दण्डपाणि पाण्डे, गीतकार
कोमल वली नेपाली गीतसंगीतमा
चिनाइरहनुपर्ने नाम होइन । पछिल्लो समय उनका तिजका
परिवेशमा गाइएका गीतले निकै चर्चा कमाएका छन् । तर, ती गीत लेख्ने गीतकार दण्डपाणिको भने खासै चर्चा भएको सुनिँदैन । नयाँ पत्रिकाले उनलाई सम्पर्क गरेर कोमल वलीको गीतबारे बताउन आग्रह गर्दा पनि उनले लामै
समय आनाकानी गरे । तर, पछि उनले दिन खोलेरै आफ्ना
पाँच गुनासा सेयर गरे । प्रस्तुत छन्, दण्डपाणिकै गीत गाएर चर्चा कमाएकी गायिका कोमल
वलीप्रति दण्डपाणिका पाँच गुनासा ःपरिवेशमा गाइएका गीतले निकै चर्चा कमाएका छन् । तर, ती गीत लेख्ने गीतकार दण्डपाणिको भने खासै चर्चा भएको सुनिँदैन । नयाँ पत्रिकाले उनलाई सम्पर्क गरेर कोमल वलीको गीतबारे बताउन आग्रह गर्दा पनि उनले लामै
ध २०५३ सालतिरको कुरा हो । मैले एउटा लोकगीत बनाएको थिएँ । स्वर्गीय राम थापा र सीता थापाले गाउनुभएको थियो । त्यो गीत कोमल वलीजीलाई मन परेछ । उहाँले मलाई एउटा गीत लेख्न अनुरोध गर्नुभयो । त्यसपछि म उहाँको बोली, वचन, स्वभाव, स्वर, राम्रो रूप, उमेर पुगेको अवस्था, अविवाहित स्थितिलाई ध्यानमा राखी एउटा गीत सोच्न थालेँ । एकदिन झ्वाट्ट फुर्यो, 'तुलसीपुरमा म जाँदाखेरि, भेटै भयो गजबको तन्नेरी, मलाई हेर्यो मजाले, उसले भन्यो, ए नानी गाजले, म त मरँे लाजले' । केही दिनपछि यो गीत रेकर्ड पनि भयो, म्युजिक नेपालबाट बाहिर पनि आयो । एल्बममा गायिका भनेर उहाँले आफ्नो नाम ठूलो अक्षरमा त लेख्नुभयो तर शब्द/ लय सिर्जना गर्ने मेरो नाम लेख्न भने कन्जुस्याइँ गर्नुभयो । अरूको कलाको गला थुन्नु भनेको सिर्जना मार्नु हो, यो कुरो बुझेर पनि कोमलजीले बुझ पचाउनुभयो ।
ध ०५६/०५७ तिर फेरि उहाँले मलाई अर्को गीत चाहियो भनेर अनुरोध गर्नुभयो । उहाँलाई दोहरी गीत गराउने क्रममा सोच्दै जाँदा 'चरीचुच्चे च तिम्रो जोवन यो ज्यानलाई साह्रै नै मनपरेको छ' भन्ने थेगो दिमागमा आयो अनि मैले त्यो दोहोरी गीतलाई जति विस्तार गर्नुपर्ने हो गरेर उहाँलाई देखाएँ अनि उहाँले पनि 'ओके' गर्नुभयो । सो एल्बमको दोस्रो गीत 'जालेरुमाल चट्टै' भन्ने थियो । पहिलो गीत राजु परियार तथा कोमल वलीको स्वरमा थियो भने दोस्रो गीत खड्कबहादुर बुढा र कोमल वलीको स्वरमा थियो । सो एल्बम धौलागिरी क्यासेट सेन्टरबाट बजारमा ल्याइएको थियो । त्यो गीतले पनि निकै चर्चा पाएको थियो । यो एल्बममा पनि मेरो नाम साह्रै सानो अक्षरमा लेखिएको थियो ।
ध अन्दाजी ०६२/६३ तिरको कुरा हो मैले एउटा गीत लेखेको थिएँ, 'बीसबाइसे गइसक्यो उमेर, फेरि बँैस आउँदैन घुमेर, बिहे भा'छैन, कसले मलाई लाने हो थाह छैन, अहिलेसम्म कोही पनि माग्न आ'छैन' । यो बोलको गीत उहाँलाई निकै सुहाउनेे जस्तो लाग्यो किनभने उहाँको बिहे भएको थिएन र उहाँको स्वरलाई पनि अति सुहाउने भएकाले मैले उहाँलाई गाउन अनुरोध गरँे । बारम्बार इन्कार गरे पनि उहाँले पछि हुन्छ भन्नुभयो । यो गीतको चर्चा चलिरहेका वेला तिज आयो । एक दिन ललितपुर, कुपन्डोलमा उहाँकै मिडिया मेटर्स भन्ने अफिसमा म उहाँलाई भेट्न गएँ । उहाँ बाहिर निस्कनुभयो तर म त्यहीँ नै गीत लेखेर बसेँ, 'पोइल जान पाम्' शीर्षकमा । एक दिन उहाँसँग उहाँकै घरमा गएका वेला यही गीतको पारिश्रमिकबारे कुरा गर्दा उहाँले निकै कम मात्र दिने कुरा गर्नुभयो । निम्नस्तरको पारिश्रमिक लिन म तयार भइनँ । उहाँ चर्किनुभयो र आक्रोश पोख्नुभयो, 'म तपाईंको गीत पनि गाउँदिनँ, तपाईं मेरो घरमा नआउनुहोस्, फोन पनि नगर्नुहोस्' तर, पछि उहाँले मेरै गीत गाउनुभयो । पोइल जान पाम्ले चर्चा पनि निकै कमायो नि ।
ध अर्को वर्षको तिजमा उहाँले मसँग अर्को गीत माग्नुभयो । मैले एक हप्ता लगाएर लेखेको 'पैसा जति लगेर भट्टीतिर गएर जाँड रक्सी नखाऊन् महादेव मेरा बूढाले, जता पायो डुलेर केटीसँग भुलेर कान्छी बूढी नल्याऊन् महादेव मेरा बूढाले' गीत उहाँलाई दिएँ । तर, यसमा पनि उहाँले मलाई न्याय गर्नुभएन ।
ध उहाँले मेरा गीत ग्ााउने क्रम त छँदै थियो अनि एउटा तिजमा भने उहाँले अरूकै गीत गाउनुभएछ । एक दिन उहाँले मेरो बिहे किन भएन भन्ने सन्दर्भमा शिवजीकै नाम लिएर गीत बनाउनुपर्यो भन्दै मलाई फोन गर्नुभयो । मेरो पहिलो लेखाइ उहाँलाई त्यति चित्त बुझेनछ । त्यसपछि दुई/चार दिन नसुती, घरका काम छाडी म त्यो गीत लेख्न थालेँ । पछि उहाँले बद्मास नामको एल्बम निकाल्नुभयो । धत्तेरीका शिवजी रहेछौ बद्मास पनि नेपालमा राम्रै चल्यो । त्यसपछिको तिजमा डिस्कोसम्बन्धी गीत बनाउँदाबनाउँदै उहाँलाई भाका र गीतको सुरुको स्थायी दिएको थिएँ । बाँकी शब्द लेख्ने क्रममा थिएँ, अचानक मेरो मोबाइल बिगि्रयो । बजार आउन टाढा थियो, दुई/चार दिन ढिला भयो । उहाँले त मेरो शब्द नै नपर्खी अरूसँगै मागेर गाउनुभएछ । उहाँले अहिलेको तिजमा पनि अरू कसैको गीत गाउन लाग्नुभएको छ रे । मलाई यहाँ गाउँघरमा सबैजना सोध्छन्, 'खै कोमल वलीले तपाईंको गीत गाएको ?' मैले के जवाफ दिने ? तर, उहाँसँग मेरो सम्पर्क भा'छैन भन्ने गरेको छु । एकताका उहाँ पोइल जान पाम् पाम् पाम् भन्नुहुन्थ्यो, सायद जानुभयो कि के थाहा ?
Via-Naya Patrika
0 comments:
Post a Comment