखिने
गरि छपक्कै छोपी
श्रीफूल र ढुग्रीजस्ता
पहेंला फूलहरुले सींगारि । केहि दिन पछि
फूलहरु झरे ।
फर्सीका साना साना
फल लाग्न थाले
। हलुवाबेद र
फर्सी दुबै प्रसन्न
थिए । ती
चिचिला फर्सी हलुवाबेद जत्रा
नभएसम्म दुबै खुसि
नै थिए तर
ती साना साना
फर्सी ठुला हुन
थालेपछि भने तिनलाई
धान्न हलुवाबेदको बोटलाई
गाह्रो भयो ।
उसले फर्सीलाई भन्यो
“प्रिय, तिम्रा सन्तानको बोझले
म कुप्रो परिसके,
अब भाँचिन मात्र
बाँकी छ, बिहानको
घाम जस्तै रातो
गरि पाक्ने मेरा
प्यारा सन्तानहरु फल्नै नपाई
झरे । तिमी
सतम्रा सन्तानहरुलाई लिएर भुईमा
झर्न सक्दैनौ ।फर्सीले
आफ्नो बिबशता प्रकट
गर्दै भनी “प्रिय
यी मेरा मात्र
सन्तान होईन्न यी हाम्रा
सन्तान हुन ।
मैले तिम्रो जिउभरि
जुन लहराले बेरेको
छु ती हाम्रो
ममताको बन्धनका पबीत्र औठिंहरु
हुन । मानबको
जस्तो स्वार्थको छिनोले
छिनीने नेलहरु हैनन ति
। तिमीले वा
मैले चाहादैमा ती
संम्बन्धहरु तोड्न सकीदैनन् ।
हामी प्रकृतीको नियमका
बन्दी हो र
आसन्न नियती भाग्न
बाध्य छौं ।
हलुवाबेद ले लामो
निश्बाश छोड्यो र उ मौन भयो
। एकदिन साँझ
ठुलो हुरि चल्यो
। हलुवाबेदले फर्सीलाई
सकेसम्म जोडले अँठ्याएर आफु
संगै राख्न खोज्यो
तर सकेन ।
भालिपल्ट
मालिले हलुवाबेदको बोट भाँचिएको
देख्यो । भाँचिएको
बोटलाई फर्सीको लहराले ढाकेको
थियो । पहेला
फर्सीहरु यताउता छरिएका थिए
। हलुवाबेदको बोट
नजीकै रोपेकोमा मालीलाई
एकातीर पछुतो लाग्यो भने
अर्काेतिर फर्सीको थुप्रो देखेर
खुशी पनी लाग्यो
।
0 comments:
Post a Comment