Home » » सातै डाँडा सातै छ सागर गाँउको माया यो बिदेशि शहर

सातै डाँडा सातै छ सागर गाँउको माया यो बिदेशि शहर


सातै डाँडा सातै  सागर गाँउको माया यो बिदेशि शहर
महिना बित्यो बर्ष नी बित्दैछ उमेरले आफैलाई थिच्दैछ
भैयो परदेशि दैब भैयो परदेशि
फर्कने कहिले हो मरो गाँउबेशि
तिहारको टिकाले रुवाउदा
छैन आशिष दशैंको शिरैमा
सुख खोज्न हिडेको धेरै भो
आधी जिबन गै सक्यो पिरैमा
सातै खोला सातै  सागर देशको माया बिरानो शहर
सम्झनामा रमाउने जिन्दगी सपनामा रोईदिन्छ मन भरि
भैयो बिदेशि दैब भैयो बिदेशि
फर्कने कहिले हो मेरो गाँउबसि
सातै रंग होलीको रमाईलो
आँखै भरि  देउसि  भैलो
कति गय मेरा ति चाडबाड
तर घाम लागेन सुनौलो
सातै हिमाल सातै  समुन्द्र गाँउको याद यो तातो मरभुमी
हिडदा हिडदै पाईला छन थाकेका आँखा उस्तै देखिन्छन रुझेका
भैयो प्रबाशि दैब भैयो प्रबाशि
फर्कने कहिले हो मेरो गाँउबेसि
संलो खोला पुर्णेको त्यो मेला
तिर्खा मेट्ने डाँडैको पधेरो
रातै यहाँ देखिन्छ दिन झै
तर जिबन लाग्दैछ अधेरो
Share this article :

0 comments:

Post a Comment

Recent Posts

पुराना पोस्टहरु

  • 58.काम परे पछि, सम्झीन्छन् सबै12/07/2012 - 0 Comments
  • 87.सुनमा सुवाष, भए .........पो राम्रो19/08/2012 - 0 Comments
  • Apple को iTunes Store, App Store, iBookstore र Mac App Store account क्रेडिट कार्डको इन्फर्मेसन बिना फ्रीमा बनाउने तरिका29/12/2013 - 0 Comments

Nepali Date Convertor

 
Support : FOOT1 | FOOT2 | FOOT3 | FOOT4 | FOOT5 | FOOT6 | FOOT7
Copyright © 2011. Gaurab Shrestha | गौरब श्रेष्ठ - All Rights Reserved
Blog Design by Gaurab Shrestha Helped by Ram Sharan Shrestha
Proudly powered by BLOGGER