डुङ्गा त्यो क्षीतीजको, जान्छ
कहाँ होला
हिडदैछु यो बाटोले, लान्छ कहाँ होला
सुनेको थे सबैको, पालो आउछ अरे
करोडौमा यो दुखीलाई, तान्छ कहाँ होला
तेरो मेरो गर्दा गर्दै, आधि उमेर गयो
काल आई टप्प टिपी, लान्छ कहाँ होला
आज सम्म सुचारुछ, ढलपल मै जीन्दगीयो
नीयतीको छाल आई, हान्छ कहाँ होला
कोशिश त जारि नै छ, फुत्कीन यो सागर बाट
नसकेरै जीन्दगीले हरेस, खान्छ कहाँ होला
2 comments:
Wa.. fabulous
thnak you ram sir.........
Post a Comment