Home »
गजल
» 112.जीन्दगी नै प्यारो भएर सकिन
112.जीन्दगी नै प्यारो भएर सकिन
जीन्दगी नै प्यारो भएर सकिन
उ तिर्खा म धारो भएर सकिन
उ खाज्छे सजिलो मुलायम धेरै
म पथ्थर झै सारो भएर सकिन
उ भन्छे यो त्यो देखे जति सबै
अतिनै गारो गारो भएर सकिन
कति खप्नु उस्को नखरा अनेक
सधै आँखाको तारो भएर सकिन
जीन्दगी न जीउनु न मर्नु भयो
यस्तो तातोनछारो भएर सकिन
0 comments:
Post a Comment