तिमिलाई हेर्दा मैले के के मनपराउनु
तिम्ले आँखा तर्दा मैले के के मनपराउनु
लजाउदै तेसै तेसै हुन्छौ लाजले पानी पानी
अल्ली पर सर्दा मैले के के मनपराउनु
मुस्कान उस्तै मन्द मन्द फक्रीएको फूल चोरि
अंगालोमा बेर्दा मैले के के मनपराउनु
सर्माएर नजर छल्दा चीहाउने नयन तिम्रो
तप्प यौबन झर्दा मैले के के मनपराउनु
नबोलेरै आँखा बोल्ने तिम्रो मीठो बानी ले त
सुनले सुभाष छर्दा मैले के के मनपराउनु
ओठ टोकि भित्र भित्रै मुस्कान फुटाउने ले
रुपको मदिरा भर्दा मैले के के मनपराउनु
0 comments:
Post a Comment