को साथी को नजाती, पर्दा.........देखिन्छ
डालीको आँशु फूल, झर्दा .........देखिन्छ
पुलको साहारामा, पारि पुग्न........सजीलो
गहिराई त पौडि नदि, तर्दा .......देखिन्छ
मेहनत फल मीठो, नलाग्दा ......डालीमा
किसानले माना पाथि, भर्दा .......देखिन्छ
सपना र यर्थातमा, आकाश पाताल फरक
भने जस्तो सहज हुन्न, गर्दा...... देखिन्छ
नहुनुको शुन्यता बयान, कस्ले ........गर्ने
आफ्नो प्यारो मान्छे, मर्दा ........देखिन्छ
किन भयो पागल“गौरब” बुझे पो त तीम्ले
ब्यथा मेरो गजल भरि, छर्दा .......देखिन्छ
0 comments:
Post a Comment