तिम्रो फोटो सिरानीमा लामो निद्रा पाए बरु
ओखति पो हुन्थ्यो बिष एकै घुट्को खाए बरु
चिता माथि सुतेको छु एउटा पुन्य गर आर्को
धन्य हुन्थ्यो शरीर मेरो तिमीले आगो लाए बरु
चिम्लिदैछु आँखा सदा अरु संसार हेर्दीन म
खुसी हुन्थ्यो लाश तिमी आँगन सम्म आए बरु
चुने मैले मृत्युलाई नै तिम्रो खुसी थपिदिन
मेरै यादले मुर्ख प्रेमी मऱ्यो भनि नसुनाए बरु
सेक घाउ छोई आगो खरानी भै सेलाउछु म
नरुझाउनु स्वार्थी आँखा खुसी गीत गाए बरु
0 comments:
Post a Comment