Home »
गजल
» 46.मायामा कहिले, जाति बनायौ
46.मायामा कहिले, जाति बनायौ

मायामा कहिले, जाति बनायौ
कहिले बिश्वास, घाती बनायौ
भरियो क्यारे, पापी मन तिम्रो
अर्कैलाई जिवन, साथी बनायौ
तापेर गयौ, बैंशका..... घाम
भबिष्य मेरो, राती .....बनायौ
पुगेछ आराम, म बाट तिमीलाई
सिरानी उस्कै, छाती....बनायौ
गरेर झुठा, कसम.......अनेकौं
आकंक्षा हज्जार, थाती बनायौ
0 comments:
Post a Comment