Home » » 102.मलाई पर्दा बोल्ने, सरकार ...कहाँ छ

102.मलाई पर्दा बोल्ने, सरकार ...कहाँ छ


मलाई पर्दा बोल्ने, सरकार ...कहाँ छ
गरिबको छानो टाल्ने, दरबार कहाँ छ

नुन किन्नु पनि अब, सुन किन्नु भयो
जनता कतै नलुटिने, बजार ..कहाँ छ

महंगीको भारमा बाले, घर ..धान्नु पर्ने
छोरो बन्ने ठुला मान्छे, आधार कहाँ छ

किसानको पसिना त, मुल्य  पानी सरी
त्यै पानीलाई हिरा पार्ने, व्यपार कहाँ छ

सालैभरी जोतिदा नि, पोल्टो खाली सधै
दुई छाक मीठो खान, आहार ...कहाँ छ

भईदिन्छ धनकै पक्ष, हाम्रो कानुन पनि
नहुनेलाई ईन्शाफ दिन, हतार कहाँ छ

मैले पनि बोल्न पाउने, हकहितका लागी
बोल्नुस न काका त्यो, संसार....कहाँ छ

Share this article :

0 comments:

Post a Comment

Recent Posts

पुराना पोस्टहरु

Nepali Date Convertor

 
Support : FOOT1 | FOOT2 | FOOT3 | FOOT4 | FOOT5 | FOOT6 | FOOT7
Copyright © 2011. Gaurab Shrestha | गौरब श्रेष्ठ - All Rights Reserved
Blog Design by Gaurab Shrestha Helped by Ram Sharan Shrestha
Proudly powered by BLOGGER