मेहनत बिनाको भातलाई, मान्नु हुन्न बा
छोरा छोरी दुबैलाई, पढ्न पठाउनुस् है
अशिक्षाको कालो रातलाई, मान्नु हुन्न बा
गरिबीले चेपीएका नै, बोक्सी हुन्छन कीन?
त्यस्ता अत्याचारि बातलाई, मान्नु हुन्न बा
यीनै हुन शत्रु देशका, बेलैमा....चिनीराख्नु
भुसदिने फोहोरि हातलाई, मान्नु हुन्न बा
बेलैमा होस गर्नुस, बेचीएलान छोरी चेली
फकाई फूलाई साथलाई, मान्नु....हुन्न बा
0 comments:
Post a Comment