त्यो नबोल्ने देउता, भाकेर के पाए
चरि त उड्यो, छोडेर डाली अन्तै
बेकारमा नीशान, ताकेर के पाए
ईशारा गरि गरि, डाकेर के पाए
पछि लागी उस्कै, थाकेर के पाए
न दुख्यो उस्लाई, मलाई झै गरि
त्यो ढुङ्गा मा मुटु, जाकेर के पाए
न गुलीयो दीयो, न सजीयो घर
त्यो अमीलो फल, पाकेर के पाए
0 comments:
Post a Comment