Home » » 31.आफै त जंधारमा छु, पारि तार भन्छौ तीमी

31.आफै त जंधारमा छु, पारि तार भन्छौ तीमी


आफै जंधारमा छु, पारि तार भन्छौ तीमी
बगरको बालुवामा, फूल सार भन्छौ तीमी

मायाले नै डुबाएको, जीन्दगीलाई भन्यौ
छताछुल्ल जबानीका, खोला बार भन्छौ तीमी

सर्बस्ब नै गुमाई सके, बाँकी जीउदो लाश एउटा
लुटीएको मान्छे संगै, फेरि हार भन्छौ तीमी


बल्ल तल्ल संम्हालेको, छातीका धडकनहरु
चलाएर फेरि उस्तै, प्वाल पार भन्छौ तीमी

भयानक त्यो भीर बाट, जसोतसो बाँची आए
डोऱ्याएर त्यहि बाटोमा, माया मार भन्छौ तीमी
Share this article :

0 comments:

Post a Comment

Recent Posts

पुराना पोस्टहरु

  • गजलका शेरहरु21/06/2012 - 0 Comments
  • 32.डुङ्गा त्यो क्षीतीजको, जान्छ कहाँ होला18/06/2012 - 2 Comments
  • रिमा विश्वकर्मा -नायिका/मोडल)24/08/2013 - 0 Comments

Nepali Date Convertor

 
Support : FOOT1 | FOOT2 | FOOT3 | FOOT4 | FOOT5 | FOOT6 | FOOT7
Copyright © 2011. Gaurab Shrestha | गौरब श्रेष्ठ - All Rights Reserved
Blog Design by Gaurab Shrestha Helped by Ram Sharan Shrestha
Proudly powered by BLOGGER