Home » » 43.खेतैमा धान झुलेर गयो

43.खेतैमा धान झुलेर गयो


खेतैमा धान झुलेर गयो
परदेशि माया, भुलेर गयो


हेरेर बाटो उनैको यादमा
साउने झरि, खुलेर गयो


एक्लो छ रात, दिन बिरानो
मनका तृष्णा,  घुलेर  गयो


बसन्त आयो, आएन उ
बेली र ढुङग्री, फूलेर गयो


पर्खाईमा उन्को, उमेरै ढल्यो
चैतका हुरि, डुलेर गयो


न कुनै संदेश, न कुनै खबर
आँखामा आँशु, हुलेर गयो


Note :यो गजल लेख्दा एउटा तस्बिर देखे पखाईमा कसैको एउटा नारि मन । यसै नारि मन भीत्र आफु आलींगन भएर लेखीएको गजल हो यो ।
Share this article :

0 comments:

Post a Comment

Recent Posts

पुराना पोस्टहरु

Nepali Date Convertor

 
Support : FOOT1 | FOOT2 | FOOT3 | FOOT4 | FOOT5 | FOOT6 | FOOT7
Copyright © 2011. Gaurab Shrestha | गौरब श्रेष्ठ - All Rights Reserved
Blog Design by Gaurab Shrestha Helped by Ram Sharan Shrestha
Proudly powered by BLOGGER