तेरो हिमाल मेरो
पहाड, तराई खोज्छौ तीमी
एकताको माला उन्ने, बिचार शुन्य सबको
उस्ले केहि राम्रो
गरे, गराई खोज्छौ तीमी
बीरताको इतिहास
कोर्ने, गोर्खाली
खै आज
तेरो मेरो भाग लगाई, लडाई खोज्छौ तीमी
मातृभुमी रोईरह्यो, आँशु पुछ्ने बीर खोजी
आफनै मात्र राम्रो
हुने, भलाई खोज्छौ तीमी
शान्त थियो देश मेरो, जातीयको आगो बाल्यौ
आज शान्ति रुदै
भन्छे, मलाई
खोज्छौ तीमी
0 comments:
Post a Comment