समयले मलाई धोका, दिएरै गयो आखिर
कर्तुतका देखा जोखा, दिएरै गयो आखिर
जती बुझे मैल सबै, सबैले मलाई बुझेन्न
गलत मै अरु चोखा, दिएरै गयो आखिर
खुबाएर सबै लाई, अन्तीम गाँस पनी दिदा
आफैलाई पेट भोका, दिएरै गयो आखिर
बदलीदो मान्छे मैले, आफ्नै सामु हेरे पनी
लान्छनाका भारि डोका, दिएरै गयो आखिर
आखीर को हुदो रै्छ र, आफुलाई पर्दा खेरि
सान्तोनाका झुत्रो पोका, दिएर गयो आखिर
0 comments:
Post a Comment