Home » » श्रीफूल र ढुग्री फूलहरु

श्रीफूल र ढुग्री फूलहरु


वरिपरि फर्सीको लहरामा श्रीफूल र ढुग्री फूलहरु ति फूलहरु देखेर हलुवाबेदलाई लोभ लाग्यो । उस्ले फर्सीको लहरालाई निम्त्यायो र हलुवाबेदको सुन्दर साहारा पाएर फर्सी पनी मख्ख परि । फर्सी बिस्तारै हलुवाबेदसंग टाँसिदै टुप्पामा पुगी । उसले हलुवाबेदको बोटलाई पातै नदेखिने गरि छपक्कै छोपी श्रीफूल र ढुग्रीजस्ता पहेंला फूलहरुले सींगारि । केहि दिन पछि फूलहरु झरे । फर्सीका साना साना फल लाग्न थाले । हलुवाबेद र फर्सी दुबै प्रसन्न थिए । ती चिचिला फर्सी हलुवाबेद जत्रा नभएसम्म दुबै खुसि नै थिए तर ती साना साना फर्सी ठुला हुन थालेपछि भने तिनलाई धान्न हलुवाबेदको बोटलाई गाह्रो भयो । उसले फर्सीलाई भन्यो “प्रिय, तिम्रा सन्तानको बोझले म कुप्रो परिसके, अब भाँचिन मात्र बाँकी छ, बिहानको घाम जस्तै रातो गरि पाक्ने मेरा प्यारा सन्तानहरु फल्नै नपाई झरे । तिमी सतम्रा सन्तानहरुलाई लिएर भुईमा झर्न सक्दैनौ ।फर्सीले आफ्नो बिबशता प्रकट गर्दै भनी “प्रिय यी मेरा मात्र सन्तान होईन्न यी हाम्रा सन्तान हुन । मैले तिम्रो जिउभरि जुन लहराले बेरेको छु ती हाम्रो ममताको बन्धनका पबीत्र औठिंहरु हुन । मानबको जस्तो स्वार्थको छिनोले छिनीने नेलहरु हैनन ति । तिमीले वा मैले चाहादैमा ती संम्बन्धहरु तोड्न सकीदैनन् । हामी प्रकृतीको नियमका बन्दी हो र आसन्न नियती भाग्न बाध्य छौं । हलुवाबेद ले लामो निश्बाश छोड्यो र उ मौन भयो । एकदिन साँझ ठुलो हुरि चल्यो । हलुवाबेदले फर्सीलाई सकेसम्म जोडले अँठ्याएर आफु संगै राख्न खोज्यो तर सकेन ।
भालिपल्ट मालिले हलुवाबेदको बोट भाँचिएको देख्यो । भाँचिएको बोटलाई फर्सीको लहराले ढाकेको थियो । पहेला फर्सीहरु यताउता छरिएका थिए । हलुवाबेदको बोट नजीकै रोपेकोमा मालीलाई एकातीर पछुतो लाग्यो भने अर्काेतिर फर्सीको थुप्रो देखेर खुशी पनी लाग्यो ।
Share this article :

0 comments:

Post a Comment

Recent Posts

पुराना पोस्टहरु

Nepali Date Convertor

 
Support : FOOT1 | FOOT2 | FOOT3 | FOOT4 | FOOT5 | FOOT6 | FOOT7
Copyright © 2011. Gaurab Shrestha | गौरब श्रेष्ठ - All Rights Reserved
Blog Design by Gaurab Shrestha Helped by Ram Sharan Shrestha
Proudly powered by BLOGGER